Trending
Prev Story
Next Story

बरुण हाइड्रोपावरको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

Arthasansar •
October 13, 2026 • 09:26 AM
1
1 reads 0 reactions

बरुण हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कपनीको असोज २६ गते बसेको सञ्चाल समितिको बैठकले गत आर्थिक वर्ष २०८२।८३...

बरुण हाइड्रोपावरको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

बरुण हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कपनीको असोज २६ गते बसेको सञ्चाल समितिको बैठकले गत आर्थिक वर्ष २०८२।८३ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनी सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब १२ करोड २५ लाख ३२ हजार ४२५ रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा ४.७५ प्रतिशतले हुन आउने ५ करोड ३३ लाख २० हजार २९०.१८ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने २८ लाख ६ हजार ३३१.०६ रुपैयाँ बराबरको नगद लाभांश छन् ।

यसैगरी सञ्चालक समितिको बैठकले लाभांश पारित गर्न आउँदो कात्तिक २० गते २३ औँ वार्षिक साधारणसभासमेत आयोजना गर्ने निर्णय गरेको छ । सभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।

सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्। बोनस शेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सभाले नियमनकारी निकायबाट प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा कुनै सुझाव प्राप्त भएमा सोहीअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजी १ अर्ब १७ करोड ५८ लाख ५२ हजार ७१५.१८ रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थि वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ। सभाले सञ्चालकहरुको नियुक्ति पनि अनुमोदन गर्नेछ । लाभांश र सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ कात्तिक ११ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
17h ago
सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा

सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ४.४...

#लाभांश #घोषणा #हाइड्रोपावर
Compare →
Ekantipur
13h ago
लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

यो कम्पनी शुक्रबार सबैभन्दा धेरैले कारोबार हुने प्रमुख १० मध्ये नवौं स्थानमा छ ।

#लाभांश #घोषणा
Compare →
Onlinekhabar
17h ago
नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२७ कात्तिक, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा बोनस सेयर ३.४० …

#लाभांश #घोषणा
Compare →
Bizshala
17h ago
सुपरमाई हाइड्रोपावरको १८.४२१ प्रतिशत लाभांश प्रस्ताव

सुपरमाई हाइड्रोपावरको १८.४२१ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई कुल १८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।...

#लाभांश #हाइड्रोपावर
Compare →
Nagarik News
3d ago
भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृ’त घोषणा गरिँदै

भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृ’त घोषणा गरिँदै

गत भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीमा परेर बेपत्ता भएकामध्ये पहिलो चरणमा दुई हजार ४६५ जनालाई सरकारले औपचारिक रूपमा मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।

#घोषणा
Compare →

Related Stories

Business & Economy
Build #2612