धनगढी । बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको गौमुल गाउँपालिका–५ का बलबहादुर बुढाका ८ वर्षीय छोरा समिर बुढाको ढुङ्गा लागेर मृत्यु भएको हो।
प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब ४ बजे गौमुल गाउँपालिका–४ घोगालाबाट आफ्नो घर फर्किने क्रममा अचानक भिरबाट ढुङ्गा खसेर उनको टाउकोमा लागेको थियो। ढुङ्गा लागेर बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )