Trending
Prev Story
Next Story

भाइटीकामा सशस्त्रका तीन बस निःशुल्क चल्दै, कहाँबाट चढ्ने?

Bizshala •
November 11, 2026 • 06:04 AM
1
1 reads 0 reactions

काठमाण्डौ । भाइटीकाको दिन सार्वजनिक सवारीसाधन कम चल्ने भएपछि सशस्त्र प्रहरी बल, नेपालले आज काठमाण्डौ उपत्यकामा तीनवटा...

भाइटीकामा सशस्त्रका तीन बस निःशुल्क चल्दै, कहाँबाट चढ्ने?

काठमाण्डौ । भाइटीकाको दिन सार्वजनिक सवारीसाधन कम चल्ने भएपछि सशस्त्र प्रहरी बल, नेपालले आज काठमाण्डौ उपत्यकामा तीनवटा बस निःशुल्क सञ्चालन गरेको छ। टीका लगाउन जाने र फर्कने सर्वसाधारणको सहज आवतजावतका लागि बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म बस चल्नेछन्।

तीनवटै बस स्वयम्भूस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्नेछन्। पहिलो बस बालाजु, नयाँ बसपार्क, कोटेश्वर र सातदोबाटो हुँदै बल्खुसम्म पुग्नेछ। दोस्रो बस सीतापाइला, कलंकी, बल्खु र कोटेश्वर हुँदै नयाँ बसपार्कसम्म चल्नेछ।

भक्तपुरतर्फ जाने तेस्रो बस स्वयम्भूबाट कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी र पुरानोठिमी हुँदै सल्लाघारी पुग्नेछ। फर्किँदा यो बस लोकन्थली, बानेश्वर र कलंकी हुँदै स्वयम्भू पुग्नेछ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
3h ago
८ वर्षपछि आफ्नै भवनमा सर्‍यो सशस्त्र प्रहरी गुल्म

८ वर्षपछि आफ्नै भवनमा सर्‍यो सशस्त्र प्रहरी गुल्म

कालीकोटको खाँडाचक्र नगरपालिका-१ मान्ममा नवनिर्मित भवनबाट सशस्त्र प्रहरीले सेवा सुरु गरेको हो।

#सशस्त्र
Compare →

Related Stories

National (Nepal)
Build #2611