Trending
Prev Story
Next Story

ट्रंपले सी जिनपिङसँगको रात्रिभोजमा जेनसन हुआङबारे के भने ?

Bizshala •
November 19, 2026 • 07:34 AM
2
2 reads 0 reactions

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा चिनियाँ...

ट्रंपले सी जिनपिङसँगको रात्रिभोजमा जेनसन हुआङबारे के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको रात्रिभोजमा एनभिडियाका पूर्वप्रमुख जेनसन हुआङबारे संक्षिप्त कुराकानी गरेको बताएका छन्।

फक्स न्युजको कार्यक्रम ‘द इन्ग्राहम एंगल’मा बोल्दै ट्रम्पले बुधबार राति भएको भेटमा हुआङको विषयमा छोटो चर्चा भएको बताएका हुन्।

‘हामीले यस विषयमा विस्तृत छलफल गरेनौँ। सम्भवतः मैले छोटकरीमा उल्लेख गरेको थिएँ, किनभने यो दुःखद घटना हो। उनी अत्यन्त प्रतिभाशाली व्यक्ति हुन्,’ ट्रम्पले भने।

चीनको जासुस भएको आशंका गरिएकी महिलासँग सम्बन्ध रहेको आरोप सार्वजनिक भएपछि हुआङले गत साता पदबाट राजीनामा दिएका थिए।

हुआङबारे टिप्पणी गर्दै ट्रम्पले केही व्यक्तिको स्थान अरू कसैले लिन नसक्ने र उनी प्रविधिको क्षेत्रमा १० वर्ष अगाडि रहेको बताएका थिए।

ट्रम्पका अनुसार सी जिनपिङसँगको रात्रिभोजमा उनीहरूबीच मुख्यतः कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी विषयमा कुराकानी भएको थियो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
ट्रम्प र सीबीच द्विपक्षीय वार्ता

ट्रम्प र सीबीच द्विपक्षीय वार्ता

विश्व व्यापार, आणविक हतियार नियन्त्रण र अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीबीच भएको यस भेटलाई दुई शक्ति राष्ट्रबीचको सम्बन्ध सुधारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

#ट्रम्प #राष्ट्रपति
Compare →
Ekantipur
1h ago
ठूला तीन शक्तिको छायामा एपेक

ठूला तीन शक्तिको छायामा एपेक

सी, ट्रम्प र पुटिनबीचको बैठकमा आणविक हतियार, युक्रेन र मध्यपूर्वका द्वन्द्वजस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ

#ट्रम्प #राष्ट्रपति
Compare →
Hamro Patro News
1h ago
सेन्जेनमा ट्रम्प र सी चिनफिङबीच द्विपक्षीय वार्ता

सेन्जेनमा ट्रम्प र सी चिनफिङबीच द्विपक्षीय वार्ता

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार चीनको सेन्जेनमा द्विपक्षीय वार्ता भएको छ । ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा भएको भ...

#ट्रम्प #राष्ट्रपति
Compare →
Onlinekhabar
16h ago
चीनमा एकैसाथ देखिए ट्रम्प, सी र पुटिन

चीनमा एकैसाथ देखिए ट्रम्प, सी र पुटिन

चीनको सेन्जेनमा बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटघाट भएको छ ।  क्रेमलिनले टेलिग्राममार्फत सार्वजनिक गरेको भिडियोमा पुटिन, ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ रेड कार्पेटमा सँगै …

#ट्रम्प #राष्ट्रपति
Compare →

Related Stories

Technology
Build #2612