हुम्ला मङसिर १ गते । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुखको कार्यकक्ष स्थापना गर्नका लागि नयाँ भवन सहयोग जुटाएर निर्माण गरि सञ्चालनमा आएको छ । यसअघि प्रहरी प्रमुखको कार्यकक्ष साँघुरो र चिसो हुने स्थानमा रहेको कारण प्रहरी प्रमुख शंकर खण्डको पहलमा विभिन्न ब्यक्ति र संस्थागत रुपमा सहयोग जुटाएर नयाँ पक्की भवन निर्माण गरिएको हो ।
प्रहरीसँग बजेट नभएपनि विभिन्न संस्था र व्यक्तिको सहयोगमा आफ्नो कार्यकक्ष स्थापना गर्ने प्रयोजनका लागि नयाँ पक्की भवनको निर्माण कार्य सम्पन्न गरि सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । पहिलाको कार्यकक्षमा सेवाग्राही आउदा र अतिथिहरु आउदा वस्नै पनि समस्या हुन थालेपछि आफुलाई आफनो कार्यकक्ष निर्माण गर्ने अठोट लिएको र जुन अहिले आएर सफल भएको उहाँले जनाउनुभयो । यसका लागि सामाजिक विकास कार्यालयको पाँच लाख, प्रहरी कार्यालयको दुई लाख, विभिन्न व्यक्तिहरु निर्माणहरु निर्माण सामाग्री सहयोग जुटाएर प्रहरी कै जनशक्ति लगाएर एक तले शौचालय सहितको एक कोठे भवन निर्माण गरिएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )