Trending
Prev Story
Next Story

मांसपेशीको दुखाइ र कडापनबाट तत्कालका लागि कसरी छुटकारा पाउने ?

Onlinekhabar •
November 17, 2026 • 05:31 AM
3
3 reads 0 reactions 4 comments

मांसपेशी कडा हुने समस्याबाट धेरै मानिस पीडित छन् । विशेषगरी बिहान उठ्दा घुँडा, कम्मर र घाँटीमा कडापन तथा दुखाइ महसुस हुने गर्छ । यस्तो अवस्थामा काम गर्न सहज हुँदैन । आरामसँग बस्न वा सुत्न नै …

मांसपेशीको दुखाइ र कडापनबाट तत्कालका लागि कसरी छुटकारा पाउने ?

मांसपेशी कडा हुने समस्याबाट धेरै मानिस पीडित छन् । विशेषगरी बिहान उठ्दा घुँडा, कम्मर र घाँटीमा कडापन तथा दुखाइ महसुस हुने गर्छ । यस्तो अवस्थामा काम गर्न सहज हुँदैन । आरामसँग बस्न वा सुत्न नै गाह्रो हुन्छ । त्यसैले शरीरको कडापन र दुखाइबाट छुटकारा पाउनु आवश्यक हुन्छ ।

मांसपेशी कडा हुनुका विभिन्न कारण हुन सक्छन् । गलत आसनमा सुत्दा, चिसो लाग्दा, अत्यधिक व्यायाम गर्दा, दिनभर एउटै आसनमा बसेर काम गर्दा, लामो समय डेस्कमा बसेर काम गर्दा तथा मांसपेशीमा सुन्निने समस्या वा कसिलोपन हुँदा कडापन र दुखाइ महसुस हुन सक्छ ।

मांसपेशीमा कडापन हुनुका अन्य कारणहरू:

१.शरीरमा पानीको कमी हुनु वा इलेक्ट्रोलाइटको सन्तुलन बिग्रनु।

२.अत्यधिक कडा व्यायाम गरेपछि मांसपेशी दुख्नु र सुन्निनु।

५.शारीरिक रूपमा सक्रिय नहुनु अर्थात् पर्याप्त शारीरिक गतिविधि नगर्नु ।

१.पानि र इलोक्ट्रोलाइट्सको कमी हुनु २.भाइरल ज्वरो ३.बाथ ४.थाइराइडको समस्या ५.भिटामिन बी१२ र भिटामिन डीको कमी ६.तनाव, डिप्रेसन ७.कोलेस्टेरोलको औषधि ८.व्यायामको कमी

यस्तो समस्या हुँदा तत्कालका लागि राहत पाउन केही घरेलु उपाय अपनाउन सकिन्छ । यी उपायले शरीरको कडापन कम गरी दुखाइ घटाउन मद्दत गर्छ ।

बिहान ओछ्यानबाट उठ्नुअघि ५ देखि १० मिनेटसम्म तातोपानीले शरीरका दुखेका तथा कडा भएका भागमा सेक्न सकिन्छ । यसले मांसपेशीको कडापन र दुखाइ कम गर्न राहत दिन्छ।

बिहान ओछ्यानबाट उठेपछि पाँच मिनेट हल्का व्यायाम वा शरीर तन्काउने अभ्यास गर्न सकिन्छ । यसपछि आफ्नो दैनिक काम सुरु गर्दा शरीरलाई सहज महसुस हुन सक्छ ।

दिउँसो र बेलुकाको खानासँग तातो सुप पिउन सकिन्छ । यसका लागि मुगको दाल र विभिन्न तरकारी मिसाएर सुप बनाउन सकिन्छ । त्यसमा थोरै तिलसमेत मिसाउन सकिन्छ । यसले मांसपेशी र हड्डीलाई बलियो बनाउन सहयोग पुर्‍याउँछ । यसबाहेक राजमा वा मुसुरोको दालको सुप पनि पिउन सकिन्छ ।

यदि मांसपेशीको कडापन र दुखाइ धेरै दिनसम्म पनि कायम रहन्छ भने चिकित्सकसँग परामर्श लिनुपर्छ । यसो गर्दा समस्याको वास्तविक कारण पत्ता लगाउन र समयमै उचित उपचार गर्न सकिन्छ।

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612