माता सीताको गृहनगर जनकपुरधाम र भगवान् रामको गृहनगर अयोध्या जोड्ने रेलले तीर्थयात्रीको यात्रा अझ सहज बनाउने अपेक्षा गरिएको छ।
काठमाडौँ — प्राचीन मिथिलाको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अवधको राजधानी अयोध्याका लागि सातामा एक पटक रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । भारतीय रेल मन्त्रालयले रामायण परम्परासँग जोडिएको दुई पवित्रस्थलहरू माता सीताको गृहनगर जनकपुरधाम र भगवान् रामको गृहनगर अयोध्यासम्मको धार्मिक तथा सांस्कृतिक यात्रा सहज बनाउने उद्देश्यले यो पहल थालिएको हो ।
अनिल मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।