Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाहको भारत भ्रमणमा ३४ सदस्यीय सरकारी टोली

Ekantipur •
November 20, 2026 • 06:32 AM
3
3 reads 0 reactions

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार आइतबारदेखि हुने प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा आफ्नै खर्चमा थप ५२ जना पनि जाने भएका हुन् ।

प्रधानमन्त्री शाहको भारत भ्रमणमा ३४ सदस्यीय सरकारी टोली

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार आइतबारदेखि हुने प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा आफ्नै खर्चमा थप ५२ जना पनि जाने भएका हुन् ।

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणका क्रममा राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि शिष्टाचार भेट गर्ने भएका छन् । शुक्रबार परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री शाहको भारत भ्रमणबारे जानकारी गराएका हुन् ।

भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा काठमाडौंबाट ३४ सदस्य सहभागी हुने परराष्ट्र सचिव राईले प्रेस ब्रिफिङमा बताए । त्यस्तै, आफ्नै खर्चमा थप ५२ जना पनि भारत जाने भएका छन् । भ्रमण टोलीमा पत्रकारहरू पनि आफ्नै खर्चमा सहभागी हुनेछन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दै छन् । उनी नेपाल वायुसेवा निगमको विमानबाट नयाँदिल्ली प्रस्थान गर्ने तालिका छ ।

प्रधानमन्त्री शाहले राष्ट्रपति द्रौपदी मुर्मुसँगको शिष्टाचार भेट गर्नेछन् भने समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोजसमेत आयोजना गर्नेछन् । भारतीय विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन् ।

भ्रमणका क्रममा केही नयाँ परियोजनाको उद्घाटन तथा केही परियोजनाको शिलान्यास गरिनेछ । साथै, विभिन्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र सचिव राईले जानकारी दिएका छन् । 'यो भ्रमणले दुई देशबीचको साझेदारीलाई थप सुदृढ बनाउनुका साथै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन योगदान गर्ने अपेक्षा छ,' उनले भने ।

प्रधानमन्त्री शाह सोमाबार काठमाडौं फर्कने कार्यक्रम छ ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2h ago
यस्तो छ प्रधानमन्त्री बालेनको भारत भ्रमणको तालिका

यस्तो छ प्रधानमन्त्री बालेनको भारत भ्रमणको तालिका

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर भ्रमणबारे जानकारी दिएको हो । परराष्ट्र सचिव अमृत राईका अनुसार प्रधान...

#भ्रमण #भारत #परराष्ट्र
Compare →
Nagarik News
2h ago
प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाने, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाने, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदै छन्।

#भ्रमण #भारत #शाह
Compare →
Onlinekhabar
29m ago
भारतमा काम गर्ने नेपालीका अपेक्षा– प्रधानमन्त्रीको भ्रमणले सीमाको सास्ती अन्त्य गरोस्

भारतमा काम गर्ने नेपालीका अपेक्षा– प्रधानमन्त्रीको भ्रमणले सीमाको सास्ती अन्त्य गरोस्

४ मंसिर, धनगढी । कैलालीको गौरीफन्टा नाकामा यतिबेला मजदुरी गर्न भारत जाने नेपालीको लर्को छ । दशैं र तिहार सकेर सुदूरपश्चिमसहित देशका विभिन्न ठाउँबाट दैनिक हजारौंको संख्यामा नेपालीहरू भारततिर गइरहेका छन् । चाडपर्व मनाउन घर आएका …

#भ्रमण #भारत
Compare →
Arthasansar
1h ago
आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने...

#भ्रमण #भारत
Compare →
Bizshala
55m ago
प्रधानमन्त्री बालेन शाह ६ गते भारत भ्रमणमा जाने, टोलीमा को–को छन् ?

प्रधानमन्त्री बालेन शाह ६ गते भारत भ्रमणमा जाने, टोलीमा को–को छन् ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नोभेम्बर २२ देखि २३...

#भ्रमण #शाह #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612