Trending
Prev Story
Next Story

साउदी अरबमा नेपालीको मृ*त्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

Nagarik News •
October 23, 2026 • 12:48 AM
1
1 reads 0 reactions

नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै यस दुखद घडीमा पीडा सहन गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्।

साउदी अरबमा नेपालीको मृ*त्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेषका कारण नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।

नेपाली कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको हो। नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै यस दुखद घडीमा पीडा सहन गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्।

कांग्रेसले निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटना मानवता र मानवीय मूल्य मान्यताविपरीत भएको उल्लेख गर्दै यस्ता घटनाको निन्दा र भर्त्सना गरेको छ। नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको द्वन्द्वमा नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्त दुखद र चिन्ताजनक भएको पार्टीको भनाइ छ।

कांग्रेस सभापति गगनकुमार थापाले अनाहकमा एक जना नेपालीको समेत ज्यान गुम्नु अत्यन्त दुखद भएको बताउँदै साउदी अरबमा कार्यरत नेपाली नागरिकको सुरक्षाका लागि थप गम्भीर पहल गर्न सरकारको ध्यानाकर्षण गराएको कार्यवाहक मुख्यसचिव दुलालले जानकारी गराए।

विज्ञप्तिमार्फत सभापति थापाले सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन तथा आवश्यक परेमा साउदी अरबमा रहेका नेपाली नागरिकको उद्धारको प्रबन्ध मिलाउनसमेत सरकारसँग आग्रह गरेका छन्।

नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारले आवश्यक कूटनीतिक तथा सुरक्षासम्बन्धी पहल गर्नुपर्नेमा नेपाली कांग्रेसले जोड दिइएको कार्यवाहक मुख्यसचिव दुलालले बताए।

यसअघि साउदी अरबको सायबाह तेल क्षेत्रमा ड्रोन अवरोध गर्ने क्रममा खसेको भग्नावशेषले ठेकेदार कम्पनीको सवारीसाधनमा आगलागी हुँदा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको तथा पाकिस्तानी र भारतीय नागरिक घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। साउदी अधिकारीका अनुसार घटनाले तेल क्षेत्रको सञ्चालनमा भने असर पारेको छैन।

प्रकाशित: ६ कार्तिक २०८३ ०६:३३ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
11h ago
भीमफेदी दुर्घटनाप्रति प्रधानमन्त्री कार्यालयद्वारा दुःख व्यक्त, ५ सदस्यीय छानबिन समिति गठन

भीमफेदी दुर्घटनाप्रति प्रधानमन्त्री कार्यालयद्वारा दुःख व्यक्त, ५ सदस्यीय छानबिन समिति गठन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १४ जनाको ज्यान जाने गरी भएको भीमफेदी दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुल...

#व्यक्त #घटनाप्रति #दुःख
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त

भीमफेदी दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त

२६ कात्तिक, काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा यात्रुहरूले ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । ओलीले शोक वक्तव्य जारी गर्दै छठ पर्व मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकले …

#व्यक्त #घटनाप्रति #दुःख
Compare →

Related Stories

Politics & Governance
Build #2611