Trending
Prev Story
Next Story

चलचित्र ‘ककाकिकी’को प्रचार स्टन्ट विवादमा, कलाकार मनोज गजुरेलले मागे माफी

Nagarik News •
November 15, 2026 • 06:52 AM
3
3 reads 0 reactions

समाजको मनोविज्ञान त्यसै पनि संवेदनशील रहेको बेला मनोरञ्जनका नाममा अनावश्यक भ्रम थपिनु उचित होइन । प्रचारमा सृजनशीलतासँगै सामाजिक जिम्मेवारी पनि उत्तिकै आवश्यक छ ।’

चलचित्र ‘ककाकिकी’को प्रचार स्टन्ट विवादमा, कलाकार मनोज गजुरेलले मागे माफी

चलचित्र प्रदर्शनअघि दर्शकमाझ चर्चा बटुल्न विभिन्न प्रचार शैली अपनाउने गरिन्छ। तर, कहिलेकाहीँ प्रचारका लागि अपनाइने यस्ता शैलीले सकारात्मकभन्दा नकारात्मक चर्चा बढी निम्त्याउने गर्छन्। यस्तै भएको छ, चलचित्र ‘ककाकिकी’को हकमा।

मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’ प्रदर्शनअघि नै विवादमा तानिएको छ। शनिबार रञ्जना सिनेमा हलमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रको प्रचारका लागि अपनाइएको एउटा शैली अहिले सामाजिक सञ्जालमा आलोचनाको विषय बनेको छ।

कार्यक्रमको अन्त्यतिर प्रहरीको पोसाकमा आएका चार–पाँच जना जवानले चलचित्रका कलाकार तथा निर्माण टोलीका सदस्यलाई जबर्जस्ती नियन्त्रणमा लिएर प्रहरी भ्यानमा राखेको दृश्य सार्वजनिक भयो। भिडियो हेर्ने धेरैले यसलाई वास्तविक पक्राउको घटनाका रूपमा बुझे। सांसद हर्क साम्पाङसमेत सुरुमा उक्त घटनालाई वास्तविक ठानेका थिए।

तर, पछि उक्त दृश्य चलचित्रको प्रचारका लागि तयार पारिएको स्टन्ट भएको खुलेको छ।

प्रचारका नाममा सार्वजनिक स्थलमै प्रहरी पक्राउको दृश्य देखाएर भ्रम सिर्जना गरिएको भन्दै चलचित्र निर्माण टोलीको आलोचना भइरहेको छ। कतिपयले यस्तो गतिविधिले प्रहरी संगठनको छविमा असर पार्नुका साथै समाजमा अनावश्यक भ्रम फैलाउने टिप्पणी गरेका छन्।

यही विषयमा उठेका आलोचनापछि चलचित्रका कलाकार मनोज गजुरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले चलचित्रका लागि खिचिएको दृश्य र प्रचारात्मक प्रस्तुतिका कारण दर्शकमा भ्रम सिर्जना भएको स्वीकार गर्दै दुःख व्यक्त गरेका छन्।

गजुरेलले आफू व्यक्तिगत रूपमा सस्तो प्रचारभन्दा सिर्जनाको गुणस्तर र दर्शकको विश्वासमा बढी भरोसा गर्ने व्यक्ति भएको उल्लेख गरेका छन्। यद्यपि, उक्त प्रस्तुतिमा आफू पनि सहभागी भएको स्वीकार गर्दै उनले दर्शकमा परेको भ्रम र असुविधाप्रति क्षमायाचना गरेका छन्।

उनले समाजको मनोविज्ञान संवेदनशील रहेको अवस्थामा मनोरञ्जनका नाममा अनावश्यक भ्रम सिर्जना गर्नु उचित नभएको पनि बताएका छन्। उनका अनुसार प्रचारमा सिर्जनशीलतासँगै सामाजिक जिम्मेवारीलाई पनि उत्तिकै महत्त्व दिन आवश्यक छ।

आफूहरूको नियत गलत नभए पनि निर्णयमा त्रुटि भएको स्वीकार गर्दै गजुरेलले गल्ती स्वीकार्नु र सुधार गर्नु सर्जकहरूको दायित्व भएको बताएका छन्।

साथै, एउटा चलचित्र धेरै कलाकार तथा प्राविधिकको मेहनतबाट निर्माण हुने भएकाले प्रचारका क्रममा अपनाइएको एउटै शैलीका आधारमा समग्र चलचित्रको मूल्याङ्कन नगर्न पनि उनले दर्शकसँग आग्रह गरेका छन्।

चलचित्र प्रदर्शनअघि दर्शकमाझ चर्चा बटुल्ने उद्देश्यले गरिएको प्रचार नै अहिले आलोचनाको विषय बनेपछि निर्माण टोलीका लागि यो घटना चुनौतीपूर्ण बनेको छ।

प्रकाशित: २९ कार्तिक २०८३ १२:३७ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
16h ago
फिल्म प्रचारमा कलाकार पक्राउको 'स्टन्ट', आलोचना भएपछि निर्माण टिमको स्पष्टीकरण

फिल्म प्रचारमा कलाकार पक्राउको 'स्टन्ट', आलोचना भएपछि निर्माण टिमको स्पष्टीकरण

काठमाडौं । नेपाली चलचित्र ‘ककाकिकी’को प्रचारका क्रममा कलाकारलाई प्रहरीले पक्राउ गरेको झल्काउने दृश्य तयार गरी सार्वजनिक गरिएको खुलेको छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा गरिएको उक्त स्टन्टल...

#चलचित्र #प्रचार #स्टन्ट
Compare →
Onlinekhabar
20h ago
पार्टी र सरकारबीच कुनै विवाद छैन : सभापति लामिछाने

पार्टी र सरकारबीच कुनै विवाद छैन : सभापति लामिछाने

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारकाबीच कुनै पनि विवाद वा समस्या नरहेको बताएका छन् । शनिबार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीं सरकारलाई केही सल्लाह, सुझाव …

#विवाद
Compare →
Bizshala
2d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#विवाद
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612