Trending
Prev Story
Next Story

फोर नेसन इन्टरनेसनल कबड्डी कप शनिबारदेखि, नेपालको लक्ष्य स्वर्ण

Onlinekhabar •
November 20, 2026 • 09:30 AM
3
3 reads 0 reactions 4 comments

४ मंसिर, काठमाडौं । फोर नेसन इन्टरनेसनल कबड्डी कप २०२६ शनिबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा हुने यू–२० पुरुष प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र थाइल्यान्डले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको पूर्वसन्ध्यामा …

1 / 2
Swipe Photos

४ मंसिर, काठमाडौं । फोर नेसन इन्टरनेसनल कबड्डी कप २०२६ शनिबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा हुने यू–२० पुरुष प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र थाइल्यान्डले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको पूर्वसन्ध्यामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रफी सार्वजनिक गरिएको छ । प्रतियोगितालाई नेपाली कबड्डीको विकास र युवा खेलाडीको क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाले प्रतियोगिता नेपालमै आयोजना हुनुलाई नेपाली कबड्डीका लागि ऐतिहासिक उपलब्धि भएको बताए।

‘आज खुशीको दिन हो । फोर नेसन इन्टरनेसनल कबड्डी कप नेपालमै आयोजना हुँदैछ । एक वर्षअघि थाइल्यान्डमा भएको छलफलमा यसको पहिलो संस्करण नेपालमा आयोजना गर्ने सहमति भएको थियो । मलेसिया भने अन्तिम समयमा सहभागी हुन सकेन,’ झाले भने ।

उनले पछिल्लो समय नेपाली कबड्डीले अन्तर्राष्ट्रिय स्तरमा निरन्तर सफलता हासिल गरिरहेको उल्लेख गर्दै जुनियर तहबाटै खेलाडी उत्पादन र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

‘जुनियर लेभलबाटै खेलाडी विकास गर्नुपर्छ भन्ने उद्देश्यले हामीले यो सुरुवात गरेका हौँ । नेपालमा अहिलेसम्मकै ठूलो प्रतियोगिता आयोजना हुन लागेको हो। फोर नेसन कप आगामी दिनमा अझ राम्रो नतिजा हासिल गर्ने सुरुवात हुनेछ,’ उनले भने ।

नेपाली कबड्डीले पछिल्लो तीन वर्षमा अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । एसियन गेम्समा लगातार पदक जित्दै आएको नेपालले एसियन च्याम्पियनसिप, जुनियर कबड्डी, बंगबन्धु कबड्डी तथा एसियन बिच गेम्समा समेत पदक जितिसकेको छ ।

प्रतियोगितामा नेपालको लक्ष्य स्वर्ण पदक जित्नु रहेको महासचिव झाले बताए। उनले नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वाससमेत व्यक्त गरे ।

प्रतियोगिता सिंगल राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुनेछ । शनिबार हुने उद्घाटन खेलमा आयोजक नेपालले थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। लिग चरणका खेलपछि शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि फाइनल खेल्नेछन्।

प्रतियोगिताका सम्पूर्ण खेल ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो हलमा सञ्चालन हुनेछन् ।

यसैबीच, अखिल नेपाल कबड्डी संघले आगामी जनवरीमा सातौँ महिला एसियन कबड्डी च्याम्पियनसिप आयोजना गर्ने तयारीसमेत गरेको महासचिव झाले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1d ago
काठमाडौंमा चार राष्ट्रबीच कबड्डी च्याम्पियनसिप हुँदै, नेपालको पहिलो खेल थाइल्यान्डसँग

काठमाडौंमा चार राष्ट्रबीच कबड्डी च्याम्पियनसिप हुँदै, नेपालको पहिलो खेल थाइल्यान्डसँग

काठमाडौं, मंसिर ४ । काठमाडौंमा आगामी नोभेम्बर २१ देखि २३ (मंसिर ६ देखि ८) गतेसम्म चार राष्ट्र सम्मिलित ‘फोर नेसन्स कप कबड्डी च्याम्पियनसिप–२०२६’ आयोजना हुने भएको छ। अखिल नेपाल कबड्डी संघको आयोजनाम...

#कबड्डी #काठमाडौं
Compare →

Related Stories

Sports
Build #2612