Trending
Prev Story
Next Story

मस्कको स्टारसिपले इतिहास रच्यो, पहिलोपटक अन्तरिक्षबाट फर्किएको रकेट लन्चिङ बेसमा क्याच

Onlinekhabar •
November 15, 2026 • 06:00 AM
7
7 reads 0 reactions

२९ कात्तिक, काठमाडौं । इलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सको सबैभन्दा शक्तिशाली रकेट स्टारसिप १५ ले आजसम्म कुनै रकेटले गर्न नसकेको काम गरेको छ। १४ नोभेम्बरमा स्टारबेसबाट उडेको उक्त रकेटदे अन्तरिक्षको कक्षमा पुगेर २६ वटा स्टारलिङ्क भी३ …

मस्कको स्टारसिपले इतिहास रच्यो, पहिलोपटक अन्तरिक्षबाट फर्किएको रकेट लन्चिङ बेसमा क्याच

२९ कात्तिक, काठमाडौं । इलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सको सबैभन्दा शक्तिशाली रकेट स्टारसिप १५ ले आजसम्म कुनै रकेटले गर्न नसकेको काम गरेको छ।

१४ नोभेम्बरमा स्टारबेसबाट उडेको उक्त रकेटदे अन्तरिक्षको कक्षमा पुगेर २६ वटा स्टारलिङ्क भी३ भूउपग्रहहरूलाई तैनाथ गरेको छ। यसले पृथ्वीको १४ फन्को लगायो र करिब २२ घण्टासम्म पृथ्वीको कक्षमा रह्यो।

१५ नोभेम्बरमा फर्किएर यो रकेट त्यही टावरमा ओर्लियो, जहाँबाट उडेको थियो। अर्थात्, ‘चपस्टिक आर्म्स’ भनिने दुई ठूला रोबोटिक हातहरूले यस रकेटलाई समाते।

लन्चदेखि अर्बिटमा जानु र पुनः उही लन्च प्याडमा फर्कने यो एउटा पूर्ण राउन्ड ट्रिप हो । सिपको फिर्ती नै यसको सबैभन्दा कठिन हिस्सा थियो।

यसको बुस्टरलाई यसअघि ३ पटक क्याच गरिसकिएको थियो। तर, सिपको अर्बिटल गतिबाट फर्कनु, वायुमण्डलमा प्रवेश गर्दाको ताप सहनु, पल्टिनु र हावामा अडिएर आर्म्समा आउनु जस्ता गतिविधि यसअघि भएको थिएन।

स्टारसिप स्पेसक्राफ्ट र सुपर हेभी बुस्टरलाई सामूहिक रूपमा स्टारसिप भनिन्छ। यस यानको उचाइ ४०३ फिट छ।

यो स्टारसिपको १५औँ परीक्षण उडान थियो। अमेरिकाको टेक्सासस्थित स्टारबेसबाट नेपाली समयअनुसार शनिबार बिहान ४:३० बजे यो प्रक्षेपण गरिएको थियो।

स्पेसएक्सका अनुसार, अन्तरिक्ष यानका सबै भागहरू, जसमा यसको महत्त्वपूर्ण हिट सिल्ड पनि समावेश छ, तिनले राम्ररी काम गरेको देखिएको छ।

स्पेसएक्सको योजना डबल क्याचको थियो। अर्थात्, बुस्टर पनि फर्कियोस् र यान पनि। तर, बुस्टर फर्कने क्रममा प्राविधिक समस्या आयो। त्यसपछि कन्ट्रोलरले यसलाई टावरबाट हटाएर मेक्सिकोको खाडीतर्फ डाइभर्ट गरे, जहाँ त्यो पड्कियो।

यो भी३ बुस्टर थियो। पुरानो संस्करणलाई स्पेसएक्सले ३ पटक समातिसकेको छ, तर भी३ लाई पहिलो पटक समात्ने प्रयास गरिएको थियो। स्पेसएक्सकी केट टाइसले बताइन्, ‘फर्कने क्रममा बुस्टरका इन्जिनहरू निकै चाँडै बन्द भए।‘

बुस्टरको गाइडेन्स सिस्टमलाई आफू सही पोजिसनमा नभएको महसुस भयो, त्यसैले यसले आफैँ पानीतर्फ डाइभर्सन र सेल्फ-डिस्ट्रक्सन सुरु गर्‍यो।

फुल राउन्ड ट्रिपबाट के परिवर्तन हुनेछ ?

१. अन्तरिक्ष उडान अब हवाई जहाज जस्तै हुनेछ : फाल्कन ९ ले केवल बुस्टर बचाउँथ्यो। स्टारसिपले पूरै रकेट बचाउँछ। कुनै भाग फ्याँक्नुपर्दैन, समुद्रबाट उठाउनुपर्दैन। ओर्लियो, इन्धन भर्‍यो, अनि फेरि उडायो। स्पेसएक्सको लक्ष्य २०२७ को पहिलो अर्धवार्षिकसम्ममा हप्तामा एक लन्च गर्ने रहेको छ।

२. अन्तरिक्षमा डेटा सेन्टर अब वास्तविकता : मस्कको योजना छ— अर्बिटमा १० लाख स्याटेलाइटसम्मको नेटवर्क बनाउने, जसले एआईका लागि डेटा सेन्टरको काम गर्नेछ। अन्तरिक्षमा सौर्य ऊर्जा २४सै घण्टा उपलब्ध छ, कुलिङ (चिस्यान) निःशुल्क छ र जमिन, पानी, बिजुलीको अनुमतिको आवश्यकता पर्दैन।

स्टारसिपले एकैपटक १०० टनभन्दा बढी सामान लैजान र फिर्ता ल्याउन सक्छ।

३. चन्द्रमा र मङ्गल ग्रहको बाटो खुल्यो : सन् २०२७ मा चालक दलविना चन्द्रमामा ल्यान्डिङ गर्ने, नासाको आर्टेमिस कार्यक्रमका लागि स्टारसिप नै लुनार ल्यान्डर हो।

मङ्गल ग्रहका लागि अर्बिटमै इन्धन भर्नुपर्ने हुन्छ, जसका लागि दर्जनौँ लन्च आवश्यक पर्छ।

त्यो पूर्ण रूपमा पुन: प्रयोग गर्न मिल्ने रकेटबाट मात्र सम्भव छ। लुजियानामा १०० अर्ब डलरको नयाँ लन्च साइट बनिरहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
23h ago
एलन मस्कको स्पेसएक्सको ऐतिहासिक सफलता : अन्तरिक्षबाट फर्किएको स्टारसिप यान्त्रिक पञ्जाले समातियो

एलन मस्कको स्पेसएक्सको ऐतिहासिक सफलता : अन्तरिक्षबाट फर्किएको स्टारसिप यान्त्रिक पञ्जाले समातियो

काठमाडौं । स्पेसएक्सको स्टारसिप अन्तरिक्षयान पृथ्वीमा फर्किएपछि प्रक्षेपणस्थलमा जडान गरिएका विशाल यान्त्रिक...

#अन्तरिक्ष #स्टारसिप #मस्क
Compare →
Hamro Patro News
4d ago
नोभेम्बर १८ मा अन्तरिक्ष इतिहास बनाउँदै Voyager 1, पृथ्वीबाट एक प्रकाश-दिन टाढा पुग्ने

नोभेम्बर १८ मा अन्तरिक्ष इतिहास बनाउँदै Voyager 1, पृथ्वीबाट एक प्रकाश-दिन टाढा पुग्ने

काठमाडौं । करिब पाँच दशकदेखि अन्तरिक्षमा यात्रा गरिरहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको Voyager 1 अन्तरिक्षयानले नोभेम्बर १८ मा नयाँ ऐतिहासिक उपलब्धि हासिल गर्ने भएको छ। नासाका अनुसार Voyager 1 ...

#अन्तरिक्ष #नोभेम्बर #इतिहास
Compare →
Ekantipur
21h ago
स्पेसएक्सको  १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

स्पेसएक्सको  १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

करिब २२ घण्टा ३० मिनेट अन्तरिक्षमा बिताएपछि यान सुरक्षित रूपमा अवतरण भएको हो

#अन्तरिक्ष #पहिलोपटक
Compare →

Related Stories

World News
Build #2612