Trending
Prev Story
Next Story

भारतीय पूर्वसीडीएस चौहानले भने– नेपालको सार्वभौमिकताप्रति संवेदनशीलतामा आधारित सम्बन्ध हुनुपर्छ

Onlinekhabar •
November 17, 2026 • 01:00 PM
5
5 reads 0 reactions

१ मंसिर, काठमाडौं । भारतका पूर्व चिफ अफ डिफेन्स स्टाफ तथा विवेकानन्द फाउन्डेसनका निर्देशक जनरल अनिल चौहानले नेपाल–भारत सम्बन्ध समानता, आपसी सम्मान र नेपालको स्वतन्त्र पहिचान तथा सार्वभौमिकताप्रति संवेदनशीलतामा आधारित हुनुपर्ने बताएका छन् । मंगलबार सेन्टर …

भारतीय पूर्वसीडीएस चौहानले भने– नेपालको सार्वभौमिकताप्रति संवेदनशीलतामा आधारित सम्बन्ध हुनुपर्छ

१ मंसिर, काठमाडौं । भारतका पूर्व चिफ अफ डिफेन्स स्टाफ तथा विवेकानन्द फाउन्डेसनका निर्देशक जनरल अनिल चौहानले नेपाल–भारत सम्बन्ध समानता, आपसी सम्मान र नेपालको स्वतन्त्र पहिचान तथा सार्वभौमिकताप्रति संवेदनशीलतामा आधारित हुनुपर्ने बताएका छन् ।

मंगलबार सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सिसिफ) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपाल–भारत सम्बन्ध लामो सभ्यता र समान संस्कृतिमा आधारित रहेको उनले बताए । दुई देशबीचको सम्बन्धलाई उनले औपचारिक कूटनीतिभन्दा गहिरो जनस्तरको सम्पर्कमा आधारित रहेको उनले बताए ।

परिवर्तित भू–राजनीतिक वातावरणमा द्विपक्षीय सम्बन्ध क्षेत्रीय सुरक्षा गतिशीलता, बदलिँदो राष्ट्रिय हित, प्रविधिको विकास र ठूला शक्तिबीचको सम्बन्धमा आएको परिवर्तनबाट प्रभावित भइरहेको उनले बताए ।

‘व्यापार, ऊर्जा, तथ्याङ्क र सूचनालाई हतियारका रूपमा प्रयोग गर्ने प्रवृत्ति बढेको छ, साइबर, सूचना तथा संज्ञानात्मक क्षेत्रमा नयाँ जोखिमहरू देखिएका छन् । यस्तो बेलामा परम्परागत सुरक्षाका उपायबाट नयाँ चुनौतीलाई सम्बोधन गर्न कठिन हुन्छ,’ उनले भने ।

द्वीपक्षीय सम्बन्धलाई सरकार–सरकारबीचको संवादमा मात्र सीमित नराखी थिंक ट्यांक, प्राज्ञिक क्षेत्र र नागरिक समाजबीचको सहकार्यमा विस्तार गर्न उनले आग्रह गरे ।

नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेले बहुपक्षीय प्रणाली दबाबमा परेको र जारी द्वन्द्व तथा विश्व घटनाक्रमले दुवै देशको हितमा असर पारिरहेको उल्लेख गरे । यस्ता साझा चुनौती सामना गर्न नेपाल र भारत मिलेर काम गर्नुपर्ने उनको जोड थियो ।

२०८२ भदौको जेनजी आन्दोलनको प्रसङ्ग निकाल्दै उनले भने, ‘देशको आर्थिक विकासमा केन्द्रित र विगतको राजनीतिक बोझबाट मुक्त नयाँ पुस्ताको गतिशील नेतृत्वको उदय नेपालका लागि आशाको पक्षमात्रै नभई द्विपक्षीय सम्बन्ध अघि बढाउने अवसर पनि हो,’ उनले भने ।

प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणले प्रत्यक्ष भेटवार्ताका साथै एकअर्कालाई बुझ्ने अवसर प्रदान गर्ने उनले बताए । यसले आपसी विश्वास निर्माण गर्ने उनले उल्लेख गरे । भूकम्प र भोटेकोशी विपत्तिपछि भारतले नेपाललाई उपलब्ध गराएको मानवीय सहायता तथा विपद् राहतको पनि उनले स्मरण गरे ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले खासगरी ऊर्जा सहकार्यका क्षेत्रमा रोकिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको भ्रमणमा प्रयास गर्नुपर्ने बताए ।

‘नेपालमा चिनियाँ लगानीका मात्रै होइन, चिनियाँ ठेकेदारले काम गरेका आयोजनाबाट समेत भारतले बिजुली किन्ने गरेको छैन । जबकि, भारतमै सौर्य ऊर्जामा चिनियाँहरूले लगानी गरिरहेका छन्,’ उनले भने, ‘भारत आफैंले चिनियाँ लगानीलाई स्वागत गरिरहेको अवस्थामा नेपालमा उत्पादित विद्युत् आयातमा सहजीकरण गराउन प्रधानमन्त्रीले प्रयास गर्नुपर्छ ।’

साथै हालसम्म नेपालको जलविद्युतमा भारतका सरकारी क्षेत्रको मात्रै लगानी भएको भन्दै निजी लगानी पनि आकर्षित गर्नुपर्ने उनले बताए । नेपालबाट अहिले डे–अहेड बजारमा मात्रै विद्युत् बिक्री गरिरहेको बताउँदै उनले अब दीर्घकालीन पीपीए गरेर विद्युत् निर्यातको बाटो खोल्नुपर्ने पनि बताए ।

भारतले दिने ऋण सहयोग (एलओसी)बाट बन्ने आयोजनामा भारतीय वस्तु प्रयोगको हिस्सा उच्च रहेकाले त्यो सहयोग उपयोग हुन गाह्रो रहेको पनि उनले बताए । त्यसलाई लचिलो बनाउन प्रयास गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सिसिफका कार्यकारी अध्यक्ष विजयकान्त कर्णले नेपाल–भारत सम्बन्ध बलियो जगमा आधारित रहेको बताए । ऊर्जा, व्यापार तथा लगानी, कनेक्टिभिटी, विपद् प्रतिकार्य र रेजिलियन्स निर्माणजस्ता क्षेत्रमा दुवै देशको स्वार्थ मिल्ने उनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4h ago
भारतीय पूर्वसीडीएस चौहानले भने– नेपालको सार्वभौमिकताप्रति संवेदनशीलतामा आधारित सम्बन्ध हुनुपर्छ

भारतीय पूर्वसीडीएस चौहानले भने– नेपालको सार्वभौमिकताप्रति संवेदनशीलतामा आधारित सम्बन्ध हुनुपर्छ

१ मंसिर, काठमाडौं । भारतका पूर्व चिफ अफ डिफेन्स स्टाफ तथा विवेकानन्द फाउन्डेसनका निर्देशक जनरल अनिल चौहानले नेपाल–भारत सम्बन्ध समानता, आपसी सम्मान र नेपालको स्वतन्त्र पहिचान तथा सार्वभौमिकताप्रति स...

#सम्बन्ध #भारत #चौहान
Compare →
Ekantipur
1d ago
आसियन देशसँगको सम्बन्ध भारतको प्राथमिकतामा : मोदी

आसियन देशसँगको सम्बन्ध भारतको प्राथमिकतामा : मोदी

पूर्व एसिया शिखर सम्मेलनमा इन्डो-प्यासिफिक क्षेत्रको शान्ति र स्थायित्वसहित क्षेत्रीय तथा वैश्विक चुनौतीहरूमाथि छलफल हुने

#सम्बन्ध #भारत
Compare →
Nagarik News
1d ago
प्रधानमन्त्रीको भारत भ्रमण सीमा विवाद, व्यापार घाटा, निर्यात प्रवर्द्धनमा केन्द्रित

प्रधानमन्त्रीको भारत भ्रमण सीमा विवाद, व्यापार घाटा, निर्यात प्रवर्द्धनमा केन्द्रित

प्रधानमन्त्री बालेन्द्र शाहको एक सातापछि हुने भारत भ्रमणलाई दुई देशबिचको सम्बन्धमा नयाँ आयाम थप्ने अवसरका रूपमा हेरिएको छ।

#सम्बन्ध #भारत
Compare →

Related Stories

World News
Build #2612