हातमा नाङ्गा खुकुरी र तरबार, कानमा परम्परागत बाजागाजाको गुञ्जन अनि चौलोको लयमा झुमिरहेका स्थानीय । कोही देवीदेवताको दर्शनमा व्यस्त त कोही आफन्त र इष्टमित्रसँगको भेटघाटमा । यही दृश्यले शुक्रबार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित लाटागन्याप मन्दिर परिसरलाई उल्लासमय बनायो ।
हरिबोधनी एकादशीका अवसरमा हरेक वर्ष लाग्ने प्रख्यात बडाल जाँतमा यस वर्ष पनि भक्तजन तथा दर्शनार्थीको उल्लेख्य सहभागिता रह्यो । डडेल्धुरासहित डोटी, बैतडी र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट भक्तजन मेला भर्न पुग्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )