Trending
Prev Story
Next Story

छठ पर्व अन्तर्गत आज ‘खरना’

Ekantipur •
November 14, 2026 • 02:32 AM
1
1 reads 0 reactions

शुक्रबार ‘नहायखाय’ विधिबाट छठ पर्वको धार्मिक तथा पारम्परिक विधि सुरु गरेका ब्रतालुहरूले शनिबार ‘खरना’ विधि गर्दै छन्।

छठ पर्व अन्तर्गत आज ‘खरना’

शुक्रबार ‘नहायखाय’ विधिबाट छठ पर्वको धार्मिक तथा पारम्परिक विधि सुरु गरेका ब्रतालुहरूले शनिबार ‘खरना’ विधि गर्दै छन्।

पर्सा — शुक्रबार ‘नहायखाय’ विधिबाट छठ पर्वको धार्मिक तथा पारम्परिक विधि सुरु गरेका ब्रतालुहरूले शनिबार ‘खरना’ विधि गर्दै छन्। ‘रस्याउ रोटी’ समेत भनिने यस विधिमा ब्रतालुहरूले शनिबार साँझ घरघरमा छठी माताको पूजा गरी दूध र गुड हालेर पकाइएको खीर (रस्याउ) र पुरी खानेछन्।

ब्रतालुले पकाएको रस्याउ रोटी प्रसादका रूपमा परिवारका अन्य सदस्य तथा इष्टमित्रलाई खुवाउने चलन छ। कतिपय ब्रतालुले छरछिमेकीलाई समेत रस्याउ रोटी खान अग्रिम निम्तो दिने गर्छन्। रस्याउ रोटी खाने व्रतालु तथा अन्य सदस्यले पनि दिनभर मासु, माछालगायत तामसिक भोजन नगरी शुद्ध शाकाहारी भोजन गर्ने परम्परा छ।

शनिबार साँझ रस्याउ रोटी ग्रहण गरेपछि ब्रतालुहरू आइतबार दिनभर निर्जल र निराहार ब्रत बस्नेछन्। आइतबार साँझ अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि प्रसाद ग्रहण गरेर मात्र उनीहरूले ब्रत समापन गर्नेछन्। आइतबार साँझ ब्रतालु तथा उनीहरूका परिवारका सदस्य घरनजिकका पोखरी, नदी, सरोवरलगायत जलाशयमा बनाइएका आकर्षक छठ घाटमा पुग्नेछन्।

नयाँ वस्त्र लगाएका परिवारका सदस्यले पूजाका सामग्री राखिएको बाँसको छैंटी टाउकोमा बोकेर घाटसम्म पुर्‍याउने चलन छ। विशेषगरी परिवारका पुरुष सदस्यले यो जिम्मेवारी पूरा गर्छन्।

छठ घाटमा व्रतालुहरूले बाँसको सुपुलीमा नरिवललगायत विभिन्न पूजासामग्री राखेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन्। त्यसपछि उनीहरू घण्टौंसम्म घाटमै बसेर पूजाअर्चना गर्नेछन्। केही ब्रतालु राति घर फर्केर आँगनमा कोशी भर्ने विधि गर्छन्। कोशी भर्ने क्रममा परिवारका सदस्य, आफन्त तथा छरछिमेकीसमेत पूजाअर्चनाका लागि सहभागी हुन्छन्। घाटमै बस्ने ब्रतालु भने रातभर भजनकीर्तन गरेर जाग्राम बस्ने गर्छन्।

इतिहासकार विजयकिशोर पाण्डेका अनुसार छठ पर्वमा ब्रतालुलाई पूजाअर्चना गर्न पुरोहितको आवश्यकता पर्दैन। ‘छठ मात्र यस्तो पर्व हो, जसमा ब्रतालुलाई पुरोहित आवश्यक पर्दैनन्,’ उनले भने, ‘ब्रतालु आफैंले पूजा गर्छन्। माटोको हात्तीलाई पूजा गर्ने यस व्रतबाट मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।’

ब्रतालुका घरघरमा शनिबार छठ पर्वमा चढाइने विशेष प्रकारको प्रसाद ठेकुवा पनि पकाइनेछ। यस काममा परिवारका महिला सदस्यले ब्रतालुलाई सघाउने गर्छन्। प्रसाद पकाउँदा अत्यन्त चोखोनितो र शुद्धताको ख्याल गरिन्छ। छठ पर्वका लागि वीरगन्जका घडिअर्वा, रानीघाट, नगवा, मुर्लीलगायतका घाट बेहुलीझैं सिँगारिएका छन्। जिल्लाका ग्रामीण भेगमा पनि छठ घाट तयार पारिएका छन्। वीरगन्जको घडिअर्वा पोखरी परिसरमा गरिने छठ पूजाले हरेक वर्ष राष्ट्रियस्तरमा चर्चा पाउने गरेको छ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2h ago
छठपर्वमा आज खरना विधि गरिँदै

छठपर्वमा आज खरना विधि गरिँदै

काठमाडौँ । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठ ब्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका छन् । कार्तिक शुक्ल चौथीका दिन हिजो नहाय–खाय विधिबाट पर्व सुरु गरेका ब्रतालुले आज पर्वको दोस्र...

#पर्व #खरना #ब्रतालु
Compare →
Arthasansar
31m ago
छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन बर्तालु आज ‘खरना’ विधिको...

#पर्व #खरना
Compare →
Onlinekhabar
1h ago
छठ पर्वको दोस्रो दिन आज ‘खरना’

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

२८ कात्तिक, काठमाडौं । आदिदेव सूर्यको उपासना गरी निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना मनाइन्छ …

#पर्व #खरना
Compare →
Nagarik News
14h ago
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वको अवसरमा आगामी सोमबार सार्वजनिक बिदा भए पनि राहदानी विभाग भने खुला रहने भएको छ ।

#पर्व
Compare →
Bizshala
1d ago
छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

काठमाडौं । दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा...

#पर्व
Compare →

Related Stories

World News
Build #2612