Trending
Prev Story
Next Story

सराङकोटको सुधार गृहबाट भागेका बालबन्दी लेकसाइडबाट पक्राउ

Onlinekhabar •
November 16, 2026 • 02:30 AM
3
3 reads 0 reactions

३० कात्तिक, कास्की । पोखरा–१८ सराङकोटस्थित सुधार गृहबाट भागेका एक जना बालबन्दी राति चोरी गर्ने तयारी गरिरहेका बेला हम्मरसहित पक्राउ परेका छन् । पोखरा लेकसाइडस्थित स्ट्रिट नम्बर १९ मा चोरी गर्ने तयारी गरिरहेका बेला उनलाई राति …

सराङकोटको सुधार गृहबाट भागेका बालबन्दी लेकसाइडबाट पक्राउ

३० कात्तिक, कास्की । पोखरा–१८ सराङकोटस्थित सुधार गृह बाट भागेका एक जना बालबन्दी राति चोरी गर्ने तयारी गरिरहेका बेला हम्मरसहित पक्राउ परेका छन् ।

पोखरा लेकसाइडस्थित स्ट्रिट नम्बर १९ मा चोरी गर्ने तयारी गरिरहेका बेला उनलाई राति १ बजे पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

सराङकोटस्थित बालसुधार गृहबाट सुरक्षाकर्मीकै आँखा अगाडि पर्खाल नाघेर भागेका १८ वर्षीय थापा थरका बालबन्दीको खोजी गर्ने क्रममा राजमार्गहरूमा बेरिकेड राखेर चेकजाँच गरिएको थियो भने कुकुरसहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

‘बालसुधार गृहको पर्खाल नाघेर पछाडिबाट भागेका बालबन्दीलाई १८ घण्टामा लेकसाइडबाट पक्राउ गर्न सफल भयौँ । उनको खोजीमा झन्डै एक सय जना प्रहरी नै परिचालन हुनुप¥यो,’ एसपी कार्कीले भने, ‘बालसुधार गृहमा सुरक्षा लगायतका धेरै कुराको प्रबन्ध नहुँदा समस्या छ ।’

यसअघि पनि यी बालबन्दी उपचारका लागि अस्पताल लैजाने क्रममा फरार भएका थिए । बिरामी परेको भन्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएका बेला प्रहरीलाई नै छक्याएर उनी भाग्न सफल भएका थिए । २०८२ पुस २४ गतेदेखि फरार भएका उनी २०८३ जेठ ४ गते इटहरीबाट पक्राउ परेका थिए ।

उनलाई पक्राउ गरी पुनः सराङकोटस्थित बालसुधार गृहमा लगिएको थियो । उनै बालबन्दी आइतबार फेरि भाग्न सफल भएका थिए । तर, प्रहरीले उनलाई १८ घण्टामै पक्राउ गरी कारागार ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।

पाँचथरका यी बालबन्दी चोरी मुद्दामा परेका थिए । पाँचथरमा पनि चोरी गरेपछि उनी पोखरा आइपुगेका थिए । पोखराको एउटा होटलमा काम गर्ने क्रममा उनले फेरि चोरी गरेका थिए । चोरीको आरोपमा पक्राउ परेपछि उनलाई बालसुधार गृह पठाइएको थियो । उनीमाथि चोरीसम्बन्धी दुईवटा मुद्दा छन् ।

बालसुधार गृहमा प्रहरी पोसाक लगाएर बस्न पाइँदैन । प्रहरीलाई हतियार बोक्ने अधिकारसमेत हुँदैन भने त्यहाँ प्रहरीको दरबन्दी पनि छैन । अहिले जिल्ला प्रहरी कार्यालयले आफ्नै जनशक्तिबाट त्यहाँको सुरक्षा व्यवस्थापन गर्दै आएको छ । जसका कारण कतिपय अवस्थामा सुरक्षामा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ ।

उमेर पुगेका र अन्य बालबिज्याइँमा संलग्न बालबन्दीलाई सँगै राख्दा पनि बेला–बेला तनावको स्थिति सिर्जना हुने गरेको छ । अदालतबाट सजायको आदेश पाएका यस्ता बालबन्दीको उमेर बाल्यावस्था नाघे पनि सजाय भुक्तान नहुँदासम्म बालसुधार गृहमै राख्ने गरिएको छ । सबै बालबन्दीलाई राख्न सक्ने क्षमताभन्दा दोब्बर संख्यामा बालबन्दी राख्नुपर्दा समस्या उत्पन्न हुने गरेको प्रहरी अधिकारीहरुको भनाइ छ ।

सराङकोटस्थित बालसुधार गृहमा आगजनी र विवादका घटनासमेत भएका छन् । त्यहाँ चक्कु प्रहारसम्मका घटना भएका थिए । यसअघि पनि बालसुधार गृहको पछाडिबाट पर्खाल नाघेर तीन जना बालबन्दी भाग्न सफल भएका थिए ।

जेनजी आन्दोलनका क्रममा यहाँबाट १०९ जना बालबन्दी भागेका थिए । तीमध्ये आठ जना अझै फरार छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
16h ago
दानबहादुर कार्कीले विशेष सुरक्षा सल्लाहकारको पत्र बुझिसके : गृह मन्त्रालय

दानबहादुर कार्कीले विशेष सुरक्षा सल्लाहकारको पत्र बुझिसके : गृह मन्त्रालय

प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सोही दिन पत्र बुझेका गृह मन्त्रालयले जानकारी दिएको छ।

#गृह
Compare →

Related Stories

Health & Wellness
Build #2612