Trending
Prev Story
Next Story

छठ मनाउन मधेश झरेका नेताहरू

Onlinekhabar •
November 15, 2026 • 11:30 AM
4
4 reads 0 reactions

२९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार जनकपुरस्थित गंगासागर पोखरीमा आयोजित धार्मिक अनुष्ठान तथा पुजाअर्चनामा सहभागी भए । सभापति लामिछाने छठ पर्व मनाउनका लागि शनिबारै काठमाडौंबाट पत्नी निकिता पौडेलसहित जनकपुर …

छठ मनाउन मधेश झरेका नेताहरू

२९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार जनकपुरस्थित गंगासागर पोखरीमा आयोजित धार्मिक अनुष्ठान तथा पुजाअर्चनामा सहभागी भए ।

सभापति लामिछाने छठ पर्व मनाउनका लागि शनिबारै काठमाडौंबाट पत्नी निकिता पौडेलसहित जनकपुर पुगेका हुन् ।

प्रतिनिधि सभाका सभामुख डिपी अर्याल छठकै दिन बाराको सिमरा पुगेका छन् । त्यहाँ सभामुख अर्यालले जातजाति, भाषा, धर्म तथा हिमाल, पहाड र तराईका नागरिकबीचको आपसी सद्भाव र सहअस्तित्व विश्वसामु प्रस्तुत गर्न सकिने उदाहरणीय विशेषता नेपालको भएको बताए ।

सभामुख र सत्तारुढ दलका सभापति मात्र होइन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति गगन थापा पनि आइतबार छठ मनाउन सर्लाही पुगेका छन् ।

सिमरा विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै थापाले छठले सबैलाई सकारात्मक बन्न प्रेरित गरोस् भन्ने अपेक्षा राखेको बताए ।

उनले भने, ‘छठले सबै नेपालीलाई सकारात्मक हुने प्रेरणा मिलोस् । यतिधेरै नकारात्मकताले नेपाली समाज चल्न सक्दैन । त्यसैले नेपाललाई सकारात्मकता चाहिएको छ ।’ थापा गत निर्वाचनमा सर्लाही–४ बाट उठेका थिए । उनी आइतबार दिनभरी सर्लाहीमै व्यस्त रहने कार्यक्रम रहेको थापाको सचिवालयले जानकारी दिएको छ ।

पत्नी डा. अञ्जना केसी थापासँग सहित मधेश झरेका सभापति थापाले वीरगन्ज–१० स्थित घडिअर्वा घाटमा सोमबार पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि स्थानीयसँग अनौपचारिक संवाद, पार्टी कार्यकर्तासँग भेटभाट र पिपरामा आयोजना हुने प्रदीप गिरी फेलोसिप शुभारम्भ कार्यक्रम सहभागी हुने सचिवालयले जनाएको छ ।

छठ पर्वलाई नेताहरूले राजनीतिक भेटघाटको अवसर समेत बनाएको कतिपयको टिप्पणी छ । खरना पूजामा सहभागी हुँदा सभापति लामिछानेलाई रास्वपाका सांसदद्वय मनिष झा र पुरुषोत्तम यादव लगायतले साथ दिएका थिए ।

सभापति लामिछानेले छठलाई पार्टीको आन्तरिक राजनीति व्यवस्थापनको अवसर बनाएको हुन सक्ने बताएका छन् ।

हुन पनि रास्वपाले मधेस प्रदेशको अधिवेशन नसकी चिवतनमा केन्द्रीय महाधिवेशन गरेको थियो । मधेसका आठ जिल्लामा पर्सामा मात्रै अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिएको थियो ।

अन्य जिल्लामा अधिवेशनको उद्घाटन सत्र सुरु भएर पनि निर्वाचन प्रक्रिया सुरु हुन नसकी अधिवेशन स्थगित गरिएको छ । पालिका तहमा भएका अधिवेशन पनि विवादित बने ।

अधिवेशन नगरी तदर्थ समितिको नेतृत्वले गरेका सिफारिसका आधारमा केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधिहरू चयन गरिएको थियो । असारमा भएको रास्वपाको पहिलो महाधिवेशनमा प्रतिनिधिहरूमा सर्वाधिक विवादित मधेसको रह्यो । मधेसका प्रतिनिधि निश्चित हुन नसक्दा महाधिवेशनको मतदान प्रक्रिया नै एकदिन ढिलो सुरु हुन पुगेको थियो ।

प्रतिनिधि छनोटमा किचलो र पार्टी संरचनामा समस्या देखेपछि सभापति रवि लामिछाने स्वयं मधेस झरेर अधिवेशनको वातावरण बनाउन तदारुकता लिने प्रयत्न गरेका थिए । यद्यपी, उनी मधेसका जिल्ला भ्रमण गरेरन् । पार्टीका नव निर्वाचित केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण गराउने क्रममा सभापति लामिछानेले मधेसका जिल्ला भ्रमण गर्ने जानकारी गराएका थिए । उनी मधेसका जिल्ला भ्रमण नगरेर त्यहाँको समस्या र समाधान निकाल्न सभापति लामिछानेले अर्को बाटो रोजे ।

सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा ‘मधेस अडिट’ समिति गठन गरे । उक्त समितिका अन्य सदस्यहरूमा प्रमोद न्यौपाने, पुनम अग्रवाल, जगदिश खरेल (दोलखा), सुरेन्द्र चौधरी र अशोक चौधरी थिए । उक्त समितिले पार्टी केन्द्रीय समितिमा आफ्नो रिपोर्ट बुझाइसकेको छ । पालिका, जिल्ला र प्रदेश समितिले विधि भन्दा बाहिर रहेर भूमिका निर्वाह गरेको निर्क्यौल उक्त समितिले निकालेको छ ।

विधि भन्दा बाहिर रहेर गरिएका अधिवेशन भंग गरी सहमतिमा नयाँ तदर्थ समिति बनाउन उक्त समितिले सिफारिस गरेको छ । उक्त समितिको सदस्य रहेकी अग्रवालको अनुसार आठै जिल्लामा उस्तै प्रकृतिका समस्या छन् ।

तहगत संरचनामा रहेका पदाधिकारीले संगठनमा आफू अनुकूलका व्यक्तिलाई पदीय जिम्मेवारी दिनु, सांसदहरूले समेत संगठनमा राखिने व्यक्तिको चासो राख्नु, पुराना र नयाँ सदस्य बीचको आन्तरिक द्वन्द्वले सांगठनिक समस्या आएको मधेसका नेताहरूले बताउँदै आएका छन् ।

विगतमा फरक फरक दलमा रहेका व्यक्ति रास्वपामा प्रवेश गर्नु र अवसरको खोजीमा पुगेका दलका स्थानीय नेताहरू एउटै पार्टीमा हुँदा त्यसले पनि आपसी तिक्तता बढाएको बुझाई पार्टीमा छ ।

स्थानीय र प्रदेशको चुनाव उम्मेदवार हुने आकांक्षी बग्रेल्ती हुँदा समस्या सांगठनिक समस्या आएको अध्ययन टोलीको बुझाइ छ । उम्मेदवार बनाउने पार्टीको विधि भएपनि त्यसलाई बुझाउन नसकिएको निष्कर्षमा समितिका सदस्यहरू छन् ।

मधेसमा सांगठनिक समस्या आउनुमा अर्को कारण रवि–वालेन पक्षको टकराव पनि रहेको छ । पुराना कार्यकर्ता सभापति रवि पक्षका बढी छन् ।

गत चुनावको मुखमा रास्वपा प्रवेश गर्ने सदस्यहरूमा अधिकांश प्रधानमन्त्री बालेन शाह पक्षधर छन् । मधेसको संगठनमा पकड जमाउन दुबै पक्षको ध्याउन्न छ । मधेसमा सांगठनिक समस्या उत्पन्न भइरहेको बेला सभापति लामिछानेले आफू निकटका पुरुषोत्तम यादवलाई सहमहामन्त्री बनाएर संस्थापनलाई मधेसमा बलशाली बनाउने प्रयत्न गरेका छन् ।

रविले यसअघि तय भइसकेको मधेश भ्रमण स्थगित गरेका थिए । तर अहिले अवसर पारेर सभापति लामिछाने जनकपुरधाम झरेका छन् । छठमा मधेसमा जानुको ध्येय सांगठनिक अवस्था बुझ्नु र सहानुभूति प्राप्त गर्नु समेत रहेको विश्लेषकहरू बताउँछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
23h ago
झुटो आश्वासन दिएर राजनीति गर्दैनौं, जति बोल्छौं, त्यति गर्छौं : सभापति लामिछाने

झुटो आश्वासन दिएर राजनीति गर्दैनौं, जति बोल्छौं, त्यति गर्छौं : सभापति लामिछाने

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशका जनताको जीवनमा परिवर्तन ल्याउनु नै आफूहरूको पहिलो जिम्मेवारी रहेको दाबी गरेका छन् । शनिबार छठ पर्व मनाउन ...

#रवि-लामिछाने #काठमाडौं #कात्तिक
Compare →
Nagarik News
1d ago
छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने

छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने

रास्वपा सभापति रवि लामिछाने छठ पर्व मनाउन शनिबार जनकपुर पुगेका छन्। उनी स्थानीयको घरमा बसेर छठ मनाउने बताइएको छ।

#रवि-लामिछाने #मनाउन
Compare →
Ekantipur
23h ago
मधेशमा परिवर्तन महसुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ : रवि लामिछाने

मधेशमा परिवर्तन महसुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ : रवि लामिछाने

जनमतको अपमान गर्दै आफ्ना मान्छेलाई टिकट दिलाउने र जनताको बस्तीमा परिवर्तनको अनुभूति गराउन नसक्ने हो भने आगामी निर्वाचनमा जनताले अहिलेको समर्थन फिर्ता लिन समय नलगाउने रास्वपा सभापति लामिछानेको चेतावनी छ ।

#रवि-लामिछाने #मधेश
Compare →

Related Stories

Politics & Governance
Build #2612