१ मंसिर, काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटनामा घाइते १४ मध्ये ७ जनालाई थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत् काठमाडौं लगिएको छ ।
सिन्धुलीका प्रहरी प्रमुख एसपी रवीन्द्रबहादुर सिंहले गंभीर घाइते ७ जनालाई उद्धार गरि थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको जानकारी दिए ।
मंगलबार दिउँसो जनकपुरबाट काठमाडौं आउँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेँरी खोलाको बगरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गाडीमा सवार १४ जनामध्ये सबै घाइते भएका छन् । बाँकी ७ जना घाइतेहरुको शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । घाइतेमध्ये ९ जनाको विवरण खुलिसकेको छ भने ५ जनाको विवरण खुल्न बाँकी रहेको छ ।
यी हुन् काठमाडौं पठाइएका घाइतेहरू – नामथर वतन नखुलेका एक पुरुष, अवस्था गम्भीर – धनुषा जनकनन्दिनी गाउँपालिका-९ बिर्ताका सीता यादव, अवस्था गम्भीर – सीता यादवकै छोरा १४ वर्षका पियुस गोहित, अवस्था गभ्भीर – ३ वर्षका ओम साह, अवस्था गम्भीर- – धनुषा शहीदनगर नगारपालिका- ७ का प्रिन्स साह, अवस्था गम्भीर – धनुषा शहीदनगर नगारपालिका- ७ का श्यामबहादुर मण्डल, अवस्था गम्भीर – धनुषा जनकनन्दिनी गाउँपालिका-२३ का दीपेन्द्र यादव, अवस्था मध्यम