ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको निरन्तरको पहलमा भारत हिउँदयाममा नेपाललाई ३५० मेगावाट बिजुली उपलब्ध गराउन तयार भएको छ । भारतीय राजदूत सुधाकर दलेलाले आज मन्त्री श्रेष्ठलाई ऊर्जा मन्त्रालयमा भेट गरी भारतले नेपाललाई हिउँदयाममा ३५० मेगावाट बिजुली उपलब्ध गराउने निर्णय गरेको जानकारी गराउनुभएको हो ।
मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनकाअनुसार राजदूत दलेलाले भोटेकोशी नदीमा आएको बाढीले नेपालको विद्युत पूर्वाधारमा क्षति पुगेकाले हिउँदमा नेपालको विद्युत मागलाई भारतले गम्भीरतापूर्वक लिई आवश्यक बिजुली उपलब्ध गराउने निर्णय गरेको जानकारी गराउनुभयो ।
Read full story at source ( gorkhapatraonline.com )