Trending
Prev Story
Next Story

ग्रामीण सडकमा यात्रुको चाप, महंगो भाडा र भीडमा यात्रा गर्ने बाध्यता

Ekantipur •
November 19, 2026 • 07:32 AM
3
3 reads 0 reactions

डडेल्धुरा र बैतडीका ग्रामीण सडकमा सीमित जीप चल्ने हुँदा यात्रु घण्टौं कुर्न, भीडमा यात्रा गर्न र महँगो भाडा तिर्न बाध्य छन्।

ग्रामीण सडकमा यात्रुको चाप, महंगो भाडा र भीडमा यात्रा गर्ने बाध्यता

डडेल्धुरा र बैतडीका ग्रामीण सडकमा सीमित जीप चल्ने हुँदा यात्रु घण्टौं कुर्न, भीडमा यात्रा गर्न र महँगो भाडा तिर्न बाध्य छन्।

डडेल्धुरा — दसैंतिहार जस्ता ठूला चाडपर्व सकिएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा मेलाजात्रा सुरु भएका छन्। यो सयममा डडेल्धुरा सदरमुकामबाट जिल्लाका ग्रामीण बस्तीसम्म पुग्ने र ग्रामीण बस्तीबाट सरदरमुकामसम्म पुग्ने सार्वजनिक यातायातको सीमित उपलब्धताले यात्रुलाई सास्ती हुन थालेको छ।

चाडपर्व र मेला–जात्रापछि गाउँ फर्किने तथा आफन्तकहाँ आवतजावत गर्ने यात्रुको संख्या बढे पनि सोहीअनुसार सवारीसाधनको सहज व्यवस्था नहुँदा ग्रामीण रुटमा यात्रुले घण्टौं कुर्नुपर्ने र महँगो भाडा तिरेर यात्रा गर्नुपर्ने अवस्था छ।

बैतडीको पाटन नगरपालिका–१० बाट डडेल्धुरा सदरमुकाम बसपार्क आइपुगेकी जानकी भट्टलाई आलिताल गाउँपालिकाको गाङ्खेत पुग्न सार्वजनिक सवारीसाधन पाउनै मुस्किल भयो। ग्रामीण रुटमा चल्ने जीपमा यात्रुको चाप भएपछि उनले तत्काल गाडी पाउन सकिनन्। अन्ततः सार्वजनिक यातायातमा साहुखर्कसम्म लाग्ने करिब एक सय रुपैयाँ भाडाको सट्टा अटोरिक्सालाई सात सय रुपैयाँ तिरेर गन्तव्यतर्फ जानुपर्‌यो।

जानकीको जस्तै समस्या अहिले ग्रामीण रुटमा यात्रा गर्ने धेरै यात्रुले भोगिरहेका छन्। सीमित संख्यामा सञ्चालन हुने जीपमा यात्रुको चाप बढ्दा सिट पाउनसमेत कठिन हुने गरेको छ। बैतडी सदरमुकाम गोठलापानी जान लागेका नमराज भट्टले पनि भीडभाडका कारण सहज यात्रा गर्न नपाएको बताए। सवारीसाधनको संख्या कम र यात्रुको चाप बढी हुँदा जीपमा ठेलमठेल गरेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए।

दसैंतिहारलगायतका चाडपर्वमा घर आएका तथा आफन्तसँग भेटघाट गर्न गाउँ पुगेका मानिसहरू फर्किन थालेपछि यातायातमा चाप बढेको हो। डडेल्धुरा सदरमुकामबाट जिल्लाका विभिन्न ग्रामीण बस्तीसम्म चल्ने साना जीपमा यात्रुको चाप देखिएको छ। गाउँबाट सदरमुकाम आउने यात्रुसँगै सदरमुकाम हुँदै तराईका जिल्ला र काठमाडौं जाने यात्रुको संख्या पनि बढेको छ।

सवारीसाधनको सीमितताले यात्रुलाई समस्या भए पनि चालकका लागि भने अहिले यात्रु अभाव छैन। जीप चालक लक्ष्मी अवस्थीका अनुसार सामान्य अवस्थामा यात्रु नपाएर कतिपय दिन खाली गाडी चलाउनुपर्ने हुन्छ। तर अहिले यात्रुको चापले गर्दा गाडी खाली चलाउनुपर्ने अवस्था नरहेको उनले बताए। सामान्य समयभन्दा यात्रु बढी हुँदा ग्रामीण रुटमा गाडी सञ्चालन गर्न भ्याइनभ्याइ हुने गरेको उनको भनाइ छ।

जिल्लाका अधिकांश ग्रामीण बस्तीसम्म सडक सञ्जाल विस्तार भए पनि नियमित र पर्याप्त सार्वजनिक यातायातको व्यवस्था हुन सकेको छैन। विशेषगरी कच्ची सडकमा सीमित सवारीसाधन सञ्चालन हुँदा यात्रुको चाप व्यवस्थापन गर्न कठिन हुने गरेको छ। चाडपर्व र मेला–जात्राका बेला यात्रुको संख्या बढ्ने गरेकाले यात्रुले सास्ती भोग्दै आएका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
18h ago
बर्दियाका ग्रामीण क्षेत्रमा २८ करोड ५० लाखका सडक र पुल बन्ने

बर्दियाका ग्रामीण क्षेत्रमा २८ करोड ५० लाखका सडक र पुल बन्ने

वर्षौंदेखि सडक तथा पुलको अभावमा सास्ती भोग्दै आएका बर्दियाका ग्रामीण बस्तीमा पूर्वाधार निर्माणका योजना अघि बढाउने तयारी गरिएको छ।

#ग्रामीण
Compare →
Onlinekhabar
2d ago
८ वर्षदेखि अलपत्र भीरकोटको बसपार्क, भाडाको जग्गामा नगरपालिकाकै निर्माण सामग्री

८ वर्षदेखि अलपत्र भीरकोटको बसपार्क, भाडाको जग्गामा नगरपालिकाकै निर्माण सामग्री

१ मंसिर, स्याङ्जा । बसपार्क बनाउने भन्दै जग्गा भाडामा लिएको आठ वर्ष बित्यो । संरचना निर्माणमा लाखौँ रुपैयाँ खर्च भयो । ८० वटा हेभी र १३० वटा लाइट सवारीसाधन पार्किङ गर्न सक्ने क्षमताको बसपार्क बनाउने …

#भाडा
Compare →
Bizshala
6d ago
मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

काठमाण्डौ । वर्षौँदेखि निर्माण अघि नबढेका तथा कामको प्रगति सन्तोषजनक नभएका आठ आयोजनाको ठेक्का अन्त्य गर्ने प्रक्रिया...

#ग्रामीण
Compare →
Hamro Patro News
1w ago
रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो तिहारको पाँचौँ दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र सयपत्री तथा मखमली फूलको माला लगाइदिएर पर्व मनाइरहेका छन्। कार...

#भीड
Compare →

Related Stories

National (Nepal)
Build #2612