Trending
Prev Story
Next Story

बालेन–मोदी भेटघाट ‘छोटो र महत्वपूर्ण’ हुनेछ : सञ्चारमन्त्री तिमिल्सिना

Onlinekhabar •
November 20, 2026 • 07:31 AM
3
3 reads 0 reactions

४ मंसिर, काठमाडौं । नेपाल सरकारले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमण राष्ट्रहितमा केन्द्रित हुने जनाएको छ । समकक्षी नरेन्द्र मोदीसँगको भेटघाट ‘छोटो र महत्वपूर्ण’ पनि हुने नेपाल सरकारको अपेक्षा छ । आजको मन्त्रिपरिषद बैठकपछि …

बालेन–मोदी भेटघाट ‘छोटो र महत्वपूर्ण’ हुनेछ : सञ्चारमन्त्री तिमिल्सिना

४ मंसिर, काठमाडौं । नेपाल सरकारले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमण राष्ट्रहितमा केन्द्रित हुने जनाएको छ । समकक्षी नरेन्द्र मोदीसँगको भेटघाट ‘छोटो र महत्वपूर्ण’ पनि हुने नेपाल सरकारको अपेक्षा छ ।

आजको मन्त्रिपरिषद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले भने, ‘राष्ट्र हितमा दुईपक्षीय सम्बन्ध सुधारका लागि महत्वपूर्ण छलफल हुनेछ । राम्रो सम्बन्ध भएको मुलुकका सरकार प्रमुखहरुको भेटघाट छोटो र महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।’

प्रधानमन्त्री बालेनले यही मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गर्दैछन् ।

आजको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । साथै उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि गरेको मन्त्री तिमिल्सिनाले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
प्रधानमन्त्री बालेनसँग भारतीय राजदूतले भने– मोदीसँगको भेटवार्ता ऐतिहासिक हुन्छ

प्रधानमन्त्री बालेनसँग भारतीय राजदूतले भने– मोदीसँगको भेटवार्ता ऐतिहासिक हुन्छ

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भ...

#मन्त्रिपरिषद् #बालेन-शाह #बालेन
Compare →
Bizshala
8m ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई सरकारले औपचारिक स्वीकृति दिएको छ।शुक्रबार...

#मन्त्रिपरिषद् #बालेन-शाह #बालेन
Compare →
Nagarik News
1h ago
मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, चीनबाट २ मिलियन डलर अनुदान लिने

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, चीनबाट २ मिलियन डलर अनुदान लिने

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।

#मन्त्रिपरिषद् #बालेन-शाह
Compare →
Ekantipur
3d ago
एशिया भ्रमणमा ट्रम्प : मनिला र सेन्जेनमा महत्वपूर्ण भेटघाट

एशिया भ्रमणमा ट्रम्प : मनिला र सेन्जेनमा महत्वपूर्ण भेटघाट

ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी चीनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन्

#भेटघाट #महत्वपूर्ण
Compare →

Related Stories

Politics & Governance
Build #2612