Trending
Prev Story
Next Story

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

Onlinekhabar •
November 14, 2026 • 03:01 PM
3
3 reads 0 reactions

२८ कात्तिक, जनकपुरधाम । सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ । सरकारको निर्णयअनुसार भवनका सम्पूर्ण भौतिक संरचना विश्वविद्यालयलाई हस्तान्तरण गरिएको हो । भवन प्राप्त भएसँगै स्थापनाको नौ वर्षदेखि भाडाको …

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

२८ कात्तिक, जनकपुरधाम । सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ ।

सरकारको निर्णयअनुसार भवनका सम्पूर्ण भौतिक संरचना विश्वविद्यालयलाई हस्तान्तरण गरिएको हो ।

भवन प्राप्त भएसँगै स्थापनाको नौ वर्षदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको विश्वविद्यालयले आफ्नै शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालन गर्ने पूर्वाधार पाएको छ ।

विश्वविद्यालय र निधि भवन दुवैको स्थापनामा भूमिका निर्वाह गर्नुभएका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले शनिबार भवनको अवलोकन गरे ।

सो अवसरमा उनले भवन हस्तान्तरणबाट विश्वविद्यालयको शैक्षिक गतिविधि विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै खुसी प्रकट गरे ।

उनले दुवै संस्थालाई एउटै छातामुनि राख्ने आफ्नो चाहना पूरा भएको उल्लेख गर्दै सङ्घीय सरकारको निर्णयप्रति आभार व्यक्त गरे ।

विश्वविद्यालयले भवनलाई शैक्षिक तथा प्रशासनिक गतिविधिका साथै मिथिला कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा उपयोग गर्ने जनाएको छ । चालु वर्ष भवनमा तीनवटा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारीसमेत गरिएको छ ।

अत्यधुनिक सभाहल र दुईतले प्रशासनिक भवनलगायतका संरचना रहेको निधि भवन विश्वविद्यालयको शैक्षिक गतिविधि विस्तारमा उपयोग हुने अपेक्षा गरिएको छ । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
9h ago
महेन्द्र नारायण निधि सांस्कृतिक भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

महेन्द्र नारायण निधि सांस्कृतिक भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

निधि भवनको सबै भौतिक संरचना विश्वविद्यालयलाई हस्तान्तरण गरिएको हो । स्थापनाको ९ वर्षदेखि भाडाकै घरमा रहेको विश्वविद्यालयले अत्याधुनिक र धेरै भवनसहितको संरचना पाएको हो ।

#भवन #विश्वविद्यालय #हस्तान्तरण
Compare →
Hamro Patro News
2h ago
निधि भवन राजर्षि जनक विश्वविद्यालयलाई हस्तान्तरण

निधि भवन राजर्षि जनक विश्वविद्यालयलाई हस्तान्तरण

जनकपुरधाम । स्थापनाको नौ वर्षदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको राजर्षि जनक विश्वविद्यालयले अन्ततः आफ्नै भवन पाएको छ । सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवन विश्वविद्य...

#भवन #विश्वविद्यालय #निधि
Compare →
Nagarik News
1d ago
८ वर्षपछि आफ्नै भवनमा सर्‍यो सशस्त्र प्रहरी गुल्म

८ वर्षपछि आफ्नै भवनमा सर्‍यो सशस्त्र प्रहरी गुल्म

कालीकोटको खाँडाचक्र नगरपालिका-१ मान्ममा नवनिर्मित भवनबाट सशस्त्र प्रहरीले सेवा सुरु गरेको हो।

#भवन
Compare →

Related Stories

Education & Youth
Build #2612