Trending
Prev Story
Next Story

कहिल्यै सहजै देखिने डाँफे, अहिले मुस्किलले भेटिन्छ

Nagarik News •
November 21, 2026 • 08:47 AM
3
3 reads 0 reactions

चोरी सिकारी, वन विनाश र प्राकृतिक जोखिमका कारण डाँफेको संख्या घट्दै गएपछि यसको अस्तित्व संरक्षण चुनौतीपूर्ण बनेको हो।

कहिल्यै सहजै देखिने डाँफे, अहिले मुस्किलले भेटिन्छ

हिमाली जंगलको शोभा र नेपालको राष्ट्रिय पहिचानसँग जोडिएको संरक्षित राष्ट्रिय पन्छी डाँफे जुम्लाका जंगलबाटै हराउँदै जान थालेको छ।

चोरी सिकारी, वन विनाश र प्राकृतिक जोखिमका कारण डाँफेको संख्या घट्दै गएपछि यसको अस्तित्व संरक्षण चुनौतीपूर्ण बनेको हो।

डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरतबहादुर बुढथापाका अनुसार कुनै समय गाउँ बस्ती नजिकैका जंगलमा समेत सहजै देखिने डाँफे पछिल्लो समय निकै कम देखिन थालेको छ। चोरी सिकारी, पासो थापेर मार्ने प्रवृत्ति, वासस्थान विनाश र अन्य वन्यजन्तुको आक्रमणले यसको संख्या घटिरहेको उनले बताए।

डाँफेको प्रजनन क्षमता कम हुनु पनि संरक्षणको चुनौती बनेको छ। प्रमुख बुढथापाका अनुसार डाँफेले एक पटकमा करिब दुई वटा मात्रै बच्चा उत्पादन गर्ने भएकाले संख्या घटेपछि पुनः वृद्धि हुन लामो समय लाग्ने गर्छ।

जुम्लाको चन्दननाथ नगरपालिका-३ स्थित डाँफे क्षेत्र र गुठिचौर गाउँपालिका-५ को छकलेपानीलगायतका जंगलमा डाँफे पाइने गरेको छ। तर, ती क्षेत्रमा समेत पहिलेको तुलनामा निकै कम देखिन थालेको स्थानीय ऐमान नेपाली बताउँछन्। उनका अनुसार पहिले घरनजिकैको जंगलमा सहजै देखिने डाँफे अहिले मुस्किलले देख्न पाइन्छ।

डिभिजन वन कार्यालयले डाँफे संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित वन्यजन्तुको सिकार गर्ने वा घाइते बनाउनेलाई ३० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

तर, कानुनी व्यवस्था हुँदाहुँदै पनि डाँफेको वासस्थान संरक्षण र चोरी सिकारी नियन्त्रण प्रभावकारी हुन सकेको छैन। समयमै संरक्षणका ठोस कदम नचालिए हिमाली जंगलको सुन्दरता र राष्ट्रिय पहिचान बनेको डाँफे भावी पुस्ताका लागि तस्बिरमा मात्रै सीमित हुने जोखिम बढेको छ।

प्रकाशित: ५ मंसिर २०८३ १४:३२ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3h ago
कहिल्यै सहजै देखिने डाँफे, अहिले मुस्किलले भेटिन्छ

कहिल्यै सहजै देखिने डाँफे, अहिले मुस्किलले भेटिन्छ

हिमाली जंगलको शोभा र नेपालको राष्ट्रिय पहिचानसँग जोडिएको संरक्षित राष्ट्रिय पन्छी डाँफे जुम्लाका जंगलबाटै हराउँदै जान थालेको छ। चोरी सिकारी, वन विनाश र प्राकृतिक जोखिमका कारण डाँफेको संख्या घट्दै ...

#डाँफे #कहिल्यै #सहजै
Compare →

Related Stories

Technology
Build #2612