Trending
Prev Story
Next Story

मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नभएपछि सान्नी त्रिवेणी गाउँपालिकाको आर्थिक अधिकार रद्द

Nagarik News •
November 18, 2026 • 07:04 AM
2
2 reads 0 reactions

मन्त्रालयले सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी सोही पालिकामै बसेपछि खाता रोक्का गरेको हो।

1 / 2
Swipe Photos

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ। मन्त्रालयले सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी सोही पालिकामै बसेपछि खाता रोक्का गरेको हो।

मन्त्रालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिकामा कार्यरत कर्मचारीको अन्यत्र सरुवा गरिएको थियो। तर, उनी सरुवा भएको निकायमा हाजिर नगरी सोही पालिकामा कार्यरत रहँदै आएका थिए। यसैबीच, नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई समेत पालिकाले हाजिर गराएको थिएन।

सरुवा भएर पनि साविककै कार्यालयमा कार्यरत रहेको तथा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइएको विषयमा मन्त्रालयले पालिकाको आर्थिक जिम्मेवारी रद्द गरेको हो।

मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन निर्देशन दिएको छ।

मन्त्रालयले पालिकाको आर्थिक जिम्मेवारी रद्द गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जानकारी गराउँदै खाता सञ्चालनको आवश्यक व्यवस्था मिलाउनसमेत मन्त्रालयले आग्रह गरेको छ।

प्रकाशित: २ मंसिर २०८३ १२:४९ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
18h ago
अर्थमन्त्रीको निर्देशनपछि भन्सार विभागले गरेको ६९ अधिकृत र २०३ नासुको सरुवा रद्द

अर्थमन्त्रीको निर्देशनपछि भन्सार विभागले गरेको ६९ अधिकृत र २०३ नासुको सरुवा रद्द

१ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशनपछि भन्सार विभाग मातहत २ सय ७२ अधिकृत र नायबसुब्बा (नासु) को सरुवा रद्द भएको छ । भन्सार विभागले २० कात्तिकमा ६९ अधिकृत र २ सय ३ नायबसुब्बाको …

#सरुवा #रद्द
Compare →
Hamro Patro News
3h ago
सरकारी कागजात किर्तेको आरोपमा बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ

सरकारी कागजात किर्तेको आरोपमा बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ

सर्लाही । बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभा सञ्चालन तथा नीति तथा कार्यक्रम पारित गरेको आरोपमा ...

#गाउँपालिका
Compare →

Related Stories

Business & Economy
Build #2612