Trending
Prev Story
Next Story

दाङमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

Ekantipur •
November 11, 2026 • 06:32 AM
1
1 reads 0 reactions

सडक पार गर्ने क्रममा घाइते भएका बुढा मगरको उपचारका क्रममा निधन भएको हो।

दाङमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

सडक पार गर्ने क्रममा घाइते भएका बुढा मगरको उपचारका क्रममा निधन भएको हो।

दाङ — मोटरसाइकलको ठक्करबाट बुधबार लमहीमा एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका-५ का ७० वर्षीय सोर बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.प्र.०२-००२ प ४५४२ नम्बरको मोटरसाइकलले  मंगलबार राती बाटो काट्ने क्रममा बुढा मगरलाई लमहीमा ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बुढा मगरको लमही अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक लमही नगरपालिका-५ रातोडाँडा निवासी सागर बुढा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु गढवा–६ परिचोकमा बुधबार राति भएको दुर्घटनामा राप्ती–७ मानपुरका ३० वर्षीय रामकुमार चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। कार्तिक २६, ...

#मोटरसाइकल #दाङ #ठक्कर
Compare →
Onlinekhabar
4h ago
बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँद उनको मृत्यु …

#मोटरसाइकल #ठक्कर #मृत्यु
Compare →
Nagarik News
17h ago
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

#मोटरसाइकल
Compare →

Related Stories

Health & Wellness
Build #2611