Trending
Prev Story
Next Story

उज्यालो शहरमा कसरी खल्बलिँदै छ पशुपन्छीको जीवनचक्र

Ekantipur •
November 16, 2026 • 02:02 AM
3
3 reads 0 reactions

काठमाडौंमा थपिँदै गएका डेटा सेन्टर, टेलिकम टावर, चहकिला एलईडी बत्ती र इन्टरनेटका गुजुल्टिएका तारसँगै अनेकौं डिभाइसले यहाँका चराचुरुङ्गी र जीवजन्तुको स्वाभाविक जीवनचक्र खल्बल्याइदिएको छ । प्रविधिको बढ्दो चापले निम्त्याएको यो पर्यावरणीय जोखिमप्रति सरकारी निकाय भने अझै बेखबर देखिन्छन् ।

1 / 2
Swipe Photos

काठमाडौंमा थपिँदै गएका डेटा सेन्टर, टेलिकम टावर, चहकिला एलईडी बत्ती र इन्टरनेटका गुजुल्टिएका तारसँगै अनेकौं डिभाइसले यहाँका चराचुरुङ्गी र जीवजन्तुको स्वाभाविक जीवनचक्र खल्बल्याइदिएको छ । प्रविधिको बढ्दो चापले निम्त्याएको यो पर्यावरणीय जोखिमप्रति सरकारी निकाय भने अझै बेखबर देखिन्छन् ।

बा घभैरव, कीर्तिपुरका ८८ वर्षीय बद्रीलाल तन्डुकारलाई भँगेरा, फिस्टे, गौँथलीले बिजुलीका पोल, खम्बा र रुखहरूमा गुँड लगाएको देख्दा चित्तै बुझ्दैन । यी साना चरालाई गुँड लगाउन सजिलो होस् भनेर काठमाडौं उपत्यकामा प्राचीन घरका भित्तामा स–साना प्वाल राख्ने गरिन्थ्यो । अचेल ‘कंक्रिट’ का आधुनिक घरमा त्यो अभ्यास छोडियो । बिजुली र इन्टरनेटका तारमा जेलिएर चराचुरुङ्गी मरेको देखेपछि बद्रीलालले घरछेउको सत्तल बनाउँदा भँगेरा बस्ने खोपी बनाउन लगाए । अहिले त्यो खोपीमा चराचुरूङ्गी चिरबिर गर्दै भित्र–बाहिर गरेको देखिन्छ । ३१ भदौमा जम्काभेट हुँदा उनी त्यही सत्तलअगाडि काठको बेन्चमा बसेर भँगेराको चिरबिर हेर्दै दिन बिताइरहेका थिए ।

‘पहिले-पहिले ट्याङ्लाफाँट र यहाँ आसपासका बाँसघारीमा साँझ पर्नासाथ स्याल कराउँथे,’ बद्रीलाल भन्छन्, ‘शहरभरि जेलिएका तार र रातभरि बालिने चहकिला बत्तीका कारण अहिले स्यालको हुइँया हराएको छ, चराहरूले बिजुलीको पोलमा तारको गुँड बनाउन थालेका छन् । म सानो छँदा डाँडाबाट हेर्दा काठमाडौंमा थोरै मात्र बत्ती देखिन्थ्यो, अहिले त आँखै टट्याउने गरी जहाँतहीँ उज्यालो देखिन्छ ।’

कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव मोबाइल, ट्याब्लेट र डेस्कटपमा एकै खाताबाट पहुँच स्वतन्त्र पत्रकारितालाई प्रत्यक्ष सहयोग

कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612