३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले नेपाल तरुण दल काठमाडौंको जिल्ला अध्यक्षमा कृपेश श्रेष्ठलाई मनोनीत गरेको छ ।
केन्द्रीय अध्यक्ष दिल लामाले श्रेष्ठलाई काठमाडौं जिल्ला अध्यक्षमा मनोनयन गरेका हुन् ।
मनोनीत पत्रमा संगठनको संस्थागत सुदृढीकरण, सांगठनिक एकता र भावी राजनीतिक कार्यदिशालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित जिम्मेवारी प्रदान गरिएको उल्लेख छ ।
पत्रमा आगामी छ महिनाभित्र जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गरी संगठनलाई थप सुदृढ, एकताबद्ध, गतिशील र व्यवस्थित बनाउन भनिएको छ ।