राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद डा. अमरेशकुमार सिंहले हुलाकी राजमार्ग निर्माणमा विगतका सरकारको नियत र नीति दुवै खराब रहेको आरोप लगाएका छन् । उनले सडक र पुल निर्माणलाई वर्षौँसम्म अलपत्र पारेर सरकारले तराई–मधेसका जनताको विकासको चाहनामाथि खेलवाड गरेको बताए ।
मेची–महाकाली पदयात्राका क्रममा सुनसरी पुगेका सिंहले शनिबार स्थानीयसँगको भेटघाट तथा सम्बोधनका क्रममा हुलाकी राजमार्ग निर्माण, शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, किसानका समस्या र सामाजिक सद्भावका विषय उठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )