Trending
Prev Story
Next Story

२८ खेलका १० मुख्य झलक : सन्दीपको ६ विकेटदेखि पोखराको कीर्तिमानी योगफलसम्म

Onlinekhabar •
November 16, 2026 • 10:01 AM
3
3 reads 0 reactions 4 comments

३० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको लिग चरणका २८ खेल सकिएपछि प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लागिसकेको छ र आगामी खेलको समीकरण पनि तय भएको छ । ८ टोलीे सहभागी लिगमा …

1 / 11
Swipe Photos

३० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको लिग चरणका २८ खेल सकिएपछि प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लागिसकेको छ र आगामी खेलको समीकरण पनि तय भएको छ ।

८ टोलीे सहभागी लिगमा चार टोलीले प्लेअफमा स्थान बनाउँदा चार टोलीको यात्रा लिग चरणमै टुंगिएको छ ।

साविक विजेता लुम्बिनी लायन्सको उपाधि रक्षा अभियानदेखि सुदूरपश्चिम रोयल्सको निरन्तरता, अन्तर्राष्ट्रिय स्टार खेलाडीको आगमन, नेपाली खेलाडीका व्यक्तिगत कीर्तिमान र डीआरएस प्रविधिको प्रयोगसम्मका विषय चर्चामा रहे ।

डेभिड वार्नरदेखि आन्द्रे रसेलसम्मका अन्तर्राष्ट्रिय स्टारको उपस्थितिले प्रतियोगितालाई थप आकर्षक बनायो । अर्कोतर्फ युवराज सम्रा, राहुल यादव, कुशल भुर्तेल र सन्दीप लामिछानेजस्ता खेलाडीले आफ्नो प्रदर्शनबाट दर्शकको ध्यान ताने ।

२८ खेलको समूह चरणमा देखिएका १० प्रमुख हाइलाइट्स यस्ता छन्।

साविक विजेता लुम्बिनीको उपाक्षि रक्षा लक्ष्य

एनपीएलको दोस्रो संस्करणको च्याम्पियन लुम्बिनी लायन्सले तेस्रो संस्करणमा पनि आफ्नो लय कायम राख्दै लिग चरण शीर्ष स्थानमा रहेर सकायो ।

७ मध्ये ५ खेल जितेको लुम्बिनीले चितवनसँगको खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो । लिग चरणमा काठमान्डु गोर्खाजसँग मात्र लुम्बिनी पराजित हुँदा ७ खेलबाट ११ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।

साविक विजेताकै शैलीमा लुम्बिनीले लिग चरणमा आफ्नो लय कायम राख्दै एकरुपको प्रदर्शन गर्‍यो ।

सुरुवाती खेलदेखि नै सन्तुलित प्रदर्शन गरेको लुम्बिनीले समूह चरणमा पाँच जित निकाल्दै शीर्ष स्थानमा रहेर प्लेअफ यात्रा तय गर्‍यो । शीर्ष स्थानमा रहेपछि लुम्बिनीले पहिलो क्वालिफायर खेल्ने भएको छ ।

लुम्बिनीका लागि यस पटक सबैभन्दा ठूलो विशेषता भनेको सामूहिक प्रदर्शन रह्यो । लुम्बिनी व्यक्तिगत प्रदर्शनमा निर्भर हुने भन्दा पनि हरेक खेलअनुसार फरक खेलाडीले जिम्मेवारी लिएको देखियो । हरेक खेलमा फरक म्याच विनर बने ।

साविक विजेता हुनुको दबाबबीच समूह चरणको शीर्ष स्थानमा रहनुले लुम्बिनीलाई उपाधि रक्षाको अभियानमा बलियो अवस्थामा पुर्‍याएको छ । अब लिग चरणको लयलाई नकआउट चरणमा पनि निरन्तरता दिँदै उपाधि रक्षा गर्नु लुम्बिनीको अन्तिम लक्ष्य रहनेछ ।

एनपीएलका सुदूरपश्चिम रोयल्स सबैभन्दा ठूलो फ्यान बेस भएको र चर्चित टोली हो । तीनवटै संस्करणमा प्लेअफ पुग्ने एक्लो टोली पनि सुदूरपश्चिम रोयल्स बनेको छ ।

पहिलो र दोस्रो संस्करणमा लिग चरणमा शीर्ष स्थानमा रहेर प्लेअफ पुगेको सुदूरपश्चिमले तेस्रो संस्करणमा समेत त्यो लयलाई निरन्तरता दियो र दोस्रो स्थानमा रहेर प्लेअफ पुग्यो ।

सुदूरपश्चिमले सात खेलमा पाँच जित निकाल्दै १० अंक जोड्यो । उद्घाटन खेलमै साविक विजेता लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले त्यसपछि ५ ओभरको खेलमा विराटनगर किंग्ससँग हार बेहोरेको थियो ।

अन्तिम दुई खेलमा लो स्कोर डिफेन्ड गर्दै सुदूरपश्चिमले आफू बलियो टोली भएको संकेत गरिसकेको छ । दुई संस्करणमा फाइनलमा पुगेर पनि उपविजेतामै रोकिएको सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा छ ।

टोलीको निरन्तरता, खेलाडीबीचको समन्वय र दबाबपूर्ण अवस्थामा खेल जित्ने क्षमताले सुदूरपश्चिमलाई फेरि उपाधि दाबेदारका रूपमा उभ्याएको छ ।

वार्नरको आगमनले काठमान्डुमा नयाँ उत्साह

अष्ट्रेलियाका महान् ब्याटर डेभिड वार्नरको आगमनले काठमान्डु गोर्खाजको चर्चा थप बढायो ।

तीन पटक विश्वकप जितिसकेका अस्ट्रेलियाका पूर्व कप्तान वार्नरले काठमान्डुबाट एनपीएलमा डेब्यू गरे । उनको सहभागिताले एनपीएलको चर्चा बढ्नुका साथै काठमान्डुका लागि पनि नयाँ उत्साह थप्यो ।

वार्नरको उपस्थितिले काठमान्डुको ब्याटिङ लाइनअप समेत बलियो बनेको थियो र अन्तर्राष्ट्रिय अनुभव पनि थप्यो । उनको खेल हेर्न दर्शकमा पनि उत्साह देखियो । विश्व क्रिकेटमा लामो समय प्रभाव जमाएका खेलाडीलाई नेपाली घरेलु फ्रेन्चाइज प्रतियोगितामा देख्न पाउनु एनपीएलको अन्तर्राष्ट्रिय आकर्षण विस्तार भएको संकेत पनि हो ।

पहिलो खेलमा जनकपुरसँग पराजित भएको काठमान्डुले त्यसपछि वार्नरको आगमनमा लगातार चार खेल जित्यो । वार्नरकै प्रभावमा काठमान्डुले लगातार खेल जित्न सफल भएको टिम निर्देशक शरद भेषावकरले समेत बताएका थिए ।

यस्तै खेलाडीहरूले पनि वार्नरसँग ड्रेसिङ रुम सेयर गर्न पाउनु ठूलो अवसर भएको बताए । लिग चरणमा चार खेल खेलेपछि वार्नर अष्ट्रेलिया फर्किसकेका छन् । तर उनको चर्चा भने अझै कम भएको छ । वार्नरको आगमनले टोलीको चर्चा र अन्तर्राष्ट्रिय पहिचानलाई थप बलियो बनाएको छ ।

एनपीएलमा केही टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो लय कायम राख्दा पोखरा एभेन्जर्स भने अझै पनि प्लेअफ पुग्न सकेको छैन ।

अहिलेसम्म तीन संस्करण भइसक्दा एकपटक पनि प्लेअफ नपुग्ने एक्लो टोलीको रुपमा पोखरा एभेन्जर्स रहेको छ ।

एनपीएलकै सबैभन्दा महाँगो टोली र चर्चित खेलाडीहरू अनुबन्ध गरेर चर्चा कमाउन सफल भएपनि पोखरा शीर्ष चारमा पर्न सकेन ।

पहिलो संस्करणमा सातौं र दोस्रो संस्करणमा पाँचौ भएको पोखराले तेस्रो संस्करण सातौं स्थानमा रहेर सकायो ।

यस संस्करणमा पोखराले कर्णाली याक्स र काठमान्डु गोर्खाजलाई मात्र पराजित गर्न सक्दा ५ खेलमा पराजित भयो । लगातार चार खेलमा पराजित भएपछि पोखराले पाँचौं खेलमा पुगेर कर्णालीलाई हराउँदै पहिलो जित हात पारेको थियो ।

कुशल भुर्तेल मार्की तथा कप्तान रहेको पोखराले यस पटक बंगलादेशका चर्चित अलराउण्डर शाकिब अल हसनलाई अनुबन्ध गरेपनि स्वभाविक प्रदर्शन गर्न सकेनन् ।

बरु तीन खेलपछि पोखराले कप्तान नै परिवरत्न गर्दै श्रीलंकन चमिका करुणारत्नेलाई नयाँ कप्तान नाएको थियो ।

पछिल्ला खेलहरूमा कुशल भुर्तेल र युवराज सम्राको व्यक्तिगत प्रदर्शन चर्चामा रहे । पोखराले कर्णाली र काठमान्डु विरुद्ध २०० रन कटाउँदै चर्चा बटुल्यो । काठमान्डु विरुद्ध एनपीएलकै सबैभन्दा ठूलो स्कोर २२४ रन पनि बनायो ।

युवराज सम्राले कर्णाली विरुद्ध शतक प्रहार गरे । तर समग्रमा भने पोखराले सोचेजस्तो नतिजा ल्याउन नसक्दा फेरि लिग चरणमै यात्रा सकियो ।

पोखराले काठमान्डु विरुद्ध एनपीएलकै उच्च स्कोर बनाउँदा कुशल भुर्तेलर युवराज सम्राले शानदार ब्याटिङ गरे । तर कुशल भुर्तेल एनपीएलमा शतक बनाउने पहिलो नेपाली खेलाडी बन्नबाट एक रनले मात्र चुके ।

एनपीएलको तेस्रो संस्करणमा दर्शकले हेर्न पाएको रोमाञ्चक व्यक्तिगत इनिङ्समध्ये कुशल भुर्तेलको ९९ रन विशेष रह्यो ।

गोर्खाजविरुद्ध भुर्तेलले आक्रमक ब्याटिङ गरेका थिए। उनले ५१ बलमा ८ चौका र ८ छक्का प्रहार गरी ९९ रन बनाए । शतकका लागि १ रन आवश्यक हुँदा उनी काठमान्डुका कप्तान करण केसीको बलमा स्मित पटेलबाट क्याचआउट भए ।

एनपीएलमा नेपाली खेलाडीबाट सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान बनाएपनि शतकको कोशेढुङ्गा छुन नसक्दा समर्थकहरू पनि निराश थिए । खेलपछि काठमान्डुका कप्तान करणले कुशललाई आउट गर्दा खुशी लागेपनि ब्याटरका लागि भने त्यो दु:खद क्षण भएको प्रतिक्रिया दिएका थिए । उनले भुर्तेलको लागि लयमा आउनु जरुरी भएकोले यो राम्रो भएको बताए ।

शतकबाट चुकेपनि भुर्तेलले सम्रासँग मिलेर १८६ रनको साझेदारी गरेपछि पोखराले २२४ रनको विशाल स्कोर बनाएको थियो र यस खेलमा पोखरा ५५ रनले विजयी भयो ।

व्यक्तिगत शतकभन्दा एक रन टाढा हुनु कुशलका लागि निराशाजनक क्षण भए पनि उनको आक्रामक ब्याटिङ समूह चरणको सम्झनलायक प्रदर्शन बन्यो।

एनपीएलको तेस्रो संस्करणमा लिग चरणमा विराटनगरका कप्तान सन्दीप लामिछानेले शानदार बलिङ गरे । उनले पोखरा एभेन्जर्स विरुद्धको खेलमा ह्याट्रिकसहित ६ विकेट लिए ।

पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा लामिछानेले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिएका हुन् । उनले १५औं ओभरको तेस्रो, चौथो र पाँचौ बलमा लगातार विकेट लिएका थिए ।

सन्दीप एनपीएलमा ह्याट्रिक विकेट लिने र एकै खेलमा ६ विकेट लिने तेस्रो खेलाडी बने । यसअघि काठमान्डु गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका थिए ।

यस्तै शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए । संयोगवस ६ विकेट लिने तीनै खेलाडीले विपक्षी टिम भने पोखरा एभेन्जर्स नै बन्यो ।

एनपीएलको तेस्रो संस्करणमा अहिलेसम्म जम्मा एक मात्र शतक प्रहार भएको छ । एनपीएलको तेस्रो संस्करणमा पोखरा एभेन्जर्सकै युवराज सम्राले पहिलो शतक प्रहार गरे ।

उनले कर्णाली याक्स विरुद्ध १०२ रन बनाउँदै एनपीएलको सेन्चुरी क्लबमा आफ्नो नाम लेखाए । साथै उनको शतकले एनपीएलमा पोखरा एभेन्जर्सले पनि कीर्तिमान बनायो । पोखरा हरेक संस्करणमा शतक प्रहार गर्ने एक मात्र टिम बन्यो । एनपीएलमा शतक प्रहार गर्ने सम्रा पोखराका तेस्रो र समग्रमा चौथो खेलाडी हुन् ।

एनपीएलको सेन्चुरी क्लबमा पोखराबाट आन्द्रे गौस र एडम रोसिङ्गटनसँगै युवराज सम्रा पनि थपिएका छन् ।

युवराजले चार इनिङ्स मात्र खेल्दा एक दशक र दुई अर्धशतक मदतमा २९४ रन बनाउँदै सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । क्यानडाका ओपनर समेत रहेका सम्राको आक्रामक ब्याटिङ र निरन्तर रन बनाउने क्षमताले पोखराको ब्याटिङमा महत्त्वपूर्ण योगदान पुर्‍यायो ।

कम उमेरमै अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो क्षमता देखाइसकेका युवराजले एनपीएलमा पनि आफूलाई प्रमाणित गरे । उनको प्रदर्शनले एनपीएल नेपाली दर्शकका लागि मात्रै नभई विदेशी खेलाडीका लागि पनि प्रतिभा देखाउने मञ्च बनेको देखाउँछ ।

टी-२० विश्वकपमा न्युजिल्यान्ड विरुद्ध शतक प्रहार गरेका सम्रा ओपनिङ गर्दै सुरुवात देखि नै आक्रमक ब्याटिङ गर्ने खेलाडीको रुपमा चिनिन्छन् ।

एनपीएलको तेस्रो संस्करणमा विश्व चर्चित अन्तर्राष्ट्रिय खेलाडीहरू आए । नेपालकै राष्ट्रिय टिमका चर्चित खेलाडीहरू पनि थिए । तर स्थापित क्रिकेटरबीच केही नयाँ खेलाडीले पनि आफ्नो उपस्थिति बलियो बनाए र आफूलाई प्रमाणित पनि गरे । तीमध्ये एक हुन् राहुल यादव ।

