Trending
Prev Story
Next Story

चीनबाट अडियो संवाद बाहिरिएकोबारे रास्वपा सांसद न्यौपानेले के भने ?

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

४ मंसिर, काठमाडौं । चीन भ्रमणमा रहेका सत्तारुढ रास्वपाका सांसदहरूले गरेको कुराकानीको अडियो संवाद विवादित भएपछि सांसद श्रीराम न्यौपानेले त्यसबारे स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत सांसद न्यौपानेले नै सार्वजनिक गरेको एक भिडियोमा विपक्षी दलहरूका नेताहरूमाथिको …

चीनबाट अडियो संवाद बाहिरिएकोबारे रास्वपा सांसद न्यौपानेले के भने ?

४ मंसिर, काठमाडौं । चीन भ्रमणमा रहेका सत्तारुढ रास्वपाका सांसदहरूले गरेको कुराकानीको अडियो संवाद विवादित भएपछि सांसद श्रीराम न्यौपानेले त्यसबारे स्पष्टीकरण दिएका छन् ।

सामाजिक सञ्जालमार्फत सांसद न्यौपानेले नै सार्वजनिक गरेको एक भिडियोमा विपक्षी दलहरूका नेताहरूमाथिको टिप्पणी थियो ।

उक्त संवादका क्रममा उनीहरूले कांग्रेसको आधिकारिकता शेरबहादुर देउवा पक्षलाई दिनुपर्ने, एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेत अझै चर्को भएर उत्रिनुपर्ने, आफूहरूले त्यसको फाइदा लिन सक्ने लगायका टिप्पणी गरेका थिए ।

जसबारे स्पष्ट पार्दै सांसद न्यौपानेले लेखेका छन्–

देउवा, ओली र प्रचण्डको विगतको कार्यशैलीप्रति जनतामा देखिएको असन्तुष्टि र परिवर्तनको अपेक्षाकै कारण राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकपटकका लागि मत परिवर्तन गर्दै जनताले अत्यधिक मत दिएका हुन्।

जनताले दिएको यो अभूतपूर्व अवसरलाई सदुपयोग गर्दै सुशासन, विकास र सेवा प्रवाहमा ठोस परिणाम दिन सक्नुपर्छ। जनताको अपेक्षाअनुसार काम गरेर परिणाम घरदैलोसम्म पुर्‍याउन सकेनौँ भने आगामी निर्वाचनमा हामीले पनि विगतका राजनीतिक दलहरूले सामना गरेको जनविश्वासको संकट बेहोर्नुपर्ने अवस्था आउन सक्छ।

हाम्रो अनौपचारिक छलफल र संवादको मूल निष्कर्ष यही थियो– जनताले दिएको मत र विश्वास स्थायी होइन; त्यसलाई काम, इमानदारी र नतिजाबाट प्रमाणित गर्नुपर्छ। यथार्थ पनि यहि नै हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
31m ago
चीनबाट अडियो संवाद बाहिरिएकोबारे रास्वपा सांसद न्यौपानेले के भने ?

चीनबाट अडियो संवाद बाहिरिएकोबारे रास्वपा सांसद न्यौपानेले के भने ?

४ मंसिर, काठमाडौं । चीन भ्रमणमा रहेका सत्तारुढ रास्वपाका सांसदहरूले गरेको कुराकानीको अडियो संवाद विवादित भएपछि सांसद श्रीराम न्यौपानेले त्यसबारे स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत सांसद न...

#सांसद #न्यौपाने #संवाद
Compare →
Ekantipur
1h ago
चीन भ्रमणमा रहेका रास्वपा सांसदबीच संवाद : कांग्रेस देउवाको हातमा जानुपर्छ, ओली-बस्नेत चर्को बोल्नुपर्छ

चीन भ्रमणमा रहेका रास्वपा सांसदबीच संवाद : कांग्रेस देउवाको हातमा जानुपर्छ, ओली-बस्नेत चर्को बोल्नुपर्छ

चीन भ्रमण दलमा रहेका श्रीराम न्यौपानेले रोबोटले खेलिरहेको भिडियो फेसबुकमा राखेका थिए । त्यो भिडियोमा सांसदहरूबीच नेपालको राजनीतिबारे र पारिवारिक विषयमा कुराकानी गरेको सुनिन्छ ।

#चीन #रास्वपा #संवाद
Compare →
Nagarik News
4h ago
रास्वपा सांसद अमरेशकुमारलाई कालो झण्डा देखाएर विरोध

रास्वपा सांसद अमरेशकुमारलाई कालो झण्डा देखाएर विरोध

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहलाई कालो झण्डा देखाइएको छ।

#सांसद #रास्वपा
Compare →
Bizshala
2d ago
चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनमा...

#चीन
Compare →

Related Stories

Politics & Governance
Build #2612