Trending
Prev Story
Next Story

इनम सापकोटासहित ३ जनाविरुद्ध ७ दिन म्याद थप

Onlinekhabar •
November 19, 2026 • 01:01 PM
2
2 reads 0 reactions

३ मंसिर, काठमाडौं । बिचौलिया इनम सापकोटासहित तीन जनाविरुद्ध सात दिन म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतले सापकोटासहित नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील …

इनम सापकोटासहित ३ जनाविरुद्ध ७ दिन म्याद थप

३ मंसिर, काठमाडौं । बिचौलिया इनम सापकोटासहित तीन जनाविरुद्ध सात दिन म्याद थप भएको छ ।

काठमाडौं जिल्ला अदालतले सापकोटासहित नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले अदालतले ७ दिन म्याद थप गरेको पुष्टि गरे ।

उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ । १४ असोजमा प्रहरीले सापकोटालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । उनीमाथि अनुसन्धान गर्दा भट्ट र श्रेष्ठको कनेक्शन देखिएपछि उनीहरू पनि पक्राउ परेका हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
33m ago
इनम सापकोटासहित ३ जनालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

इनम सापकोटासहित ३ जनालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डु – इनम सापकोटासहित ३ जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाण्डु जिल्ला अदालतले अनुमति दिएको छ । बिहीबार काठमाण्डु जिल्ला अदालतले इनमसहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप १ हप्...

#सापकोटासहित #इनम
Compare →
Ekantipur
1d ago
Exclusive: दुई वर्षअघिका प्राइमरी शिक्षक इनमको खातामा एक वर्षमै करोडौं

Exclusive: दुई वर्षअघिका प्राइमरी शिक्षक इनमको खातामा एक वर्षमै करोडौं

फिक्सर इनम सापकोटाको एउटा खातामा एक वर्षमा ६ करोडभन्दा बढी रकम प्राप्त भएको देखिन्छ । अदालतमा ठगीसम्बन्धी मुद्दा खेपेका नवीन तुलाधरले समेत २० लाख जम्मा गरेका छन् । सापकोटासँग प्रहरीले गरेको सोधपुछसम्बन्धी अडियोमा उनले धेरै बैंकमा करोडौं रकम रहेको र त्यो पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको रहेको बताएका छन् ।

#इनम
Compare →
Nagarik News
1d ago
सोमराज गुरुङको ह'त्या आशंकामा दुई जना पक्राउ, म्याद थप गरी अनुसन्धान जारी

सोमराज गुरुङको ह'त्या आशंकामा दुई जना पक्राउ, म्याद थप गरी अनुसन्धान जारी

गुरुङको मृत्यु भएपछि प्रारम्भिक अनुसन्धानका क्रममा शंकास्पद देखिएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

#अनुसन्धान #म्याद
Compare →

Related Stories

National (Nepal)
Build #2612