जनकपुर बोल्ट्सको आइकोनिक प्लेअरको रुपमा टिममा समावेश भएका राहुलले पहिलो खेलमै काठमान्डु गोर्खाज विरुद्ध शानदार डेब्यू गर्दै यादगार बनाए ।

उनले पहिलो संस्करणको विजेता जनकपुरका लागि सुरुवात देखि नै खेल्ने अवसर पाए र त्यसमा आफूलाई प्रमाणित पनि गरे ।

१७ वर्षीय मिडियम पेसर राहुलले नै जनकपुरको पेस बलिङ सम्हाले । उनले त्यसलाई न्याए गर्दै ७ खेलमा १२ विकेट समेत लिए । लिग चरण सकिँदा चितवन राइनोजका कमल सिंह ऐरी र रिजन ढकालसँगै उनी सर्वाधिक विकेट लिनेमा अगाडि छन् ।

उनले आफ्नो बलिङबाट विपक्षी ब्याटरलाई कडा चुनौती दिए । ठूला नामको उपस्थितिमा नयाँ खेलाडीले आफ्नो क्षमता प्रमाणित गर्नु एनपीएलको सकारात्मक पक्ष हो । राहुलको प्रदर्शनले घरेलु क्रिकेटमा प्रतिभाको कमी नभएको र उचित अवसर पाए नयाँ खेलाडीले पनि आफूलाई स्थापित गर्न सक्ने देखाएको छ ।

यस्तै विश्व चर्चित खेलाडीहरू मोइन अली देखि जिमी निशमसँग ड्रेसिङ रुम सेयर गर्न पाउनु राहुलजस्ता युवा प्रतिभाका लागि ठूलो अवसर समेत बनेको छ ।

यस पटक एनपीएल सुरु हुनुअघि नै सबैभन्दा ठूलो चर्चा डिसिजन रिभ्यू सिस्टम अर्थात डिआरएसकै थियो । किनभने डीआरएस नेपाली क्रिकेटमै पहिलो पटक भित्रिएको थियो भने यसले एनपीएलको चर्चा अझ बढाएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समयदेखि प्रयोग हुँदै आएको र टेलिभिजनमा मात्र हेरेको नेपाली दर्शकका लागि आफ्नै फ्रेन्चाइज क्रिकेटमा यो प्रतिधि भित्रिनु महत्त्वपूर्ण उपलब्धि बन्यो ।

डीआरएसको प्रयोगले विवादित निर्णय कम हुने र अम्पायरको निर्णय चित्त नबुझे खेलाडीले चुनौती दिने अवसर पाए । एलबीडब्लू, क्याच र अन्य विवादास्पद निर्णयमा प्रविधिको सहयोगले केही सहज बनायो ।

तर प्रविधिको प्रयोगसँगै अम्पायरका निर्णय, खेलाडीको रिभ्यु र दर्शकको चासो पनि बढ्यो । कतिपय निर्णयमा अम्पायरको निर्णय कायम रह्यो भने कतिपयमा प्रविधिले फरक नतिजा देखायो ।

डीआरएसबाटै भएको कतिपय निर्णय पनि आश्चर्यजनक देखिए । यसले गर्दा प्रविधिमाथि पनि केही शंका देखियो ।

यस पटक एनपीएलमा अम्पयार भर्सेस डीआरएस देखियो । अम्पायरले दिएको करिब दुई दर्जन निर्णयलाई प्रविधिले उल्टायो । जसले गर्दा खेलको नतिजामै परिवर्तन देखियो ।

एनपीएलको प्राविधिक स्तर उकास्ने प्रयास स्वरुप भित्रिएको डीआरएसको प्रयोगले नेपाली क्रिकेटलाई एक कदम अगाडि पुर्‍याएको छ ।

