Trending
Prev Story
Next Story

गरिमाको चेतावनीपछि पारिश्रमिक नदिएकाहरू धेरै सम्पर्कमा आए

Nagarik News •
November 18, 2026 • 08:08 AM
3
3 reads 0 reactions

आफ्नो मेहनतको पारिश्रमिक समयमा नपाएको तथा पारिश्रमिक दिने व्यक्ति सम्पर्कविहिन भएकोमा उनी उक्त व्यक्तिमाथि खनिएकी थिइन्।

गरिमाको चेतावनीपछि पारिश्रमिक नदिएकाहरू धेरै सम्पर्कमा आए

मंगलबार अभिनेत्री गरिमा शर्माले सामाजिक सञ्जालमा चेतावती पूर्ण पोस्ट गरिकी थिइन। जसमा उनले आफूले काम गरेको पारिश्रमिक नपाएको भन्ने गुनासो थियो।

आफ्नो मेहनतको पारिश्रमिक समयमा नपाएको तथा पारिश्रमिक दिने व्यक्ति सम्पर्कविहीन भएकोमा उनी उक्त व्यक्तिमाथि खनिएकी थिइन्। उनले मंगलबार सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘कलाकारको शोषण भन्नाले कलाकारको प्रतिभा, मेहनत, समय, लोकप्रियता र सिर्जनात्मक क्षमताको अनुचित फाइदा उठाउनु हो। सरल भाषामा भन्नुपर्दा, कलाकारले आफ्नो समय, सीप र मेहनत लगानी गर्ने तर त्यसको उचित सम्मान, पारिश्रमिक र अधिकार नपाउनु नै कलाकारको शोषण हो। यो बुझ्नु भयो भने सबैले जिम्मेवारी के के बाँकी छ गरिदिनुहोला, अनि सम्पर्कविहीन भएकाहरू कृपया सम्पर्कमा आइदिनुहोला। अर्को पोस्ट अझै राम्रो आउने छ, तस्बिरसहित।’

यद्यपि उनले सम्बन्धित व्यक्तिको नाम भने उल्लेख गरेकी थिइनन्। हाल यो घटनासम्बन्धी अर्को नयाँ जानकारी सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक पोस्टमै उनले उक्त व्यक्ति सम्पर्कमा आएको बताएकी छन्। उनले सबैलाई धन्यवाद दिँदै लेखिन्, ‘तपाईँहरूको प्रक्रियाको लागि धन्यवाद, अहिले धेरै जना सम्पर्कमा आउनु भएको छ। यो नै यो सामाजिक सञ्जालको शक्ति।’

तर गरिमा शर्माको घटना भने सिनेमा क्षेत्रको लागि नयाँ भने होइन। चलचित्र निर्माण गर्दा होस् वा प्रचार प्रसारका लागि, कलाकारलाई अगाडि सारिन्छ तर जब पारिश्रमिक दिनु पर्ने समयमा सम्पर्कविहीन हुने यो सिने क्षेत्रको लागि घातक हो। यो प्रवृत्ति निरन्तर रहि रह्यो भने सिनेमा क्षेत्रनै कमजोर बनाउने देखिन्छ।

प्रकाशित: २ मंसिर २०८३ १३:५३ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
2d ago
बंगलादेशमा पारिश्रमिक वृद्धिको माग गर्दै श्रमिकको हडताल, करिब १५० कपडा कारखाना बन्द

बंगलादेशमा पारिश्रमिक वृद्धिको माग गर्दै श्रमिकको हडताल, करिब १५० कपडा कारखाना बन्द

काठमाडौं। न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै श्रमिकहरू हडतालमा उत्रिएपछि बंगलादेशका करिब १५० कपडा...

#पारिश्रमिक
Compare →
Onlinekhabar
1w ago
सार्वजनिक खरिदमा श्रमिकको न्यूनतम पारिश्रमिक ३२ हजारदेखि पौने ३ लाखसम्म हुनुपर्ने

सार्वजनिक खरिदमा श्रमिकको न्यूनतम पारिश्रमिक ३२ हजारदेखि पौने ३ लाखसम्म हुनुपर्ने

२२ कात्तिक, काठमाडौं । सरकारले सार्वजनिक खरिद मार्फत सञ्चालन हुने सबै प्रकारका आयोजना/कार्यक्रममा काम गर्ने श्रमिकका लागि न्यूनतम पारिश्रमिक तोकेको छ । सामाजिक सुरक्षा, बीमा, व्यवसायजन्य सुरक्षा र कल्याणका बहुआयामिक पक्ष समेटेर सरकारले सार्वजनिक खरिदमा आबद्ध …

#पारिश्रमिक
Compare →
Hamro Patro News
1w ago
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?

श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?

काठमाडौँ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त कार्यविधिले स...

#पारिश्रमिक
Compare →

Related Stories

Technology
Build #2612