Trending
Prev Story
Next Story

सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा, लुम्बिनीसँग उपाधि भिडन्त

Ekantipur •
November 19, 2026 • 03:32 PM
3
3 reads 0 reactions

सुदूरपश्चिमले क्वालिफायर २ मा चितवन राइनोजलाई तीन विकेटले हराउँदै लगातार तेस्रोपटक उपाधि भिडन्तमा स्थान बनाएको हो।

सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा, लुम्बिनीसँग उपाधि भिडन्त

सुदूरपश्चिमले क्वालिफायर २ मा चितवन राइनोजलाई तीन विकेटले हराउँदै लगातार तेस्रोपटक उपाधि भिडन्तमा स्थान बनाएको हो।

काठमाडौँ — थारिन्दु रथ्नायकेले संयमित ब्याटिङ गरेपछि सुदूरपश्चिम रोयल्स शुक्रबार चितवन राइनोजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले क्वालिफायर २ मा चितवनलाई ३ विकेटले पराजित गर्‍यो ।

रथ्नायकेले अविजित ५३ रन बनाएपछि सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १ सय ३४ रनको लक्ष्य १९.५ ओभरमा १ सय ३६ रन बनाउँदै पूरा गरेको थियो । अन्तिम दुई बलमा विजयका लागि २ रन आवश्यक भएको समयमा रत्नायकेले विजयी चौका प्रहार गरेका थिए ।

सुदूरपश्चिम लगातार तेस्रो सिजन फाइनल प्रवेश गरेको हो । टोलीले शनिबार हुने उपाधि भिडन्तमा लुम्बिनी लायन्सको सामना गर्नेछ । लुम्बिनीले मंगलबार भएको क्वालिफायर १ मा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो । सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा रहेको छ । टोली पहिलो सिजन जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनीसँग फाइनलमा पराजित भएको थियो ।

जर्ज मुन्सेले सुदूरपश्चिमलाई पुनः निराश बनाए । उनी ८ रन बनाई रिजन ढकालको बलमा आउट भए । प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा अग्रस्थानमा रहेका रिजनको यो १७औं विकेट हो । अर्का ओपनर विनोद भण्डारीले १३ बल खेली १ चौका र २ छक्कासहित २३ रन बनाए ।

आश्चर्यजनक रूपमा तेस्रो नम्बरमा पठाइएका स्कट कुगेलेइन २ रनमै आउट भए । ईशान पाण्डे १०, कप्तान दीपेन्द्रसिंह ऐरी १५ र आरिफ शेख १० रनमा आउट भए । फाबियन एलेन ५ रनमा रनआउट भए । चितवनबाट रञ्जित कुमारले ३ ओभरमा २५ रन खर्चेर २ तथा रिजन, कमलसिंह ऐरी, उसामा मिर र सलाहुद्दिन खानले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३३ रन बनाएको थियो । चितवनले निकै खराब सुरुआत गरेको थियो । अघिल्लो दिन काठमान्डु गोर्खाजविरुद्ध १ सय २० रन प्रहार गर्दै एनपीएलकै उच्च स्कोर बनाएका कामिल मिशारा ४ रनमै आउट भए । स्कट कुगेलेइनको बलमा उनको ब्याटको किनारामा लागेर गएको बल विकेटकिपर विनोद भण्डारीले क्याच गरेका थिए ।

अर्का ओपनर देव खनालले पनि ६ रनमात्र बनाउन सके । डेविड मलानले ५१ बलमा ७१ रन बनाउँदै प्रतियोगितामा दोस्रो अर्धशतक बनाए । उनले आफ्नो इनिङ्समा कुल ९ चौका र २ छक्का प्रहार गरे । रिजन इनिङ्सको अन्तिम बलमा ३ रनमा रनआउट भए ।

तर कप्तान रवि बोपारा १ रनमै आउट भए । विवेक यादव ३, कुशल मल्ल १ र उसामा मिर २ रनमै आउट भए । सलाहुद्दिनले १६ बलमा १८ रन बनाउने क्रममा १ छक्का प्रहार गरे । कमलले ७ बल खेली १० रन बनाए । कुगेलेइनले ४ ओभरमा २७ रन खर्चेर ३ र रत्नायकेले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रले ४ ओभरमा १ मेडन राख्दै २०, ईशानले ३ ओभरमा १७ र हेमन्त धामीले ४ ओभरमा ३२ रन खर्चेर १–१ विकेट लिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
2h ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#सुदूरपश्चिम #उपाधि #लगातार
Compare →
Hamro Patro News
1h ago
लगातार तेस्रोपटक फाइनलमा सुदूरपश्चिम, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

लगातार तेस्रोपटक फाइनलमा सुदूरपश्चिम, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो बलियो उपस्थिति कायम राख्दै लगातार तेस्रोपटक फाइनलमा स्थान बनाएको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले ...

#सुदूरपश्चिम #लगातार #फाइनल
Compare →
Onlinekhabar
16h ago
आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

३ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टीमबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुन …

#सुदूरपश्चिम #चितवन #फाइनल
Compare →
Nagarik News
2h ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो सिजन फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो सिजन फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर्स-२ मा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो सिजन फाइनलमा प्रवेश गरेको छ।

#सुदूरपश्चिम #लगातार #फाइनल
Compare →
Arthasansar
6h ago
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग...

#सुदूरपश्चिम #चितवन
Compare →

Related Stories

Sports
Build #2612