वार्नर देखि रसेलजस्ता स्टार खेलाडीको आगमन

एनपीएलको तेस्रो संस्करणको अर्को विशेषता अन्तर्राष्ट्रिय स्टार खेलाडीको उपस्थिति पनि रह्यो । आईसीसीले एनपीएललाई आधिकारिक मान्यता दिएपछि यस पटक विदेशी खेलाडीहरू अनुबन्ध गर्नका लागि सहज भयो । यस्तै लिस्ट ए टी२० मान्यता पनि पायो र यसले खेलाडीको कीर्तिमानहरू पनि गणना भए ।

अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, इंग्ल्यान्डका मोइन अली र रवि बोपारा, दक्षिण अफ्रिकाका डेभिड मिलर, न्युजिल्यान्डका जिमी निशम, बंगलादेशका शकिब अल हसन, श्रीलंकाका एन्जेलो म्याथ्युज र निरोशन डिकवेला जस्ता खेलाडीको सहभागिताले प्रतियोगिताको आकर्षण बढायो ।

डेभिड वार्नरको अनुभव, आन्द्रे रसेलको विस्फोटक ब्याटिङ र मोइन अलीको स्पीन जादु आफ्नै आँखा अगाडि हेर्न पाउँदा नेपाली दर्शकहरू भाग्यमानी बने । एनपीएलमार्फत घरेलु मैदानमै अन्तर्राष्ट्रिय क्रिकेटको स्वाद थप्यो।

विदेशी खेलाडीको आगमनले नेपाली खेलाडीलाई उनीहरूसँग खेल्ने, सिक्ने र अनुभव साटासाट गर्ने अवसर पनि प्रदान गर्‍यो । त्यस्तै, अन्तर्राष्ट्रिय खेलाडीको उपस्थितिले एनपीएलको बजार विस्तार, दर्शक आकर्षण र प्रायोजनको सम्भावनालाई पनि बल पुर्‍यायो ।

यसले एनपीएललाई नेपाली खेलाडीको प्रतिभा देखाउने प्रतियोगितासँगै अन्तर्राष्ट्रिय क्रिकेटरका लागि पनि आकर्षक फ्रेन्चाइज मञ्च बनाउने दिशामा अघि बढाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
19h ago
एनपीएलको प्लेअफ समीकरण: क्वालिफायर १ मा लुम्बिनी र सुदूरपश्चिम, काठमाडौंको प्रतिद्वन्द्वी चितवन

एनपीएलको प्लेअफ समीकरण: क्वालिफायर १ मा लुम्बिनी र सुदूरपश्चिम, काठमाडौंको प्रतिद्वन्द्वी चितवन

नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका सबै २८ खेल समाप्त भएसँगै प्लेअफ समीकरण र खेल तालिका तय भएको छ।

#एनपीएल #प्रिमियर-लिग #चरण
Compare →
Hamro Patro News
2h ago
एनपीएल तेस्रो संकरण : विराटनगर, कर्णाली, जनकपुर र पोखराको प्रदर्शन कस्तो रह्यो ?

एनपीएल तेस्रो संकरण : विराटनगर, कर्णाली, जनकपुर र पोखराको प्रदर्शन कस्तो रह्यो ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणका २८ वटा रोमाञ्चक खेल सकिएका छन् । लिग चरणको खेल समापनसँगै विराटनगर किंग्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतियोगि...

#एनपीएल #प्रिमियर-लिग #चरण
Compare →
Ekantipur
21h ago
काठमान्डुविरुद्ध पोखराको कीर्तिमानी स्कोर

काठमान्डुविरुद्ध पोखराको कीर्तिमानी स्कोर

पोखरा एजेन्सर्जले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको अन्तिम लिग खेलमा काठमान्डु गोर्खाजसामु ठूलो लक्ष्य प्रस्तुत गरेको छ ।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →
Arthasansar
18h ago
अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङ अनी दिनेश खरेलको शानदार बलिङमा पोखरा नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार...

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →
Bizshala
23h ago
हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

काठमाण्डौ । पाकिस्तानका अलराउन्डर हुसेन तलतको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

National (Nepal)
Build #2612