Trending
Prev Story
Next Story

भारतमा नेपालीलाई पहिचानदेखि उपचारसम्म समस्या, कूटनीतिक पहल गर्न माग

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

६ मंसिर, काठमाडौं । भारतमा वर्षौंदेखि बस्दै आएका नेपालीहरूले आफ्नो पहिचान लुकाउन बाध्य छन् । त्यहाँ बस्ने नेपालीहरूसँग नेपाली नागरिकता भए पनि उनीहरूले विभिन्न समस्या झेल्न बाध्य छन् । बैंक खाता खोल्न, सिमकार्ड लिन, रोजगारी …

भारतमा नेपालीलाई पहिचानदेखि उपचारसम्म समस्या, कूटनीतिक पहल गर्न माग

६ मंसिर, काठमाडौं । भारतमा वर्षौंदेखि बस्दै आएका नेपालीहरूले आफ्नो पहिचान लुकाउन बाध्य छन् । त्यहाँ बस्ने नेपालीहरूसँग नेपाली नागरिकता भए पनि उनीहरूले विभिन्न समस्या झेल्न बाध्य छन् । बैंक खाता खोल्न, सिमकार्ड लिन, रोजगारी पाउन र उपचारका लागि रकम व्यवस्थापन गर्न समेत समस्या भोग्नुपरेको प्रवासी नेपालीहरू बताउँछन् ।

भारतको नयाँदिल्लीमा लामो समयदेखि बस्दै आएका नेपालीले आफ्ना समस्या समाधानका लागि नेपाल सरकारसँग भारतसँग कूटनीतिक पहल गर्न माग गरेका छन् । उनीहरूले भारतमा रहेका नेपालीको तथ्यांक संकलन, नागरिकताको सहज मान्यता, श्रमिकको सुरक्षा र स्वास्थ्य बीमाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

अर्घाखाँचीका विजय भुसालले भारतमा नेपाली पहिचान खुलाउँदा हेपिनुपर्ने डरले कतिपय नेपाली आफ्नो परिचय लुकाएर बस्न बाध्य भएको बताए । २७ वर्षदेखि भारतमा बस्दै आएका उनले लामो समय आफूलाई भारतीय भनेर चिनाउनुपरेको अनुभव सुनाए ।

‘नेपाली हुँ भन्दा हेपाइ सहनुपर्ने डरले आफूलाई भारतीय भनेर चिनाउनुपर्ने बाध्यता थियो । अब खुलेर गर्वका साथ आफू नेपाली हुँ भन्न चाहन्छु,’ भुसालले भने ।

उनले नेपाली नागरिकताकै आधारमा भारतमा बैंक खाता खोल्न, सिमकार्ड लिन र अन्य आधारभूत सेवा प्राप्त गर्न सक्ने व्यवस्था हुनुपर्ने बताए । भारतमा रहेका नेपालीको वास्तविक संख्या नेपाल र भारत दुवै सरकारले संयुक्त रूपमा संकलन गर्नुपर्ने उनको सुझाव छ ।

भुसालका अनुसार भारतमा घरजग्गा तथा अन्य व्यावहारिक कामका लागि नेपालीले आफ्नो पहिचान लुकाउनुपर्ने अवस्था छ । भाडामा बस्दा समेत विभेद् र अपमान सहनुपरेको उनले बताए ।

भारतमा रोजगारीका नाममा हुने ठगी पनि नेपालीले भोगिरहेको अर्को समस्या हो । पाल्पाका तेजराम न्यौपानेले विदेशमा राम्रो रोजगारी दिलाउने प्रलोभन देखाएर नेपालीलाई भारत ल्याउने र रकम लिएर दलाल सम्पर्कविहीन हुने घटनाबारे बताए ।

उनका अनुसार रोजगारीका लागि भारत आउने नेपाली कागजात र आर्थिक सुरक्षाको समस्यामा पर्ने गरेका छन् । भारतमा उपचारका लागि आउने नेपालीलाई रकम भुक्तानी तथा बैंकिङ कारोबारमा पनि कठिनाइ हुने गरेको उनले बताए ।

‘नेपालबाट उपचार गर्न आएकालाई पैसा ट्रान्सफर गर्न समस्या छ । सरकारले गर्ने भनेको कूटनीतिक पहल नै हो,’ न्यौपानेले भने ।

उनले गम्भीर रोगको उपचारका लागि भारत आउने नेपालीलाई अस्थायी बैंक खाता खोल्ने र आवश्यक रकम जम्मा तथा झिक्न सक्ने व्यवस्था गर्नुपर्ने माग गरे ।

