Trending
Prev Story
Next Story

सार्वभौम ‘क्रेडिट रेटिङ’ मा नेपालको स्थान यथावत्, लगातार तेस्रो वर्ष ‘बीबी माइनस’

Onlinekhabar •
November 16, 2026 • 01:00 PM
4
4 reads 0 reactions

३० कात्तिक, काठमाडौं । नेपाल सार्वभौम ‘क्रेडिट रेटिङ’ मूल्यांकनमा पुन: सोही स्थानमा रहन बाध्य भएको छ । फिट्चको सार्वभौम रेटिङ मोडेल (एआरएम) मा नेपाल पुन: ‘बीबी माइनस’ मा रहेको छ । अर्थ मन्त्रालयका अनुसार यस वर्ष …

सार्वभौम ‘क्रेडिट रेटिङ’ मा नेपालको स्थान यथावत्, लगातार तेस्रो वर्ष ‘बीबी माइनस’

३० कात्तिक, काठमाडौं । नेपाल सार्वभौम ‘क्रेडिट रेटिङ’ मूल्यांकनमा पुन: सोही स्थानमा रहन बाध्य भएको छ ।

फिट्चको सार्वभौम रेटिङ मोडेल (एआरएम) मा नेपाल पुन: ‘बीबी माइनस’ मा रहेको छ । अर्थ मन्त्रालयका अनुसार यस वर्ष नेपालको अंक ०.१९ ले बढेर ३.६६ पुगेको छ । गत वर्ष ३.४७ थियो । गत वर्षको अंकमा गुणात्मक मूल्यांकनबाट एक तह थपेर बीबी माइनस दिइएको थियो ।

यस वर्ष नेपालले आफ्नै अंकका आधारमा कुनै ग्रेस अंकविना बीबी माइनस प्राप्त गरेको हो । फिट्च रेटिङले नेपालको सार्वभौम क्रेडिट रेटिङलाई स्थिर दृष्टिकोण सहित लगातार तेस्रो वर्ष बीबी माइनस कायम गरेको हो ।

हालैको रसुवा, बुढीगण्डकी लगायत विनाशकारी बाढीले सिर्जना गरेको प्रतिकूल अवस्थामा प्राप्त मूल्यांकनमा सरकारले सुरु गरेका सुशासनका कदम, समग्र आर्थिक सुधारका कार्यक्रम लगायतले उक्त अंक हासिल गर्न सफल भएको मन्त्रालयको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1d ago
तेस्रो वर्ष पनि नेपालले पायो ‘बीबी माइनस’ रेटिङ

तेस्रो वर्ष पनि नेपालले पायो ‘बीबी माइनस’ रेटिङ

नेपालले ७ मंसिर २०८१ मा पहिलो पटक र २ मंसिर २०८२ मा दोस्रो पटक (बीबी माइनस’ रेटिङ प्राप्त गरेको थियो ।

#रेटिङ #बीबी #माइनस
Compare →
Arthasansar
2d ago
फिचले नेपालको सार्वभौम रेटिङ ‘BB-’ मा यथावत् राख्यो, आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्ने प्रक्षेपण

फिचले नेपालको सार्वभौम रेटिङ ‘BB-’ मा यथावत् राख्यो, आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्ने प्रक्षेपण

अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिच रेटिङ्सले नेपालको दीर्घकालीन सार्वभौम क्रेडिट रेटिङ ‘BB-’ मै कायम राखेको छ। एजेन्सीले नेपालको रेटिङलाई स्थिर (Stable)...

#रेटिङ #सार्वभौम #यथावत्
Compare →

Related Stories

World News
Build #2612