Trending
Prev Story
Next Story

वसन्तपुरमा नेवार समुदायको नयाँ वर्ष (तस्वीरहरू)

Onlinekhabar •
November 10, 2026 • 05:00 AM
1
1 reads 0 reactions

२४ कात्तिक, काठमाडौं । नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् । नेपाल संवत्लाई नेवार समुदायले …

वसन्तपुरमा नेवार समुदायको नयाँ वर्ष (तस्वीरहरू)

२४ कात्तिक, काठमाडौं । नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् ।

नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् ।

काठमाडौंको वसन्तपुरमा नेवार समुदायका मानिसहरू भेला भएर बाजागाजासहित नेपाल संवत् मनाएका छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो ।

लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालकै मौलिक संवत् हो । लिच्छविकालअघि शक संवत् प्रचलनमा रहेको इतिहासमा उल्लेख छ । नेपालको नामबाट नामकरण गरिएको यस संवत्लाई राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान सञ्चालन हुँदै आएको छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखाको भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रूपमा यो पर्व मनाउने गरिन्छ ।

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
10h ago
तस्वीरमा हेर्नुहोस् काठमाण्डु भर्सेस सुदूरपश्चिमको भिडन्त (तस्वीरहरू)

तस्वीरमा हेर्नुहोस् काठमाण्डु भर्सेस सुदूरपश्चिमको भिडन्त (तस्वीरहरू)

काठमाडौं । एनपीएलको आजको पहिलो खेल सुदूरपश्चिम रोयल्स र काठमाण्डु गोर्खाजबीच भइरहेको छ । त्रिवि मैदानमा टस जितेर काठमाण्डुका कप्तान करण केसीले पहिला फिल्डिङको निर्णय लिएका थिए । उनको निर्णय काठमाण्...

#काठमाडौं #तस्वीर
Compare →

Related Stories

World News
Build #2611