Trending
Prev Story
Next Story

कृत्रिम ड्यामले फेरियो सुक्खा जमिनको मुहार

Nagarik News •
October 23, 2026 • 12:51 AM
1
1 reads 0 reactions

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामा सहजता मिलेको छ।

कृत्रिम ड्यामले फेरियो सुक्खा जमिनको मुहार

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामा सहजता मिलेको छ। विगतमा सुक्खा क्षेत्रका रूपमा चिनिने र आकाशे पानीको भर पर्नुपर्ने जमिनहरूमा अहिले सहजै सिंचाइ पुग्ने गरेको छ।

बृहत्त दाङ उपत्यका सिंचाई आयोजनाद्वारा ड्याम निर्माणपछि अहिले हेमन्तपुर भेगमा सिंचाइ भइरहेको छ भने धनखन्ने, सानोदमार तथा दौडारे क्षेत्रका करिब दुई सय बिघा जमिनमा पनि सिंचाइको पहुँच विस्तारको क्रम अघि बढेको स्थानीय ड्याम संरक्षण समितिका अधयक्ष गोविन्द नेपालीले बताए।

उनका अनुसार उक्त ड्याम निर्माण भएपछि सिंचाई मात्रै नभई आसपासका कुवा तथा इनारहरूमा पानीको स्तर बढेको छ। यसले गर्दा पानीको सहजता भएको छ।

पहिले चैतमै सुक्ने इनारहरू अहिले तालतलैयाका कारण तलसम्म पानी रिचार्ज भएर वर्षैभरि नसुक्ने गरेको तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष माधव वलीले बताए। विगतमा सिंचाई नहुँदा सुक्खा रहने जमिनहरू अहिले हराभरा हुने गरेको उनको भनाइ छ।

उनका अनुसार हाल सो क्षेत्रलाई भू–वर्गीकरणमार्फत आवासीय वा औद्योगिक नभई कृषि क्षेत्रका रूपमा अगाडि बढाइएको छ। यसरी कृत्रिम ड्याम र तालतलैयाले जलस्रोत र प्रकृतिको संरक्षण गर्नुकासाथै कृषि क्षेत्रको रूपान्तरणमा पनि भूमिका खेलेको वडाध्यक्ष वलीले बताए। सोही ड्याममा डुंगा पनि छ। त्यसलाई सञ्चालन गरेर आम्दानी पनि हुने गरेको छ।

प्रकाशित: ६ कार्तिक २०८३ ०६:३६ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
12h ago
सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता घोराहीको अर्घुस्थित सिँचाइ ड्याममा डुबेर २३ वर्षीय अनुप चौधरी बेपत्ता भएका हुन्, उनको खोजी भइरहेको छ । कार्तिक २७, २०८३ दुर्गालाल केसी दाङ — घोराही उप...

#ड्याम #दाङ
Compare →
Ekantipur
9h ago
दाङमा सिँचाइ ड्याममा डुबेका युवकको शव २२ घण्टापछि भेटियो

दाङमा सिँचाइ ड्याममा डुबेका युवकको शव २२ घण्टापछि भेटियो

घोराही–१२ बेलघारका २३ वर्षीय अनुप चौधरी बिहीबार नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

#ड्याम
Compare →
Onlinekhabar
1d ago
सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध

सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध

२६ कात्तिक, गुल्मी । कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा चट्टान सहितको सुक्खा पहिरो खसेपछि गएरातिदेखि उक्त सडकपूर्ण रूपमा अवरुद्ध बनेको हो । प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम …

#सुक्खा
Compare →
Bizshala
4d ago
मुग्लिन नजिक सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुवैतर्फ ठप्प

मुग्लिन नजिक सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुवैतर्फ ठप्प

काठमाण्डौ। चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सोमबार सबेरै सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग...

#सुक्खा
Compare →

Related Stories

World News
Build #2611