Trending
Prev Story
Next Story

किन पुटिन, ट्रम्प र सी नयाँ ‘बिग थ्री’ हुन सक्दैनन् ?

Onlinekhabar •
November 17, 2026 • 11:30 AM
1
1 reads 0 reactions

एक कम्युनिस्टका नाताले सी जिनपिङ मार्क्सको यो चर्चित भनाइसँग परिचित हुनुपर्छ : ‘विश्व इतिहासका सबै ठूला घटना र व्यक्तित्वहरू दुईपटक दोहोरिन्छन्। पहिलोपटक त्रासदीका रूपमा र दोस्रोपटक प्रहसनका रूपमा।’ यसै साता सी जिनपिङ, डोनाल्ड ट्रम्प र भ्लादिमिर …

किन पुटिन, ट्रम्प र सी नयाँ ‘बिग थ्री’ हुन सक्दैनन् ?

एक कम्युनिस्टका नाताले सी जिनपिङ मार्क्सको यो चर्चित भनाइसँग परिचित हुनुपर्छ : ‘विश्व इतिहासका सबै ठूला घटना र व्यक्तित्वहरू दुईपटक दोहोरिन्छन्। पहिलोपटक त्रासदीका रूपमा र दोस्रोपटक प्रहसनका रूपमा।’

यसै साता सी जिनपिङ, डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच हुन लागेको बैठकलाई सन् १९४५ मा विन्स्टन चर्चिल, फ्र्याङ्कलिन डी रुजवेल्ट र जोसेफ स्टालिनबीच भएको याल्टा सम्मेलनको दोस्रो संस्करणका रूपमा प्रचार गरिएको छ। त्यसो भए के सी, ट्रम्प र पुटिन नै नयाँ ‘बिग थ्री’ अर्थात् तीन ठूला महाशक्ति हुन् त ? अनि उनीहरूको यो बैठक त्रासदीमा टुङ्गिने सम्भावना बढी छ कि प्रहसनमा ?

जहाँ ट्रम्प हुन्छन्, त्यहाँ प्रहसनको सम्भावना सधैँ रहन्छ। वास्तवमा मार्क्सले त्रासदी र प्रहसनबारे आफ्नो चर्चित टिप्पणी गरेको कृति ‘द एटिन्थ ब्रुमेयर अफ लुई बोनापार्ट’ मा उनले त्यस्ता परिस्थितिबारे पनि चर्चा गरेका छन्, जसले ‘एउटा सामान्य क्षमताको विद्रूप व्यक्तिलाई नायकको भूमिका खेल्ने अवसर दियो।’

त्यतिबेला मार्क्सको संकेत फ्रान्सका नेपोलियन तृतीयतर्फ थियो।

सेन्जेन सम्मेलनबाट निस्कन सक्ने सम्भावित त्रासदीपूर्ण परिणामको कल्पना गर्न पनि त्यति कठिन छैन। परिस्थिति प्रतिकूल बनेमा चीनले रुचाउने कूटनीतिक भाषामा भन्दा तीनै जना नेता एकअर्काका मूल स्वार्थलाई मान्यता दिन सहमत हुन सक्छन्।

उनीहरूले युक्रेन युद्धबारे रुसको दृष्टिकोण र ताइवानको भविष्यबारे चीनको अडानलाई समर्थन गर्न सक्छन्। त्यसको बदलामा ट्रम्पले इरानका विषयमा केही सहयोग वा अमेरिकी अर्थतन्त्रका लागि केही उपलब्धि हासिल गर्न सक्छन्।

यद्यपि, बैठकको छोटो अवधि र यसको संरचनालाई हेर्दा कुनै ठोस नयाँ सम्झौता हुने सम्भावना कम देखिन्छ। वास्तवमा, आआफ्नै कारणले तीनै जना नेता एउटा सामूहिक तस्बिर खिचाउने प्रतीकात्मक उपलब्धिमै सन्तुष्ट हुन सक्छन्।

रुसले विश्व महाशक्तिका रूपमा आफ्नो हैसियत गुमाउँदै गएको चिन्ताले पुटिनलाई लामो समयदेखि सताउँदै आएको छ। पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले एकपटक अन्तर्राष्ट्रिय जमघटमा रुसी नेता कक्षाकोठाको पछिल्लो बेन्चमा बसेको र दिक्क मानेको विद्यार्थीझैँ देखिने टिप्पणी गरेका थिए। त्यसैले विश्वका दुई ठूला महाशक्ति अमेरिका र चीनका नेताको छेउमा उभिएको आफ्नो तस्बिर पुटिनका लागि ठूलो प्रतीकात्मक जित हुनेछ।

शक्तिको प्रतीकात्मकता सीका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। उनले चिनियाँ जनताको ‘महान् पुनर्जागरण’ लाई आफ्नो प्रमुख राजनीतिक अभियान बनाएका छन्। आगामी वर्ष कम्युनिस्ट पार्टीको नेताका रूपमा चौथो कार्यकाल सुरक्षित गर्ने उनको स्पष्ट मनसाय देखिन्छ।

सीको आन्तरिक राजनीतिक वैधता र अन्तर्राष्ट्रिय छवि एकअर्कासँग गहिरो रूपमा जोडिएका छन्। अमेरिका र रुसका भ्रमणकारी राष्ट्रपतिहरूको उपस्थितिमा घटनाक्रमको केन्द्रमा रहेका उदार आयोजकका रूपमा आफूलाई प्रस्तुत गर्ने सम्मेलनको तस्बिरले उनको घरेलु र अन्तर्राष्ट्रिय छवि दुवै बलियो बनाउन सक्छ।

अमेरिकी मध्यावधि निर्वाचनमा बेहोरेको अपमानजनक परिणामपछि ट्रम्पले पनि विश्व मञ्चमा आफ्नो शक्ति र हैसियत पुनः स्थापित गर्ने अवसरको उपयोग गर्न सक्छन्। चिनियाँ सरकार भ्रमणमा आउने विश्व नेताहरूको अहम् सुम्सुम्याउन माहिर छ।

निश्चय नै, तस्बिर खिचाउने अवसर कुनै ठोस उपलब्धिमा परिणत हुने सम्भावना पनि रहन्छ, विशेषगरी बैठक निर्धारित समयभन्दा लामो चलेमा। पुटिनले युक्रेनको विषयलाई छलफलको कार्यसूचीमा राख्ने प्रयास गर्न सक्छन्। पुटिनसँगको कुराकानीपछि युक्रेनबारे रुसी दृष्टिकोणतर्फ ढल्किने ट्रम्पको पुरानै प्रवृत्ति छ।

त्यसैगरी, सीसँगका अघिल्ला बैठकपछि ट्रम्पले ताइवानबारे चिनियाँ तर्कसमेत दोहोर्‍याएका छन्। उदाहरणका लागि, गत मे महिनामा उनले ताइवानीहरूलाई स्वतन्त्रताका लागि अस्थिरता निम्त्याउने कदम नचाल्न चेतावनी दिएका थिए।

तर ट्रम्पका अभिव्यक्ति यति अनिश्चित र सजिलै फेरिन सक्ने खालका हुन्छन् कि तिनले अघिल्ला अमेरिकी राष्ट्रपतिका घोषणाले जस्तो राजनीतिक वजन बोक्दैनन्। उनले सेन्जेनमा अप्रत्याशित सहुलियत दिए पनि बैठकपछि उनका सहयोगी र साझेदारहरूले ती सहमतिलाई कमजोर बनाउने सम्भावना रहन्छ।

ट्रम्पले आणविक निःशस्त्रीकरणबारे छलफल गर्न चाहेको बताएका छन्। यो महत्त्वपूर्ण विषय हो। मुख्य आणविक हतियार नियन्त्रण सन्धिहरूको म्याद सकिइसकेको छ। आणविक हतियार रुसका लागि पनि चासोको विषय हो। विश्वकै सबैभन्दा ठूलो मानिने उसको आणविक भण्डार महाशक्तिको हैसियत दाबी गर्ने बाँकी आधारमध्ये एक हो।

तर, आफ्नो तुलनात्मक रूपमा सानो आणविक भण्डार तीव्र गतिमा विस्तार गरिरहेको चीनले अहिले आणविक हतियार सीमित गर्ने वार्तामा सहभागी हुन आफू इच्छुक नरहेको स्पष्ट पारिसकेको छ। त्यसैले यस विषयमा कुनै ठूलो उपलब्धि हासिल हुने सम्भावना न्यून छ।

अझ व्यापक रूपमा हेर्दा चिनियाँ कूटनीतिको शैली खुला छलफल र अप्रत्याशित नतिजाभन्दा पूर्वनिर्धारित प्रक्रियामा आधारित हुन्छ। पहिल्यै तयार पारिएको कार्यसूची र योजनाबाट विचलित नहुने सीको प्राथमिकता पनि सेन्जेनको त्रिपक्षीय बैठकले विश्वलाई चकित पार्ने नतिजा ननिकाल्ने अर्को कारण हो।