भारतमा नेपाली महिला तथा बालबालिका विभिन्न प्रलोभनमा पारेर ल्याउने र शोषणमा पार्ने घटनासमेत रहेको प्रवासी नेपालीले बताएका छन् ।

अछामकी जानकी कडायतले एजेन्टले कामको प्रलोभन देखाएर नेपाली महिलालाई भारत ल्याउने र कतिपयलाई कोठीमा पुर्‍याउने गरेको बताइन् । त्यहाँ पुगेपछि बाहिर निस्कनसमेत नदिने अवस्था रहेको उनको भनाइ छ ।

कडायतले पछिल्लो एक वर्षमा पाँच नेपाली महिलालाई कोठीबाट उद्धार गर्न सहयोग गरेको बताइन् । उद्धार गरिएका महिलालाई प्रहरीको सहयोगमा परिवारसम्म पुर्‍याउनसमेत कठिन हुने गरेको उनले सुनाइन् ।

उनले नेपालबाट भारत आउने महिला तथा बालबालिकाको गन्तव्य, कामको प्रकृति र बसोवास गर्ने स्थानबारे सीमा पार गर्नुअघि नै जाँच गर्नुपर्ने सुझाव दिइन् । माइती नेपाललगायत सम्बन्धित निकायले आवश्यक कागजात र परिचय सुनिश्चित गरेर मात्रै रोजगारीमा लगाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल–भारत मैत्री बसमा ठगी र सुरक्षा जोखिम

भारतमा रहेका नेपालीले नेपाल–भारत आवतजावत गर्ने बस सेवामा समेत समस्या भोगिरहेका छन् । कतिपय बसले आवश्यक अनुमति नलिई यात्रु ओसारपसार गर्ने, सीमामा यात्रुलाई अर्को एजेन्टको जिम्मा लगाउने र एउटै सिट विभिन्न व्यक्तिलाई बेच्ने गरेको प्रवासी नेपालीको गुनासो छ ।

भुसालका अनुसार एउटै सिट नम्बर विभिन्न एजेन्सीले बेच्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र सुरक्षा मापदण्ड पालना नगरी बस सञ्चालन गर्ने प्रवृत्ति छ । चाडपर्वका बेला यात्रुको चाप बढ्दा यस्ता समस्या थप बढ्ने गरेको उनले बताए ।

यातायात सेवाको नियमित अनुगमन र नियमन गर्नुपर्ने माग प्रवासी नेपालीले गरेका छन् ।

कञ्चनपुरको बेलौरीका अर्जुन भण्डारीले भारतमा रहेका नेपालीको वास्तविक संख्या र अवस्थाको अभिलेख नहुँदा बिरामी पर्दा, मृत्यु हुँदा वा अन्य संकटमा सहयोग गर्न कठिन हुने गरेको बताए ।

रोजगारीका लागि केही महिनामात्र भारत आउने नेपाली अचानक बिरामी पर्दा उपचार खर्च जुटाउन नसक्ने र मृत्यु भए शव व्यवस्थापन तथा परिवारलाई सूचना पुर्‍याउनसमेत समस्या हुने गरेको उनको भनाइ छ ।

भण्डारीले नेपाल र भारतबीच आवतजावत गर्ने नागरिकको व्यवस्थित अभिलेख राख्नुपर्ने बताए । त्यस्तो अभिलेखका आधारमा भारतमा रहेका नेपालीका लागि स्वास्थ्य बीमा र अन्य सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न सकिने उनको सुझाव छ ।

भारतमा रहेका नेपालीका समस्या समाधानका लागि पहिचान, श्रमिक अधिकार, मानव बेचबिखन नियन्त्रण, यातायात नियमन तथा स्वास्थ्य र आर्थिक सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले भारतसँग ठोस कूटनीतिक पहल गर्नुपर्ने प्रवासी नेपालीको माग छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
48m ago
प्रधानमन्त्रीको भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासंघको टोली भारत प्रस्थान

प्रधानमन्त्रीको भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासंघको टोली भारत प्रस्थान

महासंघका अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा रहेको टोली आइतबार भारत प्रस्थान गरेको हो ।

#भारत
Compare →
Hamro Patro News
54m ago
प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जादै, भ्रमण टोलीमा ३४ सदस्यीय हुने

प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जादै, भ्रमण टोलीमा ३४ सदस्यीय हुने

काठमाडौं प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन् । उनि प्रधानमन्त्री भ...

#भारत
Compare →
Nagarik News
2h ago
त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा ११ प्रतिशतभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको समस्या देखिएको पाइएको छ।

#समस्या
Compare →
Arthasansar
2h ago
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्...

#भारत
Compare →

Related Stories

National (Nepal)
Build #2612