काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डु गोर्खाजले चितवन राईनोजलाई १० रनले पराजित गरेको छ । साेमबार त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा काठमाण्डुले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले ७ विकेट गुमाएर १७० रन मात्रै बनाउन सक्यो ।
चितवनका रवि बोपाराले ३५ बलमा ३ छक्का र २ चौकासहित ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै डन माउस्लीले ३२ बलमा ३ चौकासहित २९, कामिल मिशाराले ११ बलमा ३ छक्का र १ चौकासहित २८, अर्जुन साउदले २१ बलमा ४ चौकासहित २३ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )