Trending
Prev Story
Next Story

रास्वपा सांसद अमरेश सिंहको पदयात्रा सुरु, सभापति लामिछानेले गरे बिदाई

Ekantipur •
November 16, 2026 • 05:32 AM
3
3 reads 0 reactions

मेची–महाकाली पदयात्रामा हिँडेका सांसद सिंहलाई रास्वपा सभापति रवि लामिछानेले जनकपुरको जानकी मन्दिर प्रांगणबाट बिदाई गरेका हुन् ।

रास्वपा सांसद अमरेश सिंहको पदयात्रा सुरु, सभापति लामिछानेले गरे बिदाई

मेची–महाकाली पदयात्रामा हिँडेका सांसद सिंहलाई रास्वपा सभापति रवि लामिछानेले जनकपुरको जानकी मन्दिर प्रांगणबाट बिदाई गरेका हुन् ।

जनकपुर — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का संघीय सांसद अमरेशकुमार सिंहले सोमबारदेखि जनकपुरबाट पदयात्रा थालेका छन् ।

मेची–महाकाली पदयात्रामा हिँडेका सांसद सिंहलाई पार्टीका सभापति रवि लामिछानेले जनकपुरको जानकी मन्दिरको प्रांगणबाट बिदाई गरेका हुन् । सभापति लामिछानेले सांसद सिंहलाई राष्ट्रिय झन्डा र पार्टीको झन्डा दिएर देशमा शान्ति, सद्भाव र भाइचाराको सन्देश छर्न मेची–महाकाली पदयात्राले सार्थकता प्रदान गर्ने बताए ।

सभापति लामिछानेले चुनावका बेला मधेश र पहाडले पार्टी जोडेजस्तै मेची–महाकाली पदयात्राले देश जोड्ने काम गर्ने बताए ।

पदयात्रामा निस्किएका सांसद सिंहले जनकपुरबाट सांकेतिकरुपमा यात्रा थालिए पनि मंगलबार बिहान झापाबाट यात्राको बिधिवत सुरुवात हुने बताए । उनले पदयात्राको मुख्य उदेश्य जनताको कुरा सुन्ने रहेको बताए ।

छठ पर्व मनाउन शनिबार जनकपुर आएका रास्वपा सभापति लामिछानेले सोमबार बिहान जनकपुरको जानकी मन्दिर पुगेर पुजाअर्चना गरे । लामिछाने सोमबार नै काठमाडाै‌ं फर्किने भए पनि बाक्लो हुस्सुको कारण जहाज उडान नहुँदा जनकपुरमै अड्किएका छन् ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
49m ago
रास्वपा सांसद अमरेश सिंहको पदयात्रा सुरु, सभापति लामिछानेले गरे बिदाई

रास्वपा सांसद अमरेश सिंहको पदयात्रा सुरु, सभापति लामिछानेले गरे बिदाई

रास्वपा सांसद अमरेश सिंहको पदयात्रा सुरु, सभापति लामिछानेले गरे बिदाई मेची–महाकाली पदयात्रामा हिँडेका सांसद सिंहलाई रास्वपा सभापति रवि लामिछानेले जनकपुरको जानकी मन्दिर प्रांगणबाट बिदाई गरेका हुन् ...

#रवि-लामिछाने #सांसद #सिंह
Compare →
Nagarik News
4h ago
मेची-महाकाली पदयात्राको उद्घाटन रवि लामिछानेले गर्ने, जानकी मन्दिरबाट आज बिहान ८ बजे शुभारम्भ

मेची-महाकाली पदयात्राको उद्घाटन रवि लामिछानेले गर्ने, जानकी मन्दिरबाट आज बिहान ८ बजे शुभारम्भ

सर्लाही क्षेत्र नम्बर–४ का संघीय सांसद डा. अमरेशकुमार सिंहले सञ्चालन गर्न लागेको मेची–महाकाली पदयात्राको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गर्ने भएका छन्।

#रवि-लामिछाने #सिंह #पदयात्रा
Compare →
Onlinekhabar
1d ago
छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने

छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने

२८ कात्तिक, काठमाडौं । यसवर्षको छठ पर्व मनाउन रास्वपा सभापति रवि लामिछाने जनकपुरधाम पुगेका छन् । उनी केहीबेर अघि विमानमार्फत जनकपुर पुगेका हुन् । लामिछाने जनकपुर जाने कार्यसूची यसअघि नै बनिसकेको थियो । सभापति लामिछाने पत्नी निकिता …

#रवि-लामिछाने #जनकपुर #रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2612