Trending
Prev Story
Next Story

वर्ल्ड ट्रायथलन लङ डिस्ट्यान्स च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडी सहभागि

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions 4 comments

६ मंसिर, काठमाडौं । यूएईको अबुधाबीस्थित हृदयरियाट टापुमा हुने २०२६ वर्ल्ड ट्रायथलन लङ डिस्ट्यान्स च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले सहभागिता जनाउने भएका छन् । नेपाल ट्रायथलन संघका अनुसार नेपालको प्रतिनिधित्व गरेर खेल्ने खेलाडीमा सन्तोष राई र सन्तोष …

वर्ल्ड ट्रायथलन लङ डिस्ट्यान्स च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडी सहभागि

६ मंसिर, काठमाडौं । यूएईको अबुधाबीस्थित हृदयरियाट टापुमा हुने २०२६ वर्ल्ड ट्रायथलन लङ डिस्ट्यान्स च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले सहभागिता जनाउने भएका छन् ।

नेपाल ट्रायथलन संघका अनुसार नेपालको प्रतिनिधित्व गरेर खेल्ने खेलाडीमा सन्तोष राई र सन्तोष कर्माचार्य रहेका छन् ।

उनीहरूले १ सय ५३ किलोमिटर लामो दूरी पूरा गर्नेछन् । त्यसमा ३.५ किलोमिटर पौडी, १ सय २० किलोमिटर साइक्लिङ र ३० किलोमिटर दौड रहेको छ । राईले ४५–४९ वर्ष उमेर समूहमा खेल्नेछन् भने कर्माचार्यले भने ५०–५४ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टिमको प्रशिक्षक तथा व्यवस्थापकमा युवराज सुनुवार रहेका छन् ।

राई गिनिज वर्ल्ड रेकर्ड होल्डर खेलाडी हुन् । उनले यसअघि अमेरिकामा भएको आइरनम्यान वर्ल्ड च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेका छन् । यस्तै कर्माचार्यले ६ फुल आइरनम्यान ट्राथलन र २० हाफ आइरनम्यान दौड खेलिसकेका छन् ।

दुवै खेलाडीले यसअघि सन् २०२४ र २०२५ को वर्ल्ड ट्रायथलन लङ डिस्ट्यान्स च्याम्पियनसिप पनि खेलिसकेका छन् । त्यसैले अहिलेको प्रतियोगिता राई र कर्माचार्य दुवैका लागि लगातार तेस्रो सहभागिता रहनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2w ago
पर्यटनमन्त्री पौडेल लण्डनमा, वर्ल्ड ट्राभल मार्केटमा नेपालबाट ३३ स्टल

पर्यटनमन्त्री पौडेल लण्डनमा, वर्ल्ड ट्राभल मार्केटमा नेपालबाट ३३ स्टल

१७ कात्तिक, लन्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडकराज पौडेल (गनेश) लन्डन आइपुगेका छन् । मन्त्री पौडेल पर्यटन क्षेत्रको कुम्भमेला पनि भनिने वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम) २०२६ मा...

#वर्ल्ड
Compare →

Related Stories

National (Nepal)
Build #2612