ग्रह-नक्षत्रको प्रभावमा आधारित आजको राशिफल — बाह्रै राशिका जातकका लागि दैनिक भविष्यवाणी।
राशिचक्रका बाह्रै राशिका लागि आजको दिन कस्तो रहनेछ भन्ने विषयमा ज्योतिषशास्त्रले आ-आफ्नै संकेत दिएको छ। करियर, स्वास्थ्य, पारिवारिक जीवन र दैनिक गतिविधिमा ग्रहहरूको प्रभाव कस्तो रहनेछ भन्ने अनुमानका आधारमा तयार गरिएको आजको राशिफल यस प्रकार छ।
मेष: कुनै कामको जिम्मेवारी आइलाग्न सक्छ । समयावस्था विचारेर काम गर्नुपर्ने बेला छ । पेटमा गडबडी हुन सक्ने भएकाले खानपानमा विचार गर्नुपर्नेछ ।
वृष: सबै कुरा आफू अनुकूल नहुन सक्छ । कुनै कुनै कुरामा सम्झौता गर्नुपर्ला । आफैंले आफ्नो सहजता विचारेर चल्नुपर्ने बेला छ ।
मिथुन: कतै जाने प्रबन्ध मिल्न सक्छ । समयलाई आफू अनुकूल तह लगाइनेछ । समयले भनेजस्तो साथ दि“दा मन खुसी रहनेछ ।
कर्कट: समयले साथ दि“दै जानेछ । आफूखुसी काममा आफूलाई प्रस्तुत गरिनेछ । कुनै कुराले गर्दा मनले पुनर्ताजगीको अनुभव गर्नेछ ।
सिंह: कुनै कामविशेषले कतै निस्किनुपर्नेछ । समयावस्था विचारी कामलाई तह लगाइनेछ । कसैसित कतै जम्काभेट हुन सक्छ ।
कन्या: कुनै कुराले गर्दा अलमल हुन सक्छ । कामको उपयुक्तता बुझेर चल्ने प्रयास गर्नुपर्नेछ । मिलेसम्म आफूनिम्ति पनि केही समय छुट्याउन खोजिनेछ ।
तुला: पारिवारिक वातावरण सुखमय रहनेछ । मनपर्दो खानपानमा मन रम्नेछ । विविध कुराले गर्दा मन खुसी रहनेछ ।
वृश्चिक: कुनै कार्यक्रममा सहभागिता जनाउनुपर्ने हुन सक्छ । कुनै कामका लागि केही खर्च होला । मिलेसम्म आफूनिम्ति पनि केही समय छुट्याइनेछ ।
धनु: कुनै कुराले गर्दा मनमा हौसला बढ्नेछ । समयलाई आफू अनुरूप तह लगाइनेछ । कतैको सानोतिनो घुमघाम हुन सक्छ ।
मकर: कुनै कुरालाई लिएर छलफल हुन सक्छ । सकेसम्म तटस्थ रहने प्रयत्न हुनेछ । जसरी पनि आफूखुसी रहने प्रयास गरिनेछ ।
कुम्भ: समयलाई आफू अनुकूल चलाउन खोजिनेछ । आफूले आफैंलाई समय दिन खोजिनेछ । कुनै कुराको सम्पन्नताले मन ढुक्क रहनेछ ।
मीन: कुनै कुराले गर्दा मन उत्साहित हुनेछ । काम गर्ने जोस र जा“गर बढ्नेछ । व्यक्तिगत खुसी विचारेर काम गर्न खोजिनेछ ।
आफ्नो राशि अनुसारको भविष्यवाणी हेरेर दिनको योजना बनाउन सकिने भए पनि यसलाई पूर्ण सत्यका रूपमा नलिई सामान्य सुझावका रूपमा मात्र लिनु उचित हुन्छ भन्ने ज्योतिषीहरूको भनाइ छ।
कान्ति कान्ति एआई कान्तिपुर मिडिया ग्रुपको स्वचालित पोस्ट हो। यसले विभिन्न एजेन्सीका सामग्री, सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्क र कान्तिपुर मिडिया ग्रुपका सञ्चारमाध्यममा प्रकाशित रिपोर्टका आधारमा छोटा समाचार तथा अपडेट तयार पार्छ। कान्ति एआईका सबै पोस्ट सम्पादकीय प्रकाशन नीतिमै आधारित छन्। यसले आफैँ समाचार खोज्दैन, स्रोतसँग कुरा पनि गर्दैन र विचार वा विश्लेषण लेख्दैन। ती काम हाम्रा पत्रकारले नियमित रूपमा गर्छन्।