Trending
Prev Story
Next Story

एनएफएल सञ्चालनका लागि राखेपको ‘सैद्धान्तिक सहमति’

Onlinekhabar •
November 16, 2026 • 04:00 PM
4
4 reads 0 reactions 4 comments

३० कात्तिक, काठमाडौं । आगामी फागुन १ गतेदेखि आयोजना गर्ने भनिएको नेपाल फुटबल लिग (एनएफएल) सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृतिको 'सैद्धान्तिक सहमति' दिएको छ । एनएफएलका अध्यक्ष कल्याण गुरुङले सोमबार प्रेस विज्ञप्ती जारी …

एनएफएल सञ्चालनका लागि राखेपको ‘सैद्धान्तिक सहमति’

३० कात्तिक, काठमाडौं । आगामी फागुन १ गतेदेखि आयोजना गर्ने भनिएको नेपाल फुटबल लिग (एनएफएल) सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृतिको ‘सैद्धान्तिक सहमति’ दिएको छ ।

एनएफएलका अध्यक्ष कल्याण गुरुङले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिता सञ्चालन गर्न राखेपले स्वीकृतिको सैद्धान्तिक सहमति दिएको जनाएको हो ।

नेपाली फुटबललाई व्यावसायिक दिशातर्फ अघि बढाउने लक्ष्यसहित एनएफएलको पहिलो संस्करण फागुन १ गतेदेखि आयोजना गर्ने घोषणा भइसकेको छ ।

एनएफएलको पहिलो संस्करणमा पुराना ७ र नयाँ ३ क्लब गरी १० क्लबले प्रतियोगिता गर्ने एनएफएका अध्यक्ष गुरुङले विज्ञप्ती मार्फत जानकारी दिए ।

घरेलु फुटबलका सात पुराना क्लब काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी एफसी र झापा एफसी सहभागि हुने पक्का छ । यसबाहेक एनएफएलले तीन नयाँ क्लब थप्ने प्रक्रिया अघि बढाएको छ ।

लिगले विराटनगर, धरान, जनकपुर, वीरगञ्ज, हेटौंडा, भक्तपुर, नेपालगञ्ज र सुर्खेतलगायत सहरलाई आफ्नो प्रतिनिधित्व गर्ने फुटबल क्लब स्थापनाका लागि बोलपत्र पेस गर्न आह्वान गरेको थियो ।

नयाँ क्लबका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति १६ नोभेम्बर २०२६ अर्थात् ३० कात्तिक २०८३ तोकिएको थियो । तर, चाडपर्वको बिदालाई मध्यनजर गर्दै इच्छुक पक्षलाई आवश्यक तयारीका लागि थप समय उपलब्ध गराउन बोलपत्र पेस गर्ने अन्तिम मिति मंसिर ४ (नोभेम्बर २०, २०२६) सम्म पुर्‍याइएको थियो । ‘यो समयसीमा शुक्रबार सकिँदै छ । अहिले हामी यसैको तयारीमा छौं,’ एनएफएलका अध्यक्ष कल्याण गुरुङले भने ।

नयाँ क्लबका लागि आवेदन दिन इच्छुक पक्षले आफ्नो व्यावसायिक तथा वित्तीय इतिहास, आगामी १० वर्षको क्लब सञ्चालन योजना र सामाजिक विश्वसनीयतासम्बन्धी विवरण पेस गर्नुपर्नेछ । लिग रंगशालाको उपलब्धताका आधारमा प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने योजना छ । तयारी अवधिसहित एनएफएल करिब चार महिना सञ्चालन हुने आयोजकले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
5h ago
एनएफएल सञ्चालनका लागि राखेपको सैद्धान्तिक सहमति

एनएफएल सञ्चालनका लागि राखेपको सैद्धान्तिक सहमति

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल फुटबल लिग (एनएफएल) सञ्चालनका लागि स्वीकृतिको सैद्धान्तिक सहमति दिएको छ। नेपाली फुटबललाई व्यावसायिक दिशातर्फ अघि बढाउने लक्ष्यसहित एनएफएलको पहिलो संस्करण आगा...

#एनएफएल #राखेप #सैद्धान्तिक
Compare →
Ekantipur
6h ago
एनएफएल : नेपाल फुटबल लिग आयोजनालाई राखेपको सहमति

एनएफएल : नेपाल फुटबल लिग आयोजनालाई राखेपको सहमति

एनएफएल पहिलो संस्करणमा घरेलु फुटबलका सात पुराना क्लबले यसअघि नै खेल्ने पक्का भइसकेको आयाेजक एनएफएलले जनाएको छ ।

#एनएफएल #राखेप
Compare →

Related Stories

Sports
Build #2612