Trending
Prev Story
Next Story

वीरगन्ज नाकाबाट भटमासको तेलको निर्यात उकालो लाग्दा पाम तेलको ओरालो

Ekantipur •
November 10, 2026 • 04:31 AM
1
1 reads 0 reactions

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रशोधित भटमासको तेल, फलफूलको जुस तथा फलाम र फलामबाट बनेका सामग्रीको निर्यात बढेको छ । तर प्रशोधित पाम तेल र अन्य खाद्य तेलको निकासी भने घटेको छ ।

वीरगन्ज नाकाबाट भटमासको तेलको निर्यात उकालो लाग्दा पाम तेलको ओरालो

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रशोधित भटमासको तेल, फलफूलको जुस तथा फलाम र फलामबाट बनेका सामग्रीको निर्यात बढेको छ । तर प्रशोधित पाम तेल र अन्य खाद्य तेलको निकासी भने घटेको छ ।

पर्सा — वीरगन्ज नाकाबाट हुने निर्यात व्यापारमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वस्तुअनुसार फरक प्रवृत्ति देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रशोधित भटमासको तेल, फलफूलको जुस तथा फलाम र फलामबाट बनेका सामग्रीको निर्यात बढेको छ । तर प्रशोधित पाम तेल र अन्य खाद्य तेलको निकासी भने घटेको छ ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोजसम्मको अवधिमा निर्यातका प्रमुख पाँच वस्तुमध्ये तीन वस्तुको निकासी बढेको हो । दुई प्रमुख वस्तुको निकासी घटेको छ । यसले वीरगन्ज नाकाबाट हुने निर्यात व्यापारमा खाद्यतेलको वर्चस्व कायमै रहे पनि वस्तुअनुसार बजारको माग र निर्यातको अवस्था फरक रहेको देखाउँछ ।

निर्यातको पहिलो स्थानमा रहेको प्रशोधित भटमासको तेलको निकासीमा वृद्धि देखिएको छ । चालु आवको पहिलो तीन महिनामा यसको निर्यात परिमाण र मूल्य दुवै बढेको भन्सारको तुलनात्मक विवरणले देखाउँछ । चालु आवको यस अवधिमा यो नाकाबाट ३० अर्ब ६२ करोड रुपैयाँ बराबरको १२ करोड ३९ लाख लिटर प्रशोधित भटमासको तेल निकासी भएको छ । गत आवको सोही अवधिमा १३ अर्ब ९८ करोड रुपैयाँ बराबरको ६ करोड ७१ लाख लिटर भटमासको तेल निर्यात भएको थियो । तुलनात्मक रूपमा भटमासको तेलको निर्यातमा उल्लेख्य सुधार आएको हो ।

यसैगरी फलफूलको जुसको निर्यातमा पनि वृद्धि भएको छ । चालु आवमा जुसको निकासी परिमाण र मूल्य दुवै बढेको देखिन्छ । चालु आवको पहिलो त्रैमासिक अवधिमा यो नाकाहुँदै २ अर्ब २० करोड रुपैयाँ बराबरको २ करोड २६ लाख लिटर जुस निर्यात भएको छ । गत आवको सोही अवधिमा २ अर्ब ७ करोड रुपैयाँ बराबरको २ करोड १२ लाख लिटर जुस निकासी भएको थियो ।

फलाम तथा फलामबाट बनेका सामग्रीको निर्यातमा समेत वृद्धि भएको छ । चालु आवको पहिलो तीन महिनामा यो नाकाहुँदै १ अर्ब ७९ करोड रुपैयाँ बराबरको ५५ लाख ९६ हजार किलो फलाम तथा फलामबाट बनेका सामग्री निर्यात भएको छ । जबकि गत आवको सोही अवधिमा यो नाकाहुँदै ६५ करोड रुपैयाँ बराबरको ५१ लाख किलो फलामजन्य वस्तु निकासी भएको थियो । यी तीन वस्तुको निकासी बढ्नुले वीरगन्ज नाकाबाट हुने निर्यातमा खाद्यतेलबाहेक अन्य वस्तुको कारोबार पनि विस्तार भइरहेको संकेत गर्छ ।

तर प्रशोधित पाम तेलको निर्यातमा भने गिरावट आएको छ । गत आवको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाम तेलको निकासी परिमाण घटेको भन्सारको तथ्यांक छ । चालु आवमा २ अर्ब ५१ करोड रुपैयाँ बराबरको ७९ लाख २९ हजार लिटर पाम तेल निकासी भएको छ । गत आवको सोही अवधिमा यो नाकाहुँदै १ अर्ब ४५ करोड रुपैयाँ बराबरको ७९ लाख ६४ हजार लिटर पाम तेल निकासी भएको थियो ।

अन्य खाद्य तेलको निर्यात पनि अघिल्लो वर्षको तुलनामा घटेको छ । चालु आवमा १ अर्ब ८० करोड रुपैयाँ बराबरको ८० लाख ७२ हजार लिटर अन्य खाद्य तेल निकासी भएको छ । गत आवको सोही अवधिमा यो नाकाहुँदै १ अर्ब ७० करोड रुपैयाँ बराबरको ३ करोड ६८ लाख लिटर अन्य खाद्य तेल निकासी भएको थियो ।

वीरगन्ज नाकाबाट हुने निर्यातमा प्रशोधित खाद्यतेलको ठूलो हिस्सा रहने गरेको छ । भारतबाट हुने माग, अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य, प्रशोधन लागत तथा व्यापारिक नीतिले यस्तो निर्यातलाई प्रभाव पार्ने गर्छ । नेपालमा कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर भारततर्फ पठाइने खाद्यतेलको कारोबारले समेत वीरगन्ज नाकाको निर्यातलाई प्रभावित पार्दै आएको छ ।

फलफूलको जुस र फलामजन्य सामग्रीको निकासी बढ्नुले निर्यातका वस्तुमा विविधता थपिँदै गएको देखिन्छ । तर पाम तेल तथा अन्य खाद्य तेलको निर्यात घट्नुले समग्र निर्यात व्यापारमा वस्तुअनुसारको उतारचढाव रहेको स्पष्ट हुन्छ ।

वीरगन्ज भन्सारको तथ्यांकले चालु आवको पहिलो तीन महिनामा निर्यात व्यापारको संरचनामा परिवर्तन देखाएको छ । केही वस्तुको निकासी बढे पनि खाद्यतेलका सबै प्रकारको निर्यातमा समान वृद्धि भने हुन सकेको छैन ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
वीरगन्ज नाकाबाट भटमासको तेलको निर्यात उकालो लाग्दा पाम तेलको ओरालो

वीरगन्ज नाकाबाट भटमासको तेलको निर्यात उकालो लाग्दा पाम तेलको ओरालो

वीरगन्ज नाकाबाट भटमासको तेलको निर्यात उकालो लाग्दा पाम तेलको ओरालो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रशोधित भटमासको तेल, फलफूलको जुस तथा फलाम र फलामबाट बनेका सामग्रीको निर्यात बढेको छ । तर प्...

#तेल #निर्यात #फलाम
Compare →
Bizshala
1d ago
इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

काठमाडौं । इरानले प्रशोधित आणविक सामग्री देशबाहिर लैजान नदिने बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १...

#तेल #प्रशोधित
Compare →
Nagarik News
4d ago
काँकडभिट्टा नाकाबाट एकै महिनामा झण्डै एक अर्बको अलैँची निर्यात

काँकडभिट्टा नाकाबाट एकै महिनामा झण्डै एक अर्बको अलैँची निर्यात

झापाको काँकडभिट्टा नाका भएर गत असोज महिनामा मात्रै ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ।

#निर्यात #नाका
Compare →
Arthasansar
2d ago
मध्यपूर्व युद्धको असर म्यानमारमा : तेल खानी कब्जा गर्न विद्रोही र सेनाबीच संघर्ष

मध्यपूर्व युद्धको असर म्यानमारमा : तेल खानी कब्जा गर्न विद्रोही र सेनाबीच संघर्ष

मध्यपूर्वमा चर्किएको युद्ध र विश्वव्यापी ऊर्जा संकटको प्रभाव म्यानमारको गृहयुद्धमा समेत देखिन थालेको छ । इरानमाथि अमेरिका र इजरायलको युद्धका...

#तेल
Compare →
Onlinekhabar
3d ago
इरान युद्ध अन्त्य हुने आशासँगै कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल झर्‍यो

इरान युद्ध अन्त्य हुने आशासँगै कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल झर्‍यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० अमेरिकी डलरभन्दा तल झरेको छ । अमेरिका र इरानबीचको युद्ध अन्त्य हुनसक्ने आशा बढेसँगै तेलको मूल्यमा गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारको प्रमुख मानक मानिने ब्रेन्ट नर्थ सी क्रुडको …

#तेल
Compare →

Related Stories

Business & Economy
Build #2611