Trending
Prev Story
Next Story

मिसबाहसँग पाकिस्तानी राजदूतको भेट

Ekantipur •
November 16, 2026 • 03:02 PM
3
3 reads 0 reactions

काठमाडौंमा जारी एनपीएलमा मिसबाह उल हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षकको भूमिकामा छन् ।

मिसबाहसँग पाकिस्तानी राजदूतको भेट

काठमाडौंमा जारी एनपीएलमा मिसबाह उल हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षकको भूमिकामा छन् ।

काठमाडौं — पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकले नेपालका लागि पाकिस्तानका राजदूत आमिर खानसँग भेटवार्ता गरेका छन् । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा मिसबाह सुदूरपश्चिम रोयल्सको प्रशिक्षकको भूमिकामा छन् ।

उनका लागि काठमाडौंस्थित पाकिस्तानी दूतावासले रात्रिभोजको आयोजना गरेको थियो । उक्त अवसरमा सुदूरपश्चिम रोयल्सका निर्देशक जगत टमाटासहित दूतावासका प्रतिनिधिहरूको उपस्थिति थियो ।

मिसबाहको प्रशिक्षणमा रहेको सुदूरपश्चिमले मंगलबार लुम्बिनी लायन्ससँग एनपीएलको क्वालिफायर-१ मा प्रतिस्पर्धा गर्दैछ । यसमा जित्ने टोली फाइनल पुग्नेछ । मिसबाहको कप्तानीमा पाकिस्तानले सन् २०१२ को एसिया कप जितेको थियो भने सन् २०१६ मा आईसीसीको नम्बर १ टेस्ट टोली बनेको थियो ।

क्रिकेट सबैको चासो भएको र यसले मानिसहरूलाई नजिक बनाउने गरेको तथा नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई बलियो बनाएको पाकिस्तानी दूतावासले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
53m ago
जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्ध

जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्ध

काठमाडौं – स्कटल्याण्डका अनुभवी ब्याटर जर्ज मन्से नेपाल प्रिमियर लिग ९एनपिएल० को तेस्रो संस्करणका बाँकी खेलका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । सुदूरपश्चिमले उनलाई एनपिएलको प्लेअफ खेलका...

#एनपीएल #सुदूरपश्चिम
Compare →
Onlinekhabar
1h ago
लुम्बिनीले गर्ला सुदूरपश्चिम विरुद्ध जितको ह्याट्रिक ?

लुम्बिनीले गर्ला सुदूरपश्चिम विरुद्ध जितको ह्याट्रिक ?

३० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफका खेलहरू मंगलबारदेखि सुरु हुँदैछन् । प्लेअफ अन्तर्गत पहिलो क्वालिफायरमा मंगलबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। लिग चरणमा शीर्ष दुई स्थानमा रहेका यी टोलीबीचको …

#एनपीएल #सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2612