Trending
Prev Story
Next Story

राइकेडाँडामा बनाइएको नेपालको नक्साले तान्दै पर्यटक

Ekantipur •
November 14, 2026 • 06:02 AM
3
3 reads 0 reactions

सिंजा हुँदै मुगुको राराताल जाने र रारातालबाट फर्किने हरेक आन्तरिक तथा बाह्य पर्यटक नक्सामा उभिएर फोटो खिच्ने र भिडियो बनाउने गरेका छन् ।

राइकेडाँडामा बनाइएको नेपालको नक्साले तान्दै पर्यटक

सिंजा हुँदै मुगुको राराताल जाने र रारातालबाट फर्किने हरेक आन्तरिक तथा बाह्य पर्यटक नक्सामा उभिएर फोटो खिच्ने र भिडियो बनाउने गरेका छन् ।

जुम्लाको सिंजा गाउँपालिका–३ राइकेडाँडामा बनाइएको नेपालको नक्सा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । सिंजा हुँदै मुगुको राराताल जाने र रारातालबाट फर्किने हरेक आन्तरिक तथा बाह्य पर्यटक नक्सामा उभिएर फोटो खिच्ने र भिडियो बनाउने गरेका छन् । नेपालको नक्सा हेर्न अब पुस्तकका पाना पल्टाउनु पर्दैन, सिंजा गाउँपालिका–२ का वडाध्यक्ष तीर्थबहादुर वडले भने, ‘ढुंगाबाट बनेको नेपालको नक्साको आकृति हेर्न राइकेडाँडा पुगे हुन्छ ।’

२०८२ वैशाख ७ गते पूर्वसमानुपातिक प्रतिनिधिसभा सांसद विनिता कठायतले नेपालको भौगोलिक नक्सा निर्माणको शिलान्यास गरेकी थिइन् । नक्सा बनाउन सुरु गर्दा पर्यटकको ध्यान खिच्ला भन्ने कसैले कल्पनासमेत गरेका थिएनन्, वडाध्यक्ष वडले भने, ‘अहिले त पर्यटन आकर्षणको केन्द्र बन्यो ।’ उनका अनुसार नक्सा अवलोकन गर्न, तस्बिर खिच्न र भिडियो बनाउन दैनिक दर्जनौं पर्यटक पुगिरहेका हुन्छन् ।

दसैं तथा तिहार बिदामा समेत पर्यटकहरू त्यहाँ पुग्ने गरेको सिंजा गाउँपालिकाले जनाएको छ । यो नक्साले ऐतिहासिक सिंजा क्षेत्रलाई नयाँ पर्यटकीय पहिचान दिन थालेको छ, स्थानीय हिराबहादुर रोकायाले भने, ‘सामाजिक सञ्जालमा नक्सासँग तस्बिर खिचेर राख्ने र भिडियो सार्वजनिक गर्ने क्रम बढेको छ । जसले राइकेडाँडाको चर्चा स्थानीय क्षेत्रबाट बाहिर फैलिन थालेको हो ।’ युवायुवतीदेखि परिवारसहित घुमफिरमा निस्किएकासम्म त्यहाँ पुगेर तस्बिर खिच्ने, भिडियो बनाउने र टिकटकमा दृश्य कैद गर्ने गरेका छन् ।

जुम्ला सदरमुकाम खलंगाबाट समेत मानिसहरू जन्मदिन मनाउन र रमणीय दृश्य कैद गर्न राइकेडाँडा पुग्ने गरेका छन् । नाग्म–गमगढी सडक हुँदै राराताल तथा सिंजा भ्रमणमा आउने जिल्ला बाहिरका पर्यटकसमेत नेपालको नक्सा अवलोकन गर्न त्यहाँ रोकिने गरेका छन् ।

नक्सा निर्माणपछि राइकेडाँडामा पर्यटकको आवागमन बढेको छ । नक्सा हेर्न, तस्बिर खिच्न र भिडियो बनाउन आउनेहरूको संख्या पनि दिनानुदिन थपिँदै गइरहेको छ । कुनै समय उपयोगविहीन रहेको राइकेडाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजनासहित सिंजा गाउँपालिकाले नक्सा निर्माणको काम थालेको थियो । गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार क्षेत्रको सम्भाव्यता पहिचान गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको थियो । सोही प्रतिवेदनका आधारमा संघीय सरकारसँग बजेट माग गरी नेपालको बृहत् नक्सा निर्माण गरिएको उनको भनाइ छ ।

संघीय सरकारको ५२ लाख रुपैयाँ बजेटमा नक्सा निर्माण गरिएको हो । करिब एक सय ५० मिटर लम्बाइ र ४५ मिटर चौडाइमा फैलिएको यो नक्साको पर्खाल ढुंगा र सिमेन्टबाट बनेको छ । बनाउन सुरु हुँदा सबैको मनमा अन्योलता थियो, अध्यक्ष धितालले भने, ‘निर्माण सम्पन्न भएपछि यसले पर्यटक आकर्षित गर्न थालेको छ ।’

पर्यटकको आवागमन बढ्न थालेपछि गाउँपालिकाले राइकेडाँडालाई थप व्यवस्थित र आकर्षक बनाउने योजना अघि सारेको छ । चालु आर्थिक वर्षमा डाँडामै नेपालको राष्ट्रिय झण्डा निर्माणका लागि तीन लाख रुपैयाँ छुट्याइएको छ । ‘खाली डाँडालाई कसरी सदुपयोग गरेर पर्यटकीय क्षेत्र बनाउन सकिन्छ भन्ने उद्देश्यले योजना बनाएका हौं,’ उनले भने, ‘डीपीआर तयार गरेर नेपालको बृहत् नक्सा निर्माण भइसकेको छ । अब राष्ट्रिय झण्डासहित थप संरचना बनाएर यस क्षेत्रलाई व्यवस्थित गर्ने योजना छ ।’

नक्सा निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाले ठेक्का आह्वान गरेको थियो । निर्माण कार्यको जिम्मेवारी ममता निर्माण सेवाले पाएको थियो । सिंजा नेपालको भाषा, सभ्यता र इतिहाससँग जोडिएको महत्त्वपूर्ण भूगोल हो । खस भाषा र सभ्यताको ऐतिहासिक थलोका रूपमा परिचित यस क्षेत्रमा नेपालको बृहत् नक्सा निर्माण हुनुले पर्यटन प्रवर्द्धनको अर्को सम्भावना थपेको अध्यक्ष धितालले बताए । ऐतिहासिक पहिचान बोकेको भूगोलमा राष्ट्रिय नक्साको आकृति निर्माण भएपछि सिंजाको प्रचारप्रसार गर्ने नयाँ माध्यमसमेत बनेको स्थानीयको बुझाइ छ ।

सिंजा–३ राइकेडाँडामा बनेको नेपालको नक्साको आकृति । तस्बिर : डीबी/कान्तिपुर

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
आन्तरिक पर्यटनको गन्तव्य बन्दै टीकापुर पार्क, एकै दिन पुगे १० हजारभन्दा बढी पर्यटक

आन्तरिक पर्यटनको गन्तव्य बन्दै टीकापुर पार्क, एकै दिन पुगे १० हजारभन्दा बढी पर्यटक

कैलाली । तिहारको बिदा सकिएलगत्तै कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा पर्यटकको चहलपहल बढेको छ । बिहीबार बिहानैदेखि पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको थियो। परिवार, आफन्त र साथीभाइसँग घु...

#पर्यटक #आन्तरिक
Compare →
Onlinekhabar
25m ago
ढुङ्गेघर, ऐतिहासिक विरासत र संस्कृतिको संगम : पर्यटकको रोजाइमा गोतामकोट–खदीगाउँ

ढुङ्गेघर, ऐतिहासिक विरासत र संस्कृतिको संगम : पर्यटकको रोजाइमा गोतामकोट–खदीगाउँ

२८ कात्तिक, रुकुम पश्चिम (गोतामकोट) । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–२, ३, ४ र ५ मा पर्ने गोतामकोट र खदीगाउँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएका छन् । भेरी नदीको माथिल्लो भेगमा रहेका यी गाउँ …

#पर्यटक
Compare →
Nagarik News
1h ago
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्।

#पर्यटक
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#पर्यटक
Compare →

Related Stories

National (Nepal)
Build #2612