Trending
Prev Story
Next Story

लागुऔषधसहित १७ जना पक्राउ

Onlinekhabar •
November 20, 2026 • 08:30 AM
3
3 reads 0 reactions

४ मङ्सिर, काठमाडौँ । झापा, दमक नगरपालिका–८ बसन्त मार्गबाट खैरो हेरोइन एक ग्राम ४७० मिलिग्राम र नगद रु २७ हजारसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने …

लागुऔषधसहित १७ जना पक्राउ

४ मङ्सिर, काठमाडौँ । झापा, दमक नगरपालिका–८ बसन्त मार्गबाट खैरो हेरोइन एक ग्राम ४७० मिलिग्राम र नगद रु २७ हजारसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका–६ घर भएका २६ वर्षीय मनिष शर्मा र २४ वर्षीय डिकबहादुर शर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मनिषको कोठा तलासी गर्दा एक ग्राम ३३० मिलिग्राम उक्त पदार्थ र नगद रु १५ हजार तथा डिक बहादुरको कोठा तलासी १४० मिलिग्राम उक्त पदार्थ र नगद रु १२ हजार फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

यसैगरी, झापा शिवसताक्षी नगरपालिका–२ मङ्गलबारेबाट अवैध ब्राउनसुगर ७३० मिलिग्रामसहित दमक नगरपालिका–७ बस्ने ३९ वर्षीय भीम सागर न्यौपानेलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीचौकी धरमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका–८ सिर्जनचोकस्थित रोयल थकाली किचन होटलबाट डाइजेपाम ३५ एम्पुल, नोर्फिन ३५ एम्पुल र फेनारगन ३५ एम्पुलसहित सोही महानगरपालिका–५ मालेपाटन बस्ने खोटाङ घर भएका २९ वर्षीय मिलन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले होटलको २०१ नम्बरको कोठा तलासी गर्दा उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, कास्की, पोखरा महानगरपालिका–१५ लक्ष्मीटोल डेरा गरी बस्ने स्याङ्जा बिरूवा गाउँपालिका–३ घर भएका ३० वर्षीय महेश गुरुङसमेत दुई जनालाई खैरो हेरोइनज चार ग्राम २०० मिलिग्राम र ट्रामाडोल ११ ट्याब्लेटसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीसमेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, कास्की, पोखरा महानगरपालिका–२६ साउनेपानी बस्ने २१ वर्षीय यमराय क्षेत्रीसमेत चार जनालाई गाँजा करिब ७०० ग्रामसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले यमरायको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला परेपछि उनीहरूलाई पक्राउ गरेको हो ।

ललितपुर, महालक्ष्मी नगरपालिका–५ टीकाथलीबाट अवैध लागुऔषध खैरो हेरोइन ब सात ग्राम ३१० मिलिग्राम र नगद रु १८ हजार ९५० सहित तीन जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सर्लाही ईश्वरपुर नगरपालिका–५ घर भएका ३३ वर्षीय केशव गिरी, ललितपुर महालक्ष्मी नगरपालिका–७ चांगाथली बस्ने रूपन्देही बुटवल उपमहानगरपालिका–११ घर भएका २४ वर्षीय दर्शन भुषाल र काठमाडौँ बानेश्वर शान्तिनगर बस्ने सर्लाही ईश्वरपुर नगरपालिका–६ घर भएका ३२ वर्षीय पुर्ण शङ्कर गिरी रहेका छन् ।

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सप्तरी, कञ्चनरूप नगरपालिका–९ बाट ब्राउनसुगर ४५० मिलिग्रामसहित सोही नगरपालिका–९ बस्ने ३६ वर्षीय नारदमनी बरहीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले प्रदेश २–०१–००३ प ६९३४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरी, इटहरी उपमहानगरपालिका–५ आइतबारेबाट खैरो हेरोइन आठ ग्राम ६५० मिलिग्रामसहित उदयपुर चौदण्डीगढी नगरपालिका–५ बस्ने ३४ वर्षीय उदित नारायण चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

रूपन्देही, रोहिणी गाउँपालिका–१ सिमरपानीबाट डाइजेपाम ३२९ एम्पुल, बुप्रेनोर्फिन ३३६ एम्पुल र प्रोमेथाजाइन ३३७ एम्पुलसहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २० वर्षीय कुलदीप सहानी र २० वर्षीय प्रदीप केवट रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले युपि ५६ एए ५२१० नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
48m ago
लागुऔषधसहित १७ जना पक्राउ

लागुऔषधसहित १७ जना पक्राउ

दमक नगरपालिका–८ वसन्त मार्गबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ एक ग्राम ४७० मिलिग्राम र नगद २७ हजार रुपैयाँसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

#नगरपालिका #मिलिग्राम #नगद
Compare →
Ekantipur
2d ago
सवारी ज्यान मुद्दामा १२ वर्षदेखि फरार प्रतिवादी नियन्त्रणमा

सवारी ज्यान मुद्दामा १२ वर्षदेखि फरार प्रतिवादी नियन्त्रणमा

झापाको कन्काई नगरपालिका–९ का जीवन चौलागाईंलाई इलाका प्रहरी कार्यालय अनारमनीको समन्वयमा पक्राउ गरी मंगलबार जिल्ला अदालतमा बुझाइएको छ।

#नगरपालिका #झापा
Compare →

Related Stories

National (Nepal)
Build #2612