Trending
Prev Story
Next Story

प्रधानमन्त्रीद्वारा नेपाल सम्वत्‌को शुभकामनाः मौलिक समयचक्र र पहिचान, आत्मशुद्धि र चेतनाबोधको पर्व

Hamro Patro News •
November 10, 2026 • 02:13 AM
1
1 reads 0 reactions

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको शुभकामना दिँदै राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् च...

1 / 2
Swipe Photos

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको शुभकामना दिँदै राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित मौलिक समयचक्र र पहिचान भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै आजैका दिन नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने ‘म्ह पूजा’ को मर्म अति गहिरो रहेको बताएका छन् । ‘म्हः अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर, अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ,’ उनले भनेका छन्, ‘यो मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाउने गरेको छ, जुन हाम्रा लागि गौरवको विषय हो।’

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
नेपाल संवत् र म्हः पूजाको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ

नेपाल संवत् र म्हः पूजाको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ

२४ कात्तिक, काठमाडौं । नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा प्रधानमनत्री बालेन शाहले शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु …

#बालेन-शाह #संवत् #म्ह
Compare →
Nagarik News
3d ago
नेपाल संवत् मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक: गगन थापा

नेपाल संवत् मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

#संवत् #म्ह #पूजा
Compare →
Ekantipur
3d ago
प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त गराएर सुरु गरेको नेपाल संवत् नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्।

#बालेन-शाह #संवत् #म्ह
Compare →
Arthasansar
3d ago
नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

आजदेखि नेपाल संवत् ११४७ सुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः...

#संवत् #म्ह
Compare →

Related Stories

National (Nepal)
Build #2611