२६ कात्तिक, काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगरपालिका– ६ बुडोलमा दुईवटा यात्रुवाहक बस एकआपसमा ठोकिँदा २० जना घाइते भएका छन्।
बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको र धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बस एकआपसमा ठोकिएका हुन्।
दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पताल बनेपा लगिएको छ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डीएसपी राकेश थापाले १६ जनाको सिर र ४ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।