तर, सन् १९४५ को ‘बिग थ्री’ सम्मेलनसँग अहिलेको बैठकको तुलना भ्रामक हुनुको सबैभन्दा महत्त्वपूर्ण कारण सहभागी नेताहरूभन्दा बाहिर छ। हामी अहिले बिल्कुलै फरक समय र परिस्थितिमा बाँचिरहेका छौँ।

याल्टा सम्मेलनमा चर्चिल, रुजवेल्ट र स्टालिन विश्व व्यवस्थालाई पुनर्गठन गरिरहेको दोस्रो विश्वयुद्धकै बीचमा भेटेका थिए। बेलायती र अमेरिकी सेना जर्मनीभित्र प्रवेश गरेर लडिरहेका थिए। रुसी सेना बर्लिन पुग्न तीन महिनाभन्दा कम समय बाँकी थियो। त्यस्तै, अमेरिकाले पहिलो परमाणु बम खसाल्न छ महिनाभन्दा कम समय बाँकी थियो।

यसको विपरीत, अहिलेका ‘बिग थ्री’ विश्वमाथि आफ्नो प्रभुत्व थोपर्न निकै कम सक्षम देखिन्छन्। अफगानिस्तानमा तालिबानलाई पराजित गर्न असफल भएको अमेरिका इरानलाई पनि पराजित गर्न सकेको छैन।

चार वर्षभन्दा लामो क्रूर युद्धपछि, जुन अवधि स्टालिनलाई बर्लिन पुग्न लागेको समयभन्दा पनि बढी हो, पुटिनका सेना अझै पूर्वी युक्रेनमै अल्झिएका छन्। उता, सीले पनि चीनबाट करिब १०० माइल टाढा रहेको र २ करोड ३० लाख जनसङ्ख्या भएको ताइवानलाई कसरी आफ्नो नियन्त्रणमा ल्याउने भन्ने उपाय निकाल्न सकेका छैनन्।

सौभाग्यवश, हामी अहिले त्यस्तो समयमा बाँचिरहेका छैनौँ, जहाँ कुनै ‘बिग थ्री’ ले बाँकी विश्वमाथि आफ्ना सर्तहरू थोपर्न सकून्।

( फाइनान्सियल टाइम्समा प्रकाशित लेखको अनुवाद )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
10h ago
ट्रम्प-सी-पुटिन भेट ऐतिहासिक रुपमा महत्त्वपूर्ण : चीन

ट्रम्प-सी-पुटिन भेट ऐतिहासिक रुपमा महत्त्वपूर्ण : चीन

सोमबार मनिलामा बोल्दै संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटरेसले यी तीन देशको शिखर बैठकबाट उत्पन्न हुन सक्ने जुनसुकै निःशस्त्रीकरण प्रयासलाई समर्थन गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको बताएका छन्

#ट्रम्प #पुटिन
Compare →
Hamro Patro News
1d ago
चीनले भन्यो : नोभेम्बर १९ मा सी, ट्रम्प र पुटिनबिच पहिलोपटक भेटवार्ता हुँदै छ

चीनले भन्यो : नोभेम्बर १९ मा सी, ट्रम्प र पुटिनबिच पहिलोपटक भेटवार्ता हुँदै छ

चीनले आफ्ना राष्ट्रपति सी चिनफिङ, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच यही नोभेम्बर १९ मा सेन्जेनमा पहिलो त्रिपक्षीय शिखर बैठक हुने पुष्टि गरेको छ। तीन प्रमुख ...

#ट्रम्प #पुटिन
Compare →
Nagarik News
1d ago
ट्रम्प-सी-पुटिन भेटको तयारी, विश्व शक्ति सन्तुलनमा नयाँ बहस

ट्रम्प-सी-पुटिन भेटको तयारी, विश्व शक्ति सन्तुलनमा नयाँ बहस

अमेरिका, चीन र रूसका राष्ट्र प्रमुख अर्को साता चीनको प्रविधि केन्द्र सेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा संयुक्त बैठकमा बस्ने भएका छन्।

#ट्रम्प #पुटिन
Compare →
Bizshala
2d ago
ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक भेटवार्ता हुँदै, आणविक हतियारबारे छलफल हुने

ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक भेटवार्ता हुँदै, आणविक हतियारबारे छलफल हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी...

#ट्रम्प #पुटिन
Compare →
Arthasansar
4d ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प
Compare →

Related Stories

Business & Economy
Build #2612