Trending
Prev Story
Next Story

जनकपुरधाम–अयोध्या रेल सेवा हप्तामा दुई दिन चल्ने, समयतालिका सार्वजनिक

Bizshala •
November 20, 2026 • 09:35 AM
3
3 reads 0 reactions

काठमाण्डौ । जनकपुरधामदेखि भारतको अयोध्या क्यान्टसम्म सञ्चालन हुने साप्ताहिक रेल सेवाको समयतालिका सार्वजनिक गरिएको...

जनकपुरधाम–अयोध्या रेल सेवा हप्तामा दुई दिन चल्ने, समयतालिका सार्वजनिक

काठमाण्डौ । जनकपुरधामदेखि भारतको अयोध्या क्यान्टसम्म सञ्चालन हुने साप्ताहिक रेल सेवाको समयतालिका सार्वजनिक गरिएको छ। अब यो रेल सेवा हप्तामा दुई दिन आवतजावत गर्ने गरी सञ्चालनमा आउने भएको हो।

सार्वजनिक विवरणअनुसार जनकपुरधाम–अयोध्या क्यान्ट र अयोध्या क्यान्ट–जनकपुरधाम रुटमा क्रमशः १५५९५ र १५५९६ नम्बरका रेल चल्नेछन्।

समयतालिकाअनुसार १५५९५ नम्बरको रेल हरेक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट छुट्नेछ। उक्त रेल आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ।

त्यस्तै १५५९६ नम्बरको रेल हरेक आइतबार दिउँसो १२ः४० बजे अयोध्या क्यान्टबाट छुट्नेछ। यो रेल सोमबार साँझ ५ः५० बजे जनकपुरधाम आइपुग्ने तालिका छ।

यो रेल सेवा जनकपुरधाम, जयनगर, दरभंगा, समस्तीपुर, मुजफ्फरपुर र गोरखपुर हुँदै अयोध्यासम्म पुग्नेछ।

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने जनकपुरधाम र अयोध्याबीच सीधा रेल सम्पर्क स्थापित हुँदा दुवै स्थानबीचको आवागमन अझ सहज हुने अपेक्षा गरिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
प्रधानमन्त्रीको भारत भ्रमणमा अयोध्या–जनकपुर रेल चल्ने

प्रधानमन्त्रीको भारत भ्रमणमा अयोध्या–जनकपुर रेल चल्ने

प्रधानमन्त्रीको भारत भ्रमणमा अयोध्या–जनकपुर रेल चल्ने नेपालतर्फ २८ किलोमिटर रेल गुड्ने खण्डमा अनुदानमा विद्युतीकरण गरिदिन भारतसाग प्रस्ताव राखिादै, प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरे...

#रेल #अयोध्या #चल्ने
Compare →
Nagarik News
4d ago
अब जनकपुर-अयोध्या रेल

अब जनकपुर-अयोध्या रेल

नेपाल र भारतका दुई प्रमुख धार्मिक स्थललाई जोड्न जनकपुरदेखि अयोध्यासम्म रेल सेवा सञ्चालन हुने भएको छ।

#रेल #अयोध्या
Compare →
Ekantipur
8h ago
चैत-वैशाखसम्म जनकपुरधाममा उल्लेखनीय परिवर्तन देखिन्छ : मन्त्री लम्साल

चैत-वैशाखसम्म जनकपुरधाममा उल्लेखनीय परिवर्तन देखिन्छ : मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनकपुरधामको विकासका लागि पर्याप्त बजेट विनियोजन गरिएको भन्दै सुन्दर र व्यवस्थित बनाउने योजनालाई प्राथमिकता दिइएको बताए ।

#जनकपुरधाम
Compare →

Related Stories

Sports
Build